
“नारिता हट डग केटो”: फ्लीकर प्रयोगकर्ता जोइ इटोको तस्वीर। तस्वीर लाइसेन्स: Attribution 2.0 Generic (CC BY 2.0)।
ब्लुब्लुलक्की नामक ब्लगरले जापानी क्युरेशन साइट नाभेर मातोमेमा सामाजिक संजाल प्रयोगकर्तामार्फत जापानका अनौठा “कलाकृति” संकलन गरेका छन्। ब्लुब्लुलक्कीका अनुसार ती ठूला प्रतिमा वास्तवमा कलाकृति होइनन्:
町を歩いていると、特に公園などでたまに変なオブジェを見かけるのですが、あれは誰のため、何のためにあるのでしょうか…? 考えているうちにまとめてしまいました。まとめた後も、わかりませんでした…。
शहर वरपर, खास गरेर पार्क र खेलमैदानमा तपाईं यी अनौठा “कलाकृति” देख्नुहुन्छ। यिनीहरू के हुन् र के का लागि बनाइएका हुन् सोच्दासोच्दै मैले केही तस्वीरहरू बटुलेको छु, यद्यपि मलाई अझसम्म पनि यसको उत्तर थाहा छैन।
यी अजिब मूर्तिहरू हैरान पार्ने खालका छन्,र कहिलेकाहीँ अलिक डरलाग्दा पनि:
みんなの遠足ログ♫ 【川口運動公園】竹を噛み砕いている外見がとてもホラーなパンダ。新潟中越沖大地震の影響で来園者数が大幅に減っていたが、テレビでこのパンダが紹介されてから見に来る方々が増えたそうだ。 投稿者:おざわ隊長 pic.twitter.com/yZ0YEItL5i
— 終末オトナ遠足 (@otonapicnic) May 20, 2016
मेरो फिल्ड भ्रमण रिपोर्ट ♫: (कावागुची एथलेटिक पार्क) बाँस चपाउँदै गरेको पान्डा डरलाग्दो छ। सन् २००७ को नीगाता भुइँचालोले गर्दा धेरै मानिस यो पान्डा हेर्न नआएका भए पनि एक टिभी कार्यक्रमले यो पान्डा देखाएपछि धेरै मानिस यसलाई (फेरि) हेर्न आउन थालेका छन्।
खास गरेर यो प्रतिमा (इनारका लागि पम्प) जापानमा अति मन पराइने कार्टून क्यारेक्टर डोरेमनसँग मिलाउन खोजिएको छ, तर जापानका खेल मैदानका अन्य प्रतिमाहरू जस्तै अलिकति नमिल्दो छ:
色々とヤバい、地元の公園にあるオブジェ(?) pic.twitter.com/y4J2RzbI6j
— Tee (@yukiguniTH) March 16, 2016
स्थानीय पार्कमा रहेको यस कलाकृति(?)मा धेरै गल्तीहरू भेटिन्छन्।
अजिब देखिने जनावरहरू जापानका पार्क तथा खेल मैदानका लागि कुनै नौला वस्तु हैनन्:
近所の公園のライオンのオブジェから狂気を感じる件 pic.twitter.com/T6RPe884qc
— もっきゅ?? (@mokkyu09) July 2, 2014
स्थानीय पार्कमा रहेको यो सिंह बिल्कुलै फरक छ!
公園ってたまに狂気しか感じない遊具とかオブジェがあるよね!
こっち見んな☆ pic.twitter.com/Up4OJHCsuD— リンさん (@mastigiaspapua4) April 6, 2016
कहिलेकाहीँ पार्कमा केही राम्रा तर अनौठा वस्तु तथा कलाकृति भेटिन्छन्!
जापानका ग्रामीण पर्यटन आकर्षणहरूमा पनि केही अत्यन्तै अनौठा (कसैका लागि डरलाग्दा) मूर्तिकारी हेर्न सकिन्छ:
【宮崎・みやまどり苑】生駒高原のすぐそばにある日本一猪料理店。日本一怪しい公園・ダルマの里を経営していた人物が以前は運営していたためか、店の外にはひょっとこ親子や巨大なヤマトタケル像、イノシシ像等、ややくたびれた感のある像が立ち並ぶ pic.twitter.com/M0gn6JWxvU
— B面 (B級スポット・珍スポットガイド) (@bii_men) May 9, 2016
मियामिदोरी पार्क, मियाजाकी: इकोमा पर्वतनजिकै जापानको जंगली बँदेल पाइने सर्वश्रेष्ठ रेष्टुरेन्ट छ। त्यहाँ जापानको सबैभन्दा डरलाग्दो सार्वजनिक पार्क पनि छ। यो विगतमा यस पार्क सञ्चालन गर्ने व्यक्तिले बनाएका हुन् कि भन्ने कुरामा म विश्वस्त छैन, तर रेष्टुरेन्ट बाहिर आमा र बच्चाको मूर्ति छ *तथा* राजकुमार ओसुको भव्य प्रतिमा छ साथै एक जंगली बँदेलको प्रतिमा पनि छ। यी मूर्तिहरू हरेक प्रकारको मौसमको मारमा परेका छन्।
みやまどり苑に立ち寄った。
もともとはもう閉鎖した日本一怪しい公園のオブジェだったらしいです。
日本一怪しい公園行きたかったな〜 pic.twitter.com/XZ3oXdmicO— しらたきめんのスープ (@ccbbbc) May 1, 2016
मियामिदोरी पार्कमा भेटिएको। यो अहिले बन्द रहेको जापानको सबैभन्दा डरलाग्दो पार्कमा हुने गर्दथ्यो। मलाई त्यो जाने मन थियो।
愛媛県北宇和郡鬼北町の鬼の銅像ですっ!
テレビで見たことあったけど、実際に見るとめっちゃ迫力あるw
鬼の肩に乗っているのは、キジです。 pic.twitter.com/GOIjgRIeY1— ねね (@mofu_wa) May 1, 2016
यो काँसको मूर्ति इहिमे पर्फेक्चरको उवामा रहेको ओनी (दैत्य)-किटा शहरमा भेटिन्छ! मैले यो टिभीमा देखेको भए पनि नजिकबाट यो साच्चिकै प्रभावशाली छ। एउटा कालिज दैत्यको काँधमा बसेको छ।
अन्य कलाकृतिहरू जापानी संस्कृतिको एक पाटो हुनसक्ने सनकीपनका राम्रा उदाहरणका रुपमा रहेका छन्:
静かな狂気を感じる公園のオブジェ#taipei https://t.co/w7lnPi5FYf pic.twitter.com/JlFTiTi607
— 鈴木マイ (@mai_siesta) April 16, 2016
पागलपनको भावना जगाउने एक कलाकृति।
केही चाहिं, यद्यपि, अजिब छन्।
岐阜の土岐プレミアムアウトレット行った。近くに奇妙なオブジェがあって思わずぱしゃり。タイトルは「KAGUYA-SYSTEM」怖い。 pic.twitter.com/zG5M8sRGnV
— シャカイフテキゴー@TRAGICS (@_BREEEEZE_) May 24, 2015
म जिफु परफेक्चरको टोकी प्रीमियम आउटलेट मल गए। त्यहाँ नजिकै एक अजिब कलाकृति छ जसको फोटो नखिची म बस्न सकिन। यसलाई कागुया-सिस्टम भनिन्छ। यसले मलाई भयभीत पार्छ।
खासमा, जापान आउने धेरै पर्यटकले यहाँको प्रख्यात कलाकृति “हट डग केटो” लाई प्राय भेट्छन्:
成田空港でみかけた狂気を感じるオブジェ貼っておくね。 pic.twitter.com/2DzuuTxsR9
— ぺち太 (@plamizo_pechita) March 16, 2014
नारिता अन्तर्राष्ट्रिय विमानस्थल (टोक्यो बाहिर) को आगमन कक्षमा एक अजिबको कलाकृति छ।
अन्य अधिक अनौठा जापानी कलाकृति नाभेर मातोमेमा हेर्नुहोस्।