जापानमा प्रयोग गरिएका किताबमा पाइने असामान्य, कहिलेकाहीँ रहस्यमयी बुकमार्कहरू

A Japanese used bookstore

प्रयोग गरिएका किताब पाइने पसल, फुकुइ, जापान। फोटो नेभिन थम्पसन।

के तपाईंले सेकेण्डह्याण्ड पुस्तक पसलमा कहिले किताब किन्नु भएको छ र किनेको किताबमा पहिलेको प्रयोगकर्ताले राखेको बुकमार्कका रूपमा प्रयोग गरेको केही अनपेक्षित चीज भेट्नुभएको छ?

पाउनु भएको छ भने तपाईंमात्र एक्लै हुनुहुन्न। प्रयोग गरिएका किताबमा अनौठा बुकमार्क विश्वभरि भेटिन्छन्। “२८ सेकेण्डमा अद्भुत व्यक्तिगत प्रतिभा” (28秒に一人の逸材さん) का नाभेर मातोमे नाम प्रयोग गर्ने एक व्यक्तिले आफ्नो ब्लग पोष्टमा जापानमा केही यस्ता बुकमार्कका अभिलेख राखेका छन्।

ती मध्ये धेरै जसो ट्वीटरमा फोटोका रूपमा शेयर गर्नु अघि बुक अफ नामक राष्ट्रव्यापी प्रयोग गरिएका किताब बिक्री गर्ने पसलहरूबाट खरीद गरिएका किताबमा पाइएका थिए।

मैले अन्त्यमा बुक अफमा फेला पारेको ओत्सुइचीको किताब “समर, फायरवर्क एण्ड माइ डेड बडी” घर फर्कदा ट्रेनमा पढी सिध्याए। लेखकले अत्यन्त हिंसात्मक कुराहरूलाई फरक ढंगले वर्णन गरेका छन् र यसको अन्त्यले मलाई रक्ताम्मेबाट चियाउन बाध्य गरायो, तर सबभन्दा डरलाग्दो अन्तिम पृष्ठहरूमा भएका डूडल (रेखाचित्र) थियो।

नाभेर मातोमे ब्लग पोष्टमा प्रस्तुत गरिएका अन्य बुकमार्कहरू रहस्यमयी र कहिलेकाहीँ विचलित पार्ने खालका छन्।

मेरो सेकेण्डह्याण्ड किताबमा एउटा रहस्यमयी कोड भएको कागज थियो…म साह्रै नै डराएको छु।

(यस डूडलमा रहस्यमयी, निरर्थक जापानी भाषा प्रयोग भएको छ)

ट्वीट: मैले एउटा किताब किने र यसभित्र रहेको पागलपन महसुस गर्न सक्छु।

केही झन मनमोजी खालका छन्:

मेरो सेकेण्डह्याण्ड किताबमा एउटा सानो पोट्रेट फोटो थियो…

यद्यपि अन्य धेरै सिर्जनशील हुन्छन्:

मेरो सेकेण्डह्याण्ड किताबमा रहेको यो हस्तनिर्मित (एउटा सुपरमार्केट विज्ञापनलाई काटेर बनाइएको) बुकमार्क अति आधुनिक छ।

अन्य कतिपय बुकमार्क चाहीँ किताबसँग मिल्दोजुल्दो हुन्छन्:

ओहो, मैले बुक अफमा किनेको डोग्रा माग्राको यो प्रतिमा केही छ। यसमा हेल्लो किट्टी (सान्रियो) बुकमार्क रहेछ। र यस बुकमार्कमा साना उच्चारण गाइड भएका पढ्न मुस्किल अक्षरहरू रहेछन्। युमेनो क्युसाकुका अतियथार्थवादी जासुसी उपन्यास पढ्नेमध्ये म चाहीँ आफ्नो खुशी लुकाउन सक्दिन ! प्रयोग गरिएका किताबहरू अति राम्रा हुन्छन्!

कहिलेकाहीँ बुक अफमा नचिताएका इनाम भेटिन्छन्:

मैले बुक अफमा १०८ येन पर्ने (१ युएस डलर जति) किताब किने र त्यसमा ४,००० येन (४० युएस डलर जति) रहेछ। तर किन पुराना र नयाँ दुवै खाले येनका नोटहरू? जे होस्, म बाहिर आए।

वा पहिलेको किताब मालिकको जिवनतर्फ संकेत गरिएको।

यो मैले बुक अफमा किनेको कुनै मांगामा थियो। यी फोटोहरू मार्च १९, १९९५ मा खिंचिएका थिए।

अन्य विचित्र बुकमार्कहरू नाभेर मातोमे ब्लग पोष्टमा पाउन सक्नुहुनेछ।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.