विश्वभरिका नागरिक मिडिया सबैलाई उपलब्ध गराउन हामी ग्लोबल भ्वाइसेजमा प्रकाशित लेखहरू माथिका भाषाहरूमा अनुवाद गर्दछौं ।

भाषालाई लोप हुनबाट कसरी बचाउने

लेखकको हजुरआमाको यूट्यूब भिडियोको स्क्रीनशट।

यो कथा जुलाई १५, २०१७ मा टेडएक्स यूथ @अमात्रा एकेडेमी  बैंगलोर, भारतमा लेखकद्वारा दिइएको प्रस्तुतीकरणमा आधारित छ।

यो सन् २०१४ को हिउँदमा थियो। म मेरो समुदायको कथा वाचन विधिबारे अनुसन्धान गर्दै घरमा बसेको थिएँ। मैले मेरी हजुरआमालाई आफ्नो समयको केही कथाहरू सुनाउन आग्रह गर्दै दिनहरु बिताएँ। तर उहाँ सधैं उदासीन बन्नु हुन्थ्यो र अनुरोध स्वीकार गर्न चाहनु हुन्न थियो।

त्यसपछि एक बिहान उहाँले मलाई अप्रत्याशित रूपमा कथा सुनाउन थाल्नु भयो। पहिलो कथा सुनिसकेपछि यसको उपयोग मैले कसरी गर्नेछु भन्ने कुरा मलाई थाहा नभए तापनि अन्तरमनदेखि नै यसलाई रेकर्ड गर्नुपर्थ्यो भन्ने मलाई महसुस भइरहेको थियो। यसैले मैले गोप्य रुपमा मेरो क्यामरा निकालें र शूटिङ गर्न थालें।

मेरो हजुरआमाले कथाहरू सुनाउने काम मात्र गर्नु भएन – उहाँले आफूलाई ती कथाहरूका हिस्सा बनाउनु भयो। पात्रहरुले भोग्नुपरेका दु:खद घटनाहरू सुनाइरहँदा उहाँ आफ्नो आँसु खसाल्नुहुन्थ्यो। अनि सुखद अन्त्यमा उहाँको हाँसो फुट्दथियो।

उहाँले मलाई दुलहीहरूले आफ्ना विवाहपछि जन्मघर छाडेर कर्मघरमा बस्न जाने बेलामा गाउने केही गीतहरू पनि सुनाउनु भयो। यी बिछोड बारेमा गाइने गीतहरू थिए, मूलत: दु:खले भरिएका। तर यो बिस्तारै एउटा सामाजिक घटना बन्यो। मानिसहरूले यस बारेमा हास्य र व्यंग्यसहित साहित्य सिर्जना गर्न थाले। अनि सबैजना रुन सिपालु नहुने भएकाले सम्पूर्ण कुरा पहिले नै अभ्यास गरिन्थ्यो र मेरी हजुरआमा जस्ता महिलाहरू कुशल प्रशिक्षकका रुपमा ठूलो भूमिका खेल्थे।

मैले यी अद्वितीय गीतहरू र मेरो समुदायका कथाहरू रेकर्ड गर्दा सुखद अनुभव गरें। मैलेती गीतहरू र कथाहरूलाई  अपलोड गरें र सार्वजनिक रूपले अनलाइनमा उपलब्ध गराए।
तर ती रेकर्डिङ गरिएका गीतहरू र कथाहरू कति महत्वपूर्ण छन् भन्ने कुरा मैले डेनिएल बोग्रे उडेलसँग नभेट्दासम्म मलाई थाहा थिएन। उनले मलाई उनी र उनको साथीफ्रेडी एन्ड्रेड  मिलेरविकिटङ्स भनिने एउटा योजना निर्माण गरिरहेको बारेमा बताए। उनीहरू कथा वर्णन गरिरहेका वा आफ्ना मातृभाषामा घटनाको भिडियो रेकर्ड गर्नका लागि विश्वभरका स्वयंसेवकहरूसँग समन्वय गर्दै थिए। मलाई यो योजना मन पर्यो। विकिटङ्समा उपलब्ध भिडियो ले मलाई विश्वभरका सुन्दर कथाहरूको बारेमा जान्न सहयोग गर्यो अन्यथा ती पूर्ण रुपले ओझेलमा पर्ने थिए। ती भिडियोले मलाई मेरो रेकर्डिङमा उपनाम राख्न तथा थप जानकारी समावेश गर्न प्रेरित गरे।

