हामी दीर्घायु हुँदैछौं, तर सबैजना स्वस्थ भई बाँचिरहेका छैनौं

दक्षिण अमेरिकामा खराब स्वास्थ्यमा सम्भावित परिवर्तनबारे इन्फोग्राफिक,अनुमतिमा प्रयोग गरिएको

विश्वभरिका बिरामी तथा चिकित्सकलाई जोड्ने मेडिगो नामक एक स्वास्थ्यविशेष मंचले आयु सम्भाव्यताबारे एक तुलनात्मक विश्वव्यापी अध्ययन सम्पन्न गरेको छ।

औसतमा आजभोलि मानिसहरू पहिलेकोभन्दा धेरै बाँच्छन्। २१ औं शताब्दीको शुरुवातदेखि यस ग्रहका लगभग सबैजसो देशमा आयु सम्भाव्यता बढिरहेको देखिएको छ र यो सन् २०१५ मा विश्वव्यापी औसत ७१.४ वर्ष पुग्यो। तर देश-देशबीच र देशहरूभित्रै पनि आयु सम्भाव्यतामा भिन्नता रहेको छ। युरोप तथा उत्तरी अमेरिकामा औसत ७३ वर्ष रहेको छ भने ओसिनियामा ७१, ल्याटिन अमेरिकामा ७० वर्ष, एशियामा ६१ वर्ष तथा अफ्रिकामा जम्मा ५५ वर्ष रहेको छ।

यद्यपि मेडिगोले आफ्नो विश्लेषणलाई एक कदम अगाडि बढाउने र यो प्रश्न सोध्ने निर्णय गर्यो:

The World Health Organization confirms that we are living longer, but are we living healthier?

विश्व स्वास्थ्य संगठनले हामी दीर्घायु हुँदैछौ भनी पुष्टि गरेको छ, तर के हामी स्वस्थ भई बाँचेका छौं त?

विश्व स्वास्थ्य संगठनले स्वस्थ आयु सम्भाव्यता अर्थात हेल (HALE) को प्रयोग गरी एक व्यक्तिले स्वस्थ जीवनशैली अपनाउँदै कति वर्ष बाच्ने आशा गर्नसक्छ भन्ने निर्धारण गर्दछ। स्वास्थ्यसेवाको प्रकार, सरसफाइ, युद्ध तथा अन्य धेरै कारकहरूबाट प्रभावित हेलले हिंसात्मक मृत्युहरूलाई अझ संलग्न गर्नसकेको छैन। हालका वर्षहरूमा यस रेटिङ्गमा सुधार भएको छ

Life expectancy increased by five years between 2000 and 2015, the fastest increase since the 1960s. Those gains reverse declines during the 1990s, when life expectancy fell in Africa because of the AIDS epidemic and in Eastern Europe following the collapse of the Soviet Union.

सन् २००० देखि २०१५ सम्म आयु सम्भाव्यता पाँच वर्षले बढ्यो जुन सन् १९६० ताकापछिको सबैभन्दा द्रुत गतिको हो। सन् १९९० ताका अफ्रिकामा फैलिएको एड्सको महामारी तथा सोभियत संघको विघटनपश्चात् पूर्वीय यूरोपमा आयु सम्भाव्यता खस्किएको थियो।

इन्फोग्राफिक्सको प्रयोग गरी मेडिगोले सन् २००० पछि विश्वभरि भएका परिवर्तन दर्शाउँदै विश्वव्यापी स्वास्थ्यको वैकल्पिक मापन प्रस्तुत गरेको छ जसलाई यसले “ब्याड हेल्थ इयर्स” अर्थात खराब स्वास्थ्य वर्षहरूका रूपमा लिएको छ ।

खराब स्वास्थ्य वर्षहरूका दौरान विश्वमा आशा गरिएका परिवर्तनका बारेमा इन्फोग्राफिक्स, अनुमतिमा प्रयोग गरिएको।

ग्लोबल भ्वाइसेजसँगको संक्षिप्त कुराकानीका दौरान मेडिगोकी अनलाइन मार्केटिङ्ग म्यानेजर जिउलिया गुट्टेररले डब्ल्युएचओको परम्परागत मापन तथा उनीहरूले प्रस्ताव गरेको खराब स्वास्थ्य मापनबीचको फरक बताइन्:

Basically we take the total life expectancy, which is just how much we are expected to live and is determined at birth, and we deducted the healthy-life-expectancy years from the actual life expectancy. After doing this, we see the average amount of years someone can expect to live in bad health: “Bad Health Years.” Bad Health Years are the years you live with diseases and disabilities.

खास गरेर हामी कूल आयु सम्भाव्यता (जुन कि हामी कति वर्ष बाच्छौ भन्ने सम्भावना हो र यो जन्मको बेला निर्धारण गरिन्छ) लिन्छौ र वास्तविक आयु सम्भाव्यताबाट स्वस्थ आयु सम्भाव्यता वर्षहरू घटाउँछौ। यो गरिसकेपछि हामी के हेर्छौ भने कुनै व्यक्ति औसतमा कति वर्ष खराब स्वास्थ्यका साथ बाँच्नसक्छ जसलाई “ब्याड हेल्थ इयर्स” अर्थात खराब स्वास्थ्य वर्षहरू भन्छौ। ब्याड हेल्थ इयर्स ती वर्षहरू हुन् जसबेला तपाईं रोग तथा अशक्तताका साथ बाँच्नुहुन्छ।

तपार्इंले सबै इन्फोग्राफिक्स मेडिगोको वेबसाइटमा प्राप्त गर्नसक्नुहुनेछ।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.