हजारभन्दा बढी चिलियन फिल्म, डकुमेन्ट्री तथा छोटा फिल्महरू अनलाइन उपलब्ध

चिलिको सान्टियागोमा रहेको सिनेमाघर “मेट्रो”, सन् १९३७। क्रियटिभ कमन्स लाइसेन्स (CC BY-ND 2.0) अन्तर्गत सान्टियागोनोस्टाल्जिकोको फ्लीकर अकाउन्टबाट लिइएको फोटो।

वेबसाइट सिनेचिलीले विभिन्न विधा तथा चिलीको इतिहासका अवधिका छोटा फिल्म, पूर्ण फिचरफिल्म, डकुमेन्ट्री तथा एनिमेशनहरूलगायतका १,१७१ चिलियन प्रस्तुतिलाई सूचीबद्ध गरेको छ। निर्माताहरूले अनलाइन उपलब्ध गराएका यी फिल्महरूको अडियोभिजुअल कलाको विकासमा समर्पित चिलियन संस्थाहरूले अभिलेख राखेका छन्।

यस वेबसाइटले उल्लेख गर्दछ:

En este lugar agrupamos 1171 largos de ficción, documentales y cortometrajes que han sido subidos para verse online de manera oficial, según los sitios que los han puesto a disposición. En este sentido, destacamos la gran labor de los sitios del Archivo Digital de la Cineteca NacionalCinetecavirtual.clCinépata.com y el Archivo Patrimonial de la Universidad de Santiago. Además, se suman los vínculos de numerosos realizadores que suben sus propios trabajos en la red.

यस साइटमा हामीले आधिकारिक रूपमा अनलाइन उपलब्ध १,१७१ फिचरफिल्म, डकुमेन्ट्री तथा छोटा फिल्महरूलाई उपलब्ध गराउने वेबसाइटका अनुसार समूहबद्ध गरेका छौं। हामी डिजिटल आर्काइभ अफ नेशनल फिल्म लाइब्रेरी, सिनेटेकाभर्चुअल डट सिएल, सिनेपाटा डट कम तथा Cinépata.com and the सान्टियागो विश्वविद्यालयको प्याट्रिमोनियल आर्काइभले गरेका महत्वपूर्ण कार्यको सम्मान गर्दछौं। साथै, हामीले आफ्ना रचनालाई वेबमा अपलोड गरेका फिल्मनिर्माताका फिल्मलाई पनि संलग्न गरेका छौं।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.