दुर्भाग्यवश, धेरै भाषाहरू लोप हुँदैछन्, अत्यन्त द्रुत गतिमा। यूनेस्कोले अनुमान गरेअनुसार, करीब  आधा भाषाहरू विश्वको  ६,९०९  जीवित भाषाहरूमध्ये आउँदो शताब्दीभित्र पूर्ण रुपले लोप हुन सक्नेछन्। हामीले प्रत्येक दुई हप्तामा कम्तिमा एउटा भाषालाई गुमाउछौं।  विगत ५० वर्षमा २२० भारतीय भाषाहरू लोप भए। यूनेस्कोले लोपोन्मुख भाषाको रूपमा पहिचान गरेका  १९७ भारतीय भाषाहरू  चाँडै लोप हुने जोखिममा छन्। हामी बढीभन्दा बढी एकभाषिक हुँदैछौं। भाषाविद् स्टेभन बर्डले बताएअनुसार एकभाषिक मानिसहरूका दिमाग तीब्र रुपमा क्षय हुने कुरा अनुसन्धानहरूले देखाएका छन्।

भाषाहरू कसरी लोप हुन्छन्

भाषाहरू अन्य भाषाहरूसँगको सम्पर्कले प्रभावित हुन्छन्। कहिलेकाहीँ परिवर्तन अपरिवर्तनीय हुन्छ। हाम्रो भाषाको नियति सामाजिक-राजनीतिले पनि तय गरेको छ। उदाहरणका लागि, राष्ट्र नीतिले केही भाषाहरूलाई शिक्षा, वैज्ञानिक अनुसन्धान र प्रशासनमा कामकाजको भाषा निर्धारण गर्छ जबकि अन्यलाई बिस्तारै लोप हुने अवस्थामा पुऱ्याउँछ। स्पष्ट रूपमा “अल्पसंख्यक” भाषाहरू संचार माध्यममा प्रचार प्रसार गर्न लाभदायक नभएकाले ती भाषाहरूका विकास र संवर्धनमा बाधा पुग्छ र धेरैजसो पूर्ण रूपमा अभिलेखविहिन हुन पुग्छन्।

केवल केहि सय वर्ष अघिसम्म ल्याटिन वर्णमाला अफ्रिका, अमेरिका  र एशिया महादेशहरूमा प्राय: अज्ञात थियो। तर औपनिवेशिकवादले ल्याटिन वर्णमाला अहिले धेरै देशहरूमा आदर्श बनेको छ। विश्वका यी भागहरूका भाषाहरूका मूल लिपिबारे अति कम जानकारी छ। सौभाग्यवश, विद्वानहरूले यी केही भाषाहरू र लिखित प्रणालीहरू अध्ययन गरेका छन् र लिपिबद्ध गरेका छन्। उनीहरूका कामले आज हामीलाई ती संस्कृतिका थुप्रै चित्ताकर्षक कथाहरू पत्ता लगाउन अवसर दिन्छ।

एकभन्दा बढी भाषा जान्न रोचक तथा फाइदाजनक भएतापनि हाम्रो मातृभाषा विशेष रूपले महत्वपूर्ण छ किन कि यो एक साधन हो जसको माध्यमले हामी हाम्रा भावनाहरू, हाम्रा कथाहरू र हाम्रा रहस्यहरू सजिलोसँग सांकेतिक रूपमा तथा बोधगम्य भाषामा रुपान्तरण गर्छौं।

यदि हामीले भाषाहरू विशेष गरी लोपोन्मुख भाषाहरूका डिजिटल रूपमा —अभिलेख राख्न शुरु गरेनौं भने हामी मानव सभ्यताको रंगीन विविधता गुमाउन सक्छौं। सबै कुरा अनुवाद योग्य हुँदैनन्। भाषाहरू स्थानीय ज्ञानको निम्ति महत्वपूर्ण संग्रह हुन सक्छन् जुन ज्ञान आधुनिक समाजसँग सम्बन्धित छ। भाषाहरू नौला संसारका लागि मुख्य द्वार हुन्। अल्पसंख्यक भाषा बोल्ने व्यक्तिका रूपमा कहिलेसम्म हामी आफ्नो भाषाहरू जीवित राख्न चाहन्छौं त्यो कुरा हामीमा निर्भर हुन्छ।

भाषाहरूले मानिसहरूलाई एकताबद्ध गर्न सक्दछन् !

केही समय पहिले मैले कार्बी भाषा  बोल्ने व्यक्तिसँग अन्तर्वाता लिइरहेको थिएँ। कार्बी उत्तरपूर्वी भारतीय राज्य असममा लगभग ४१,९०० मानिसहहरूले बोल्ने एउटा लोपोन्मुख भाषा हो। अन्तर्वाता दिने व्यक्तिले मलाई पुर्खाहहरूका सम्झना गर्ने चो माङ काङ भनिने एउटा उत्सवको बारेमा बताए। यस उत्सवमा नृत्य, भोज तथा स्थानीय स्तरमा तयार पारिएको मध्यपान समावेश हुन्छ र युवाहरूका लागि आफ्ना भावी जोडी खोज्ने यो एक अवसर पनि हो।

तर मलाई चो माङ काङबारे सबभन्दा वशीभूत पार्ने कुरा यो हो कि मेरो समुदायमा समान प्रकृतिको उत्सव छ र यस्तै प्रकारका उत्सवहरू दक्षिण र पूर्वी एशियामा मौजूद छन्। यी उत्सवहरूबारे मैले पहिले नै पढेको भएतापनि एक अलग समुदायमा यसलाई स्वयंको अनुभवले आँफैलाई एक हिस्सा पुन: प्राप्त भइरहेको जस्तो महसुस भयो। हामी उस्तै नदेखिन सक्छौं र फरक भाषा बोल्न सक्छौं तर अन्तस्करण देखि हामी घनिष्ठ रुपले जोडिएका छौं। यदि मैले यो रेकर्डिङ नगरेको भए मलाई यस सम्बन्ध बारेमा यत्ति प्रभावशाली ढंगले कहिले पनि अनुभव गर्न सक्दिन थिएँ।

शायद भाषा लिपिबद्ध गर्ने काम तपाईंको होइन र यो ठीक छ। सम्पूर्ण काम सबैका लागि होइन। तर धेरै मानिसहरूलाई लोप हुन लागेका भाषाहरू अभिलेख राख्न कसरी प्रोत्साहित गर्ने भन्ने बारेमा सोच्दा मैले केही रोचक कुरा थाहा पाएँ। मेरी श्रीमतीस्न्यापच्याटको भोईस चेन्जर  र सुन्दर भिडियो फिल्टरहरू प्रयोग गरेर रमाइला भिडियो सन्देशहरू सिर्जना गर्छिन् अनि आफ्ना दाजु-भाई, दिदी-बहिनिहरूलाई पठाउछिन्। त्यसपछि उनीहरूले आफ्ना रमाइला भिडियो सन्देशहरूले जवाफ दिने गर्छन्। यसको उल्लेखनीय पक्ष यो छ कि उनीहरूले आफ्ना स्न्यापच्याटमा प्रयोग गर्ने भाषा उनीहरूका हजुरबा, हजुरआमाका पुस्ताले बोल्ने गर्दथिए। यसरी अन्जानमा भए पनि अगमेन्टेड रियालिटी, डिप लर्निङ र आर्टिफिसियल इन्टेलिजेन्स  प्रयोग गरेर सीमान्तकृत भाषा जीवित राख्न मद्दत गर्ने युवा वर्ग छन्।

यसबाट शिक्षा लिनु पर्ने कुरा के हो भने भाषाका अभिलेख राख्नलाई आफ्नो धर्म बनाउन जरुरी छैन, मनोरञ्जनका रचनात्मक तरिकाहरू छन् जसमा तपाईं भाषाको उपयोग गर्न सक्नुहुन्छ। यो एकदम राम्रो हुनेछ यदि यी गतिविधिहरू स्न्यापच्याट जस्तो निजी घेराभन्दा बाहिर भइदिएको भए किन कि हामीलाई यस्तो प्रकारका सामग्री पब्लिक डिजिटल प्लाटफर्ममा धेरै आवश्यकता छ।

तपाईं कसरी सहयोग पुऱ्याउँन सक्नुहुन्छ

म तपाईंहरुसँग आफ्नो वरिपरि सुनिने भाषाहरू रचनात्मक रूपले अभिलेख राख्नको लागि ध्यान दिन चार तरिकाहरू बताउन चाहन्छु:

१. जब तपाईं कोही नौलो व्यक्तिहरूलाई भेट्नुहुन्छ, सानो जिज्ञासा देखाउनुहोस् र उनीहरू आफ्ना हजुरबा, हजुरआमासँग कुन भाषा बोल्छन् सोध्नुहोस्। उनीहरूलाई कथा सुनाउन, गीत गाउन वा केही शब्दहरू भन्न आग्रह गर्नुहोस् र रेकर्ड गर्नुहोस्।

२. तपाईंलाई मन पर्ने साधन उपयोग गर्नुहोस् – स्न्यापच्याट, फेसबुक, ट्विटर ? सामाजिक संजालमा प्रत्यक्ष कार्यक्रम आयोजना गर्नुहोस् जहाँ तपाईं कथा सुन्न वा उनीहरूका समुदायको पारम्परिक खेल सिक्न अतिथिलाई आमन्त्रण गर्नुहोस् र उक्त कार्यक्रमको रेकर्ड गर्नुहोस्।

३. तपाईंको रेकर्डिङहरू ओपन लाइसेन्स मा सार्वजनिक गर्नुहोस् जसले अरूलाई हरेक पटक बिना अनुमति तपाईंलाई श्रेय दिने सुविधा सहित तपाईंको कामको उपयोग गर्न मद्दत गर्दछ। म व्यक्तिगत रूपमा क्रिएटिव कमन्स लाइसेन्सको सिफारिस गर्दछु, किनकि भिमियो यूट्यूबजस्ता अधिकांश मल्टीमिडिया प्लेटफार्महरूले यस लाइसेन्सलाई अनुमति दिन्छ।विकिमिडिया कमन्सइन्टरनेट आर्काइभ , र माजस्ता ओपन सोर्स प्लेटफार्महरू पनि छन् जहाँ तपाईंले आफ्नो रेकर्डिङ ट्याग तथा मेटाडाटासहित अपलोड गर्न सक्नुहुन्छ जसले गर्दा सामग्री खोज्न सकिने हुन्छ। वाशिंगटन विश्वविद्यालयका तीन शोधकर्ताहरूले हालै राष्ट्रपति ओबामाका भाषणका पब्लिक डोमेन भिडियो र अडियो फाइलहरू प्रयोग गरी एउटा परीक्षण गरे। उनीहरूले भिडियो हेरफेर गर्न आर्टिफिसियल इन्टेलिजेन्स उपयोग गरे त्यसैले ओबामा पहिले रेकर्ड गरिएको अडियोमा ओठ चलाए जस्तो देखिन्छ।नतिजा आकर्षक र आश्चर्यजनक यथार्थवादी थियो, तर उनीहरूले ती भिडियोहरू र अडियो फाइलहरू पब्लिक डोमेन लाइसेन्स भएको हुनाले मात्र यस्तो गर्न सम्भव भयो।

४. रेकर्ड गरिएको सामग्रीको संक्षिप्त विवरणसहित सम्भव भएसम्म बढीभन्दा बढी भाषाहरूमा सेयर गर्नुहोस्। यसले अरूलाई तपाईंको काम पत्ता लगाउन मद्दत गर्दछ।

यदि हामीमध्ये धेरैले माथिका कार्यहरू गरेमा हामीसँग चाँडै मल्टीमीडिया सामग्रीको विशाल लाइब्रेरीमा मातृभाषा अधिक संख्यामा हुनेछन्। यसले महत्त्वपूर्ण विकास गर्न सक्छ, जसको हामी शायद कल्पना पनि गर्न सक्दैनौं। निरक्षर, सुस्त मनस्थिति र अन्धोपन भएकाहरूलाई ज्ञान पहुँच सहयोग गर्न अडियो लाइब्रेरीमार्फत टेक्स्ट-टु-स्पीच जस्ता साधन निर्माण गर्न र नलेज कमन्समा योगदान गर्न सकिने थियो।

तपाईले आफ्नो वातावरणमा भाषाहरू रेकर्डिङ र प्रकाशन गरी इतिहास बनाउन सक्नुहुनेछ र तिनीहरूलाई ओपन लाइसेन्सको साथ सार्वजनिक रूपमा प्रकाशन गर्न सक्नुहुनेछ र यस प्रक्रियाअन्तर्गत प्रत्येक वर्ष अधिक संख्यामा लोप हुने भाषाहरूलाई बचाउन सक्नुहुनेछ।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.