विश्वभरिका नागरिक मिडिया सबैलाई उपलब्ध गराउन हामी ग्लोबल भ्वाइसेजमा प्रकाशित लेखहरू माथिका भाषाहरूमा अनुवाद गर्दछौं ।

प्रिय तान्जानियन चलचित्र प्रेमीहरू स्थानीय चलचित्र उद्योगलाई तपाईहरूको साथ चाहिन्छ

टी-जंक्शन कलाकार तथा चलचित्र यूनिट एक तान्जानियन चलचित्र जसले जंजीबार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको 20 औं संस्करणमा तीन पुरस्कार जित्यो।फोटो सौजन्य अमिल शिवजी।

जून 16, 2017 मा, जंजीबार इन्टरन्यासनल फिल्म फेस्टिवल (जेआईएफएफ) को 20 औं संस्करण उत्कृष्ट पुरस्कार साँझ साथ सम्पन्न भयो जसले मेरो चलचित्र,  टी-जंक्शन, लाई साँझको सबैभन्दा महत्त्वपूर्ण पुरस्कारको साथ सम्मान गर्यो: सर्वश्रेष्ठ फीचर फिल्म। हवा एलीका लागि सर्वश्रेष्ठ अभिनेत्री, चलचित्रको मुख्य अभिनेत्री सहित कुल मिलाएर हामीले तीन पुरस्कार पोल्टामा पाऱ्यौं।

महोत्सवमा प्रदर्शित अन्तर्राष्ट्रिय चलचित्रहरूको संख्या र धेरै प्रतिनिधिहरू तथा चलचित्रकर्मीका सहभागितालाई विचार गर्दा मलाई यस्तो सफलता प्राप्त भएकोमा मैले संतुष्टि मान्नु पर्छ।

तान्जानियामा चलचित्र निर्माण सन् १९८० को दशकमा सरकारको आर्थिक सहयोगमा शुरु भएको हो, तर सन् २००० को आरम्भमा “बोंगो चलचित्र” विकास भयो, जसलाई हामी हाम्रो घरेलु -उत्पादन चलचित्र भन्छौं। निर्माण हुने चलचित्रका संख्याको आधारमा चलचित्र उद्योग अहिले नाइजेरिया पछिको दोस्रो स्थानमा छ, स्रोतहरूका अनुसार लगभग ५०० चलचित्र स्थानीय स्तरमा प्रत्येक वर्ष निर्माण हुन्छन्.। यी कारणले गर्दा मैले महोत्सवमा मेरा धेरै साथीहरु भेट्ने अपेक्षा गरेको छु।

म संयोगले चलचित्रमा आएको थिएँ। म एक पत्रकार हुन चाँहन्थे। जब म विश्वविद्यालय जाने तयारी गर्दै थिएँ, मैले टोरोन्टो स्थित योर्क विश्वविद्यालयमा अफ्रिकी विद्यार्थीहरूका लागि छात्रवृत्तिको एक विज्ञापनमा मेरो आँखा पर्यो। मैले आवेदन गरें, र एक दिन मैले उक्त छात्रवृत्ति मलाई मिलेको जानकारी सहितको ईमेल प्राप्त गरें । मलाई थाहा भएन कि पत्रकारिताको सट्टा मैले चलचित्रलाई अन्धाधुन्ध मेरो मुख्य विषयको रूपमा चयन गरेको थिएँ।

जे भए पनि म क्यानाडा जानुपर्ने भयो र मलाई चलचित्रमा लगाव बढ्न लामो समय लागेन। मैले चलचित्रका हस्तीहरुलाई अपनाएँ-जस्तै सेनेगल कलाकारहरु ओस्मान सिमबेनजिब्रिल डियोप मामबेटी, इटालियन गिलो पोन्टेकोर्भो, क्यूबाका टोमस गुटिरेज आलिया सोवियत संघका  सेर्गेई इसेन्स्टिन   र उल्लेख गर्न पर्दैन ब्रिटेनमा जन्मेका प्रतिभा चार्ल्स स्पेंसर चैपलिन , जसलाई चार्ली चैपलिन भनेर चिनिन्छ।

जब मैले आफूलाई चलचित्रको इतिहासमा तल्लीन राखें, मेरो ध्यान थर्ड सिनेमा , तर्फ केन्द्रित भयो – विश्वव्यापी सीमान्तकृत देशहरूबाट क्रांतिकारी फिल्म निर्माणका लागि अभियान जुन अफ्रीका, एसिया तथा ल्याटिन अमेरिकामा सन् १९६०-७० को दशकमा आरम्भ भएको थियो। मेरा निम्ति ६० को दशकका ती चलचित्रहरू अधिकारबाट वंचित मानिसहरूका वास्तविक प्रतिबिम्ब थिए र चलचित्र निर्माताहरु जो त्यस्ता परम्पराबाट आए उनीहरुले वास्तवमा दमनको विरुद्ध लड्नका लागि चलायमान चित्रलाई प्रयोग गरे। त्यस अनुभूतिले मलाई यस युगको लागि र मेरो देशको लागि त्यहि गर्न उत्प्रेरित गर्यो, किनभने म विश्वास गर्छु कि यो युग खासगरी आक्रामक नवउदारवादी हमला र बहसका लागि कमजोर अवस्थाको हुनेछ।

मेरा निम्ति त्यस्ता कथाहरुका लागि जेआईएफएफ गृह अदालत भएको छ। यसले मलाई र अन्य तान्जानियन चलचित्र निर्माताहरुलाई आश्रय प्रदान गर्दछ र महोत्सव दृश्य कलाकारका रुपमा हाम्रा आवश्यकता प्रति संवेदनशील छ। त्यसैले महोत्सवमा “बोंगो” चलचित्रका धेरै जसो प्रसिद्ध अभिनेता तथा अभिनेत्रीहरुका अनुपस्थिति जसका अनुहारहरू म नियमित रूपमा दार ए सलामको सडकमा डीभीडी कभरमा देख्छु, म प्रश्न गर्छु कि के हामी साँच्चै हाम्रो फिल्म क्षेत्रलाई उद्योग भन्न सक्छौं। हामी अझै पनि वास्तविक उद्योगलाई चाहिने आधारभूत र सहज ढाँचाको अभाव झेलिरहँदा यसरी वर्गीकरण गरेर हामी असावधानिपूर्वक हतारमा काम गरिरहेको हुन सक्छौं।

शिक्षा महत्वपूर्ण छ। म दार ए सलाम विश्वविद्यालयमा अध्यापन गर्छु तर धेरै जसो मेरा विद्यार्थीहरु महोत्सवमा थिएनन्। तीमध्ये केही तर्क गर्थे कि जंजीबारको यात्रा महँगो छ, र त्यो सत्य पनि हुन सक्छ। तर एक पटक जब तपाईं आफ्नो जीवन चलचित्रहरू निर्माण गरेर बिताउने सोचका साथ आउँनुहुन्छ, तपाइँले “लगानी एक समस्या हो” भन्ने भनाइलाई बेवास्ता गर्न अभ्यस्त पनि हुनु पर्दछ। हाम्रो बजारमा आजकल “उद्यमी” मूलमंत्र हो, र मलाई लाग्छ मेरा धेरै विद्यार्थीहरु र युवाहरू त्यस शब्दलाई अनजानमा त्यागिरहेका छन्। उद्यमशीलताको लागि अनवरत लगाव र गर्न सकिन्छ भन्ने मनोवृत्ति चाहिन्छ – पैसा हुने वा नहुने फरक छुट्याउने यो एकमात्र तरिका हो। चलचित्रको व्यापारमा हाम्रा कथाहरु सुनाउने अभियान उद्यमशीलताको रुप हो भनेर बुझ्नु पर्दछ।.

तान्जानियन चलचित्र निर्माता तथा कलाकारको रूपमा, लगाव कायम राख्न कठिन छ, र धैर्य अनि दृढताको जरुरत पर्दछ भन्ने महत्वपूर्ण तथ्यलाई सामना गर्न हामी इन्कार गर्छौं। चलचित्र क्षेत्रको वर्तमान स्थिति यस दृष्टिकोणको एक उपज हो। राम्रो कथावस्तु भएको चलचित्र निर्माण गर्न समय लाग्छ। यद्यपि, कतिजना हाम्रा चलचित्र निर्माताहरु उनीहरूका असुरक्षा र छिटो पैसा कमाउने इच्छाले गर्दा अपूर्ण परियोजनाहरूको साथमा बजारमा भाग लिन्छन्?

यसबाहेक, तान्जानियामा चलचित्र क्षेत्र वितरकहरूका हातमा छ जसले अभिनेताहरूलाई कठोर अनुबन्धमा हस्ताक्षर गराएर र योग्य निर्देशकहरू तथा सृजनशील निर्माताहरुलाई पाखा लगाएर परियोजनाहरु माथि दबाव दिन्छन्, यसरी बाधाहरू सिर्जना गरेर नयाँ प्रतिभा र सृजनात्मक निर्माण गर्नबाट रोक्छन्। के हामी वास्तवमा यस्तो अवस्थालाई उद्योग भन्न सक्छौं?

यो प्रतीक्षा गर्ने समय हो, हामी एक कदम पछाडि हट्यौं र हामीले हाम्रो ऊर्जालाई ध्यान केन्द्रित गर्यौं। तान्जानिया अनगिन्ती कथाहरूले समृद्ध छ र युवाहरूलाई ती कथाहरु सुनाउने अवसर छ। यदि हामी वास्तवमा एक उद्योग निर्माण गर्न चाहन्छौं भने, हामीले व्यक्तिगत महत्वाकांक्षा त्याग्नै पर्छ र अधिक सहयोगी तथा सामूहिक भविष्यबारे सोच्नु पर्छ।

जीआईएफएफ जस्तो स्वदेशी महोत्सवलाई साथ दिएर हामी यसको शुरुवात गर्न सक्छौं।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.