- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

म्यानमारको शान राज्यमा पर्ने थानदाउङ गाउँको हाटबजारका दृश्य

श्रेणी : पूर्व एशिया, म्यान्मार (बर्मा), अर्थशास्त्र र व्यापार, नागरिक मिडिया, यात्रा
[1]

न्याउङ श्वेबाट एक घण्टाको मोटरबाटो दूरीमा पर्ने थानदाउङ गाउँ इन्ले तालको पश्चिममा पर्दछ। (फोटो तथा क्याप्शन चान सोन/ एर्रावाडी)

यो फोटो निबन्ध [1] चान सोनले स्वतन्त्र समाचार प्रदायक वेबसाइट एर्रावाडीमा लेखेका हुन् र ग्लोबल भ्वाइसेजले विषयवस्तु साझेदारी सम्झौताअन्तर्गत पुन: प्रकाशित गरेको हो।

शान राज्यको इन्ले तालवरिपरि लाग्ने पाँच दिने हाटबजार ग्रामीण चहलपहलका दृश्यहरूका लागि प्रख्यात छ। इन्था र पाओसमेत गरी विभिन्न जातीय पृष्ठभूमिका व्यापारी आफ्ना उत्पादन तथा सामान बेचबिखन गर्न दिनहुँ एक ठाउँबाट अर्को ठाउँ सर्दछन्।

इन्देइन, नाम्पान, थाउङ थो तथा खाउङ दाइङलगायतका कैंयन तालवरपरका गाउँहरूले यो हाटबजार लगाउँछन् भने यसका मुख्य स्थान न्याउङ श्वे (याउनग्वे), हेहो, ताउङ्ग्यी, माइङ थाउक र श्वे न्याउङ हुन्। यो हाटबजार चन्द्र क्यालेण्डरमा आधारित छ: पूर्णिमा तथा औंशीका दिन बजार लाग्दैन।

यस तालको पश्चिममा, न्याउङ श्वेबाट करीब एक घण्टाको मोटरबाटो दूरीमा पर्ने थान थानदाउङ गाउँमा इन्देइन तथा नाम्पानभन्दा कम पर्यटकीय बजार लाग्दछ। यहाँ स्थानीय व्यापारको विशुद्ध नमूना हेर्न पाइन्छ। विक्रेताहरू दिनको तयारी गर्न झिसमिसेभन्दा अगावै बजार आइपुग्छन् र बजार प्राय: जसो मध्यदिनसम्म लाग्ने गर्दछ।

[1]

थान थानदाउङ गाउँमा इन्देइन तथा नाम्पानभन्दा कम पर्यटकीय बजार लाग्दछ।(फोटो तथा क्याप्शन चान सोन/ एर्रावाडी)

[1]

तालको अग्रभागबाट थान थानदाउङ बजार पाँच मिनेटको पैदल दूरीमा पर्दछ।(फोटो तथा क्याप्शन चान सोन/ एर्रावाडी)

[1]

थानदाउङ बजारमा फूल विक्रेताहरू।(फोटो तथा क्याप्शन चान सोन/ एर्रावाडी)

बजारमा फलामका सामान बनाउँदै एक दम्पती।(फोटो तथा क्याप्शन चान सोन/ एर्रावाडी)

[1]

कुखुराको किनबेच हुने बजारको अग्रभागमा पुरुषहरू।(फोटो तथा क्याप्शन चान सोन/ एर्रावाडी)

[1]

न्याउङ श्वेबाट थानदाउङ बजार आउँदाको दृश्य।(फोटो तथा क्याप्शन चान सोन/ एर्रावाडी)

[1]

थानदाउङ बजारमा एकाबिहानै आउँदै गरेकी एक महिला।(फोटो तथा क्याप्शन चान सोन/ एर्रावाडी)