के तपाईंले सेकेण्डह्याण्ड पुस्तक पसलमा कहिले किताब किन्नु भएको छ र किनेको किताबमा पहिलेको प्रयोगकर्ताले राखेको बुकमार्कका रूपमा प्रयोग गरेको केही अनपेक्षित चीज भेट्नुभएको छ?
पाउनु भएको छ भने तपाईंमात्र एक्लै हुनुहुन्न। प्रयोग गरिएका किताबमा अनौठा बुकमार्क विश्वभरि भेटिन्छन्। “२८ सेकेण्डमा अद्भुत व्यक्तिगत प्रतिभा” (28秒に一人の逸材さん [1]) का नाभेर मातोमे नाम प्रयोग गर्ने एक व्यक्तिले आफ्नो ब्लग पोष्ट [2]मा जापानमा केही यस्ता बुकमार्कका अभिलेख राखेका छन्।
ती मध्ये धेरै जसो ट्वीटरमा फोटोका रूपमा शेयर गर्नु अघि बुक अफ [3] नामक राष्ट्रव्यापी प्रयोग गरिएका किताब बिक्री गर्ने पसलहरूबाट खरीद गरिएका किताबमा पाइएका थिए।
ブックオフでようやく巡り会えた乙一の「夏と花火と私の死体」、帰りの電車で読み終わった。この頃から淡々と恐ろしい事書いてるしオチも相変わらずうわぁ…ってなるキツさだったんだけど、一番怖かったのは最後のページに挟まってた落書きだった。 pic.twitter.com/zhSra89C0l [4]
— 水玉星人伊藤 (@meijimilchi) July 5, 2014 [5]
मैले अन्त्यमा बुक अफमा फेला पारेको ओत्सुइचीको किताब “समर, फायरवर्क एण्ड माइ डेड बडी” [6] घर फर्कदा ट्रेनमा पढी सिध्याए। लेखकले अत्यन्त हिंसात्मक कुराहरूलाई फरक ढंगले वर्णन गरेका छन् र यसको अन्त्यले मलाई रक्ताम्मेबाट चियाउन बाध्य गरायो, तर सबभन्दा डरलाग्दो अन्तिम पृष्ठहरूमा भएका डूडल (रेखाचित्र) थियो।
नाभेर मातोमे ब्लग पोष्टमा प्रस्तुत गरिएका अन्य बुकमार्कहरू रहस्यमयी र कहिलेकाहीँ विचलित पार्ने खालका छन्।
中古本に謎の記号が書かれた紙が挟まってた…。まじめに怖い。 pic.twitter.com/xbx9bcUGxD [7]
— はるひと (@haru_hito) June 23, 2014 [8]
मेरो सेकेण्डह्याण्ड किताबमा एउटा रहस्यमयी कोड भएको कागज थियो…म साह्रै नै डराएको छु।
古本買ったら挟まってた 狂気を感じる pic.twitter.com/mxF9YjqV6r [9]
— niՏhi Ꮶ (@cyberp072) October 3, 2014 [10]
(यस डूडलमा रहस्यमयी, निरर्थक जापानी भाषा प्रयोग भएको छ)
ट्वीट: मैले एउटा किताब किने र यसभित्र रहेको पागलपन महसुस गर्न सक्छु।
केही झन मनमोजी खालका छन्:
古本にブロマイド挟まってた… pic.twitter.com/ac7agWdKzp [11]
— нацко надя ёда (@natsukoyoda) January 26, 2015 [12]
मेरो सेकेण्डह्याण्ड किताबमा एउटा सानो पोट्रेट फोटो थियो…
यद्यपि अन्य धेरै सिर्जनशील हुन्छन्:
古本に挟まってた手作り(スーパーのチラシを切り抜いた)しおりがかっこいい。 pic.twitter.com/AiAcOotz7q [13]
— 小銭 (@_kozeni) March 4, 2015 [14]
मेरो सेकेण्डह्याण्ड किताबमा रहेको यो हस्तनिर्मित (एउटा सुपरमार्केट विज्ञापनलाई काटेर बनाइएको) बुकमार्क अति आधुनिक छ।
अन्य कतिपय बुकमार्क चाहीँ किताबसँग मिल्दोजुल्दो हुन्छन्:
やべぇ、BOOKOFFで買った
ドグラ・マグラに挟まってたがこんなサンリオの栞に
丁寧に難読漢字をルビ振って書きつつ、ドグラ・マグラ読む女の子が居ることに
自分、興奮を隠せません!!古本って良いね!! pic.twitter.com/83OyDSqahU [15]
— fudao (@kou294) May 9, 2014 [16]
ओहो, मैले बुक अफमा किनेको डोग्रा माग्रा [17]को यो प्रतिमा केही छ। यसमा हेल्लो किट्टी (सान्रियो [18]) बुकमार्क रहेछ। र यस बुकमार्कमा साना उच्चारण गाइड भएका पढ्न मुस्किल अक्षरहरू रहेछन्। युमेनो क्युसाकु [19]का अतियथार्थवादी जासुसी उपन्यास पढ्नेमध्ये म चाहीँ आफ्नो खुशी लुकाउन सक्दिन ! प्रयोग गरिएका किताबहरू अति राम्रा हुन्छन्!
कहिलेकाहीँ बुक अफमा नचिताएका इनाम भेटिन्छन्:
ブックオフで買ってきた108円均一本に4千円挟まってた。 しかし、なぜに新札と旧札? まぁ 得した。 pic.twitter.com/azOefbWK1S [20]
— DSW (@Delusion_SW) January 25, 2015 [21]
मैले बुक अफमा १०८ येन पर्ने (१ युएस डलर जति) किताब किने र त्यसमा ४,००० येन (४० युएस डलर जति) रहेछ। तर किन पुराना र नयाँ दुवै खाले येनका नोटहरू? जे होस्, म बाहिर आए।
वा पहिलेको किताब मालिकको जिवनतर्फ संकेत गरिएको।
ブックオフで買った漫画に挟まってた
1995年3月19日に撮られた写真。 pic.twitter.com/XwgOjhw3k6 [22]— まーさ(24)→カノンChildren (@tchitchiman) November 10, 2013 [23]
यो मैले बुक अफमा किनेको कुनै मांगामा थियो। यी फोटोहरू मार्च १९, १९९५ मा खिंचिएका थिए।
अन्य विचित्र बुकमार्कहरू नाभेर मातोमे ब्लग पोष्ट [24]मा पाउन सक्नुहुनेछ।