- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

शहरी कृषिलाई दीगो बनाउन प्रयत्नरत एक फिलिस्तीनी

श्रेणी : मध्य पूर्व र उत्तर अफ्रिका, प्यालेस्टाइन, Good News, खाना, नागरिक मिडिया, वातावरण

टड रिउबोल्ड [1]द्वारा लिखित यो आलेख [2] पहिला Ensia.com [3] पत्रिकामा प्रकाशित भएको थियो। यस पत्रिकाले सक्रीय अन्तर्राष्ट्रिय वातावरणीय उपायहरूलाई प्रकाशमा ल्याउँदछ र यो पोष्ट विषयवस्तु साझेदारी सम्झौताअन्तर्गत यहाँ पुन: प्रकाशित गरिएको छ।

विश्वभरि शहरी कृषि [4]ले मध्य अमेरीकादेखि मध्यपूर्वसम्मको बढ्दो विश्वव्यापी जनसंख्याको भरणपोषणमा भूमिका खेल्दै आएको छ।

माथिको भिडियोले भूमध्यसागरको समुद्रतटसँगै फिलिस्तीनको गाजा शहरमा बस्ने र काम गर्ने सइद सलीम अबु नासेरलाई परिचय गराउँदछ। उनी दीगो कृषिका समर्थक हुन्।

अबु नासेरले २०० वर्गमीटर (२,००० वर्गफूट) को सुक्ष्म कृषिक्षेत्र बनाएका छन्। यहाँ उनले हाइड्रोपोनिक प्रणाली अपनाएका छन् र लसुन, मरीच, साबुन आदिले घरमै बनाइएका कीट नियन्त्रक घोलहरू प्रयोग गरेका छन्।

प्रत्येक वर्ष उनी ३० व्यक्तिलाई खुवाउन पुग्ने सालाखाला ३,५०० किलोग्राम (७,७०० पाउण्ड) खाना उत्पादन गर्छन्। शायद अझ महत्वपूर्ण, उनको शहरी कृषिक्षेत्र साना आकारका क्षेत्रमा दीगो तवरले खाना उत्पादन गर्न चाहने अन्य व्यक्तिका लागि नमूना हुनसक्छ।

फिलिस्तीनअवस्थित स्वतन्त्र फिल्ममेकर यासेर अबु वाज्ना [5]ले एन्सियाका लागि यो भिडियो निर्माण, छायाँकन तथा सम्पादन गरेका हुन्।