सार्वजनिक शौचालयहरूको गूगल नक्शाङ्कन: भारतमा खुला दिसा रोक्न एक नवीनतम प्रयास

A public toilet in India. Image from Flickr by the Author. CC BY-NC-SA

भारतमा रहेको एक सार्वजनिक शौचालय । फ्लीकरबाट लिइएको रेजवानको तस्वीर  । CC BY-NC-SA

भारतमा सार्वजनिक शौचालयको पहुँच एक चिरस्थायी समस्या हो । भारतको १.२ अर्ब मानिसहरूको लगभग आधा संख्या, जो खासगरी ग्रामीण क्षेत्रहरूमा बसोबास गर्दछन्, को आफ्नो घरमा स्थायी (पानी हाली सफा गर्ने फ्लस्) चर्पीको सुविधा छैन, त्यसैले उनीहरू खुला ठाउँमा अथवा अस्वस्थ अस्थायी खाल्डोमा दिसा गर्दछन् । खुला दिसा गर्ने अभ्यासले अन्य समस्याहरू निम्त्याउँछ – महिला र बालबालिकाहरूमाथि हुने दुव्र्यवहारले झन् बढावा पाउँछ, अमानवीय अभ्यास जस्तै विष्टको हातेसंकलन (हातद्वारा फोहर अथवा दिसा उठाउने/ फ्याँक्ने) अभ्यासलाई जीवितै राखिराख्छ र झाडापखाला र इन्सेफ्लाइटिस् जस्ता रोगब्याधि फैलाउँछ ।

खुला दिसा गर्ने परिपाटीलाई अन्त्य गर्ने प्रयासका लागि गूगल  र भारत सरकारले नागरिकहरूलाई उनीहरूको नजिकमा रहेको चालु शौचालय पत्ता लगाउन सार्वजनिक शौचालयहरूको नक्शांकन गर्ने कार्यका लागि सहकार्य गरेका छन्

उनको महत्वकांक्षी स्वच्छ भारत अभियानको एक भागको रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१९ सम्ममा भारतभरि १ करोड २० लाखभन्दा बढी शौचालयहरू बनाउने वाचा दिएका छन् । तर चर्पी बनाउने चाँहि सजिलो भाग हो – तिनको उपयोग गर्न मानिसहरूलाई विश्वस्त पार्नु चाँहि वास्तविक चुनौती हो । सरसफाइबारे मानिसहरूलाई  शिक्षित गर्ने सम्बन्धमा जानुपर्ने बाटो अझै निकै बाँकी छ ।

बताइरहनु पर्दैन कि सार्वजनिक शौचालयलाई सफा र प्रयोग योग्य राखिराख्न श्रम पर्दछ र कहिलेकाँही त एकदमै चाहिएको बेला तपाईं फेला नै पार्नसक्नुहुन्न ।

अहिले [सन् २०१६ मा] गूगल र भारत सरकारको शहरी विकास मन्त्रालयले गूगल नक्शामा शौचालय पहिचान गर्ने साधन विकास गरेका छन् जसले भारतको राजधानी दिल्ली र केही अन्य शहरहरूमा अवस्थित केही हजार सामुदायिक र सार्वजनिक शौचालयहरूको अवस्थिति, ठेगाना र खुला रहने समयको जानकारी दिन्छ ।

यो पहल नयाँ दिल्ली र मध्यप्रदेश राज्यमा सन् २०१६ को डिसेम्बर २२ मा उद्घाटन  गरिएको थियो र यो चाँडै भारतका अन्य शहरुहरूमा पनि विस्तार गरिनेछ । शौचालयहरूको स्थान/ अवस्थितिलाई गूगल नक्शामा “स्वच्छ सार्वजनिक शौचालय” भनी संकेत गरिएको छ । हरेक शौचालयमