भीषण बाढीले बङ्गलादेश, भारत र नेपालमा विनाश

बिराटनगर हवाई अड्डा, नेपाल। डिओ क्रिएशन्सको यूट्यूब भिडियोको स्क्रिनशट ।

बङ्गलादेश, भारत र नेपालमा भीषण बाढीको श्रृंखलाले हजारौं मानिसहरूको जीवनलाई बाधा पुऱ्याइरहेको छ, उनीहरुलाई विस्थापित गरिरहेको छ र सम्पत्ति तथा आधारभूत संरचनामा गम्भीर नोक्सान पुऱ्याइरहेको छ।

दक्षिणी नेपाल तथा उत्तरी भारतमा भारी मनसुनी वर्षाले अचानक बाढी र भूस्खलन गरायो र बङ्लादेशमा बाढीको पानीले नदीका बहाव बढायो, यी तीन देशमा  कम्तिमा १७५ जना मानिसहरु मारिए।

नेपालको तराई क्षेत्रमा बाढी को कारण कम्तिमा ६० लाख मानिसहरु प्रभावित भए र ४८ हजार भन्दा बढी घरहरु डुबानमा परे। मुसलधारे वर्षाले नेपालमा पूर्व पश्चिम जोड्ने सबभन्दा महत्वपूर्ण महेन्द्र राजमार्गको एउटा खण्ड बगायो । दुर्गम क्षेत्रहरुमा उद्धारकर्मीहरु पुग्न कठिनाई भएको ले कैयौं गाउँ तथा बस्तीहरु सहयोग वा राहतबिहिन भए। दूरसंचार तथा बिजुली बन्द भए र सहायक मार्गहरु बगेका थिए।

मानिसहरु सामाजिक संजालमा विनाशको तस्वीर र भिडियो सेयर गर्दै छन्।

सप्तरी, नेपालमा एक व्यक्ति आफ्नो चौपायालाई काँधमा बोकेर सुरक्षित स्थानतर्फ जाँदै, १२ अगस्त २०१७।

सुनसरीस्थित आफ्नो बस्तीमा बाढीको पानी पसेपछि बुबा र छोराले आफ्ना बाख्रालाई बचाउँदै।

समस्यामा तराई! सबै ठाउँमा बाढी! सानो सहयोगले उनीहरूको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ! @iamsrkयो एकताका पछि तपाईं हुनुहुन्छ! धन्यवाद!

हाम्रो समूहको तर्फबाट स्लाइड शो

मृतकको संख्या ९१ पुग्यो, घाइते २५, हराइरहेका ३८। दुई हजार आठ सय घरहरु क्षतिग्रस्त भए, तीन हजार आधारभूत संरचना आंशिक रूपमा क्षतिग्रस्त, छब्बीस हजार उद्धारकर्ताहरुलाई खटाइयो।

लक्की दिपकले नेपालमा भूस्खलन तथा बाढीको क्षति यस यूट्यूब भिडियोमा सेयर गरे:

केहीले नेपालको बाढी पीडितहरूलाई सहयोग गर्न जन सहायता कोष र राहत सामग्री जुटाउन प्रयास गर्दै छन्:

नेपालमा बाढी पीडितहरूलाई सहयोग गरौं – २०१७

त्यसबाहेक, भारतमा लगातार वर्षाले उत्तराखण्ड र हिमाचल प्रदेशमा भूस्खलन गरायो र पूर्वी तथा उत्तरपूर्वी राज्यहरु असम र बिहार तथा पश्चिम बंगालका केही भागहरुमा बाढी आयो। भारतीय राज्य असमका २१ जिल्लामा कम्तिमा ९९ जना मानिसहरु मरे र २ लाखभन्दा बढी व्यक्तिलाई असर पारेको  थियो। १० जिल्लाहरुमा बाढीपछि भारतीय राज्य बिहारमा कमसेकम ४१ मानिसहरु मरे र १८०,००० मानिसहरु लाई अन्यत्र सारियो। यो २०१७ मा मनसुनको सुरुवातपछि बाढीको तेस्रो लहर हो।

फोटोहरूमा: बाढीले बिहार, पश्चिम बङ्गाल, असममा रेल र सडक सेवा अवरुद्ध

असममा बाढी: रातमा तटबंध भत्किएर विनाश गर्दै

@narendramodi @PMOIndiaश्रीमान, यदि तपाईसँग समय छ भने कृपया हेर्नुस्। तपाईंले थाह पाउनुहुनेछ किन असमलाई बाढीको स्थायी समाधान चाहिन्छ।

भारत र नेपालबाट बहेको बाढीको पानी तथा भारी मनसुन वर्षाको कारण बहावसँगै बङ्गलादेशमा अधिकांश मुख्य नदी प्रणालीमा पानीको सतह बढ्दै गयो। बङ्गलादेशमा भारी वर्षा पछिको बाढीले नदीका बाँध फुटेर १० लाख भन्दा बढी मानिसहरू प्रभावित बनेका छन्। सन् १९८८ मा जस्तै देशमा ठूलो बाढी आउनसक्ने सम्भावना रहेको विशेषज्ञहरू भविष्यवाणी गर्छन्।

चार उत्तरी जिल्लाहरूमा असामान्य बाढी; १९८८ मा जस्तै बङ्गलादेशमा ठूलो बाढी आउँदैछ….

बाढीले बङ्गलादेशको २० जिल्लामा स्थिति बिग्रियो। यो झन् बिग्रन सक्छ।

यस यूट्यूब प्रयोगकर्ताले उत्तरी बङ्गलादेशी जिल्ला दिनाजपुरमा बाढीको प्रभाव देखाउदै एक भिडियो पोस्ट गर्छन्:

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.