
जापानी सुलेखक बिसेन आओयागी सन् २०१६ मा थाइल्याण्डमा आयोजित जापान एक्सपोमा। स्क्रीनक्याप आधिकारिक बिसेन ओयागी यूट्यूब च्यानलबाट।.
हालै भाइरल भएको ट्विटले जापानी लोकप्रिय संस्कृतिले लेखनको कलालाई कति महत्व दिन्छ भन्ने कुरा देखायो साथै एकजना प्रतिभावान सुलेखकलाई चिनायो जसले आफ्नो व्यक्तित्व र शिल्पकारिताको कारण प्रशंसकहरू बटुलेकी छिन्।
मध्य सेप्टेम्बरमा, आओयागी बिसेन ले आफ्नो ट्विटर अकाउन्ट मा एउटा भिडियो पोस्ट गरे जसले अस्पष्ट र जटिल मानिएका चिनियाँ वर्णहरू मध्ये एक: बियांग, – मन्डारिन भाषामा “बियांगबियांग नूडल्स” लेख्दा विशेष गरी प्रयोग हुने वर्ण कसरी लेख्ने भन्ने देखाउथ्यो।
चिनियाँ वर्णहरू लेख्न जानकार व्यक्तिको दृष्टिकोणबाट, जापानी भाषामा खान्जी भनेर चिनिन्छ, बियांग वर्ण असंगत रुपले जटिल छ, जसलाई लेख्न ५६ स्ट्रोकहरू लाग्दछन्।
आओयागीको उक्त भिडियो अहिले सम्म १४,००,००० भन्दा बढी पटक ट्विटरमा सेयर गरिएको छ।
最も複雑と言われる漢字の一つ。
中国の漢字です( ´ ▽ ` )ノ!
「ビィアン」と読みます。麺の種類のひとつで「ビャンビャン麺」と呼ばれる麺を漢字で書く場合に使われるようです(^ ^)! 美扇筆ー半紙用ーを使用してます。 pic.twitter.com/GXMxPCmBro— aoyagibisen (@aoyagibisen) September 25, 2017
यहाँ एक चिनियाँ वर्ण छ जुन सबैभन्दा जटिल भनिएको छ। यसको चीनमा प्रयोग गरिन्छ ! (‘▽ `) ノयस वर्णलाई “बियांग ” भनेर पढिन्छ र बियांगबियांग- मेन भनिने नूडल्सको परिकारको नाम लेख्दा प्रयोग गरिन्छ (^ ^) !
वर्णलाई असली बिसेन ब्रश र हान्सायो कागजको प्रयोग गरी लेखिएको थियो।
अहिलेसम्म मात्र ५२ ट्विट्स को साथ, २७ वर्षीया आओयागी ट्विटरमा एक अपेक्षाकृत नव आगन्तुक हुन् त्यसैले उनको “बियांग” ट्विट सही अर्थमा आकस्मिक भाइरल सनसनी थियो।ओसाकामा जन्मेकी , आओयागीले आफ्नो आधिकारिक जीवनीमा यसो भन्छिन् कि उनले आफ्नो हजुर आमाबाट चार वर्षको उमेरदेखि जापानी सुलेखलाई सिक्न थालिन्।
१७ वर्षको उमेर भित्र उनलाई सुलेख प्रशिक्षकको रूपमा इजाजतपत्र दिइएको थियो, र उनले आफ्नो कलाको अध्ययन त्यसबेला देखि जारी राखेकी छिन्। आज आओयागीले व्यावसायिक सुलेखकको रूपमा काम गर्छिन्, विश्वभरका प्रदर्शनीहरूमा सहभागिता जनाएर , आफ्नै ब्राण्डको सुलेख उपलब्ध गरी बिक्री गरेर।
#新しいプロフィール画像 pic.twitter.com/oCWZoa8xKm
— aoyagibisen (@aoyagibisen) July 21, 2017
यो मेरो एक नयाँ प्रोफाईल चित्र हो।
ट्विटरमा, आओयागी नियमित रूपमा सुन्दर सुलेख प्रदर्शनका छोटा भिडियोहरू पोस्ट गर्छिन्।
輝いてる!#青柳美扇 #美扇 #美扇筆 pic.twitter.com/Vdaqj0u5sw
— aoyagibisen (@aoyagibisen) August 2, 2017
चम्कनलाई! #आओयागी बिसेन
— aoyagibisen (@aoyagibisen) March 20, 2017
“महत्वाकांक्षा”
समय समयमा, उनी जापानी सुलेखमा कसरी सुधार गर्ने भन्ने बारेमा सुझाव र प्रशिक्षण पनि प्रदान गर्छिन्।
美文字レッスン#aoyagibisen #書道家 #青柳美扇 pic.twitter.com/b5AK1O36zG
— aoyagibisen (@aoyagibisen) March 9, 2017
कसरी सुन्दर चिनियाँ वर्णहरू लेख्ने? #आओयागी बिसेन
र अन्य समयमा, आओयागी उत्कृष्ट प्रदर्शन दिन्छिन् जुन अमूर्त कलाको समान हुन्छ। यस ट्विटमा, आओयागीले विभिन्न खान्जी अंशबाट बनेका १०८-स्ट्रोक अमूर्त रुप लेख्न आफैलाई चुनौती दिन्छिन्।
108画の漢字。
煩悩だらけでタイムチャレンジ。
筆で1分以内に書けたら凄くない? pic.twitter.com/ET1BfhSR9s— aoyagibisen (@aoyagibisen) October 3, 2017
१०८-स्ट्रोकको एक खान्जी।
केही “सांसारिक इच्छाहरू” टाढा राख्न मदत गर्न, यहाँ समय एक चुनौती हो। के यो आश्चर्यजनक हुँदैन यदि मैले यसलाई एक मिनट वा त्यो भन्दा कम समयमा एकै पटकमा लेख्न सकें भने ?
अधिक कलाकृति तथा खान्जी प्रदर्शनहरू हेर्नको लागि ट्विटर र इन्स्टाग्राम मा आओयागी बिसेनलाई पछ्याउनुहोस्। उनको वेबसाइट ले पनि उनका केही सुलेखलाई प्रकाश पार्छ, ती मध्ये केही बिक्रीका लागि हो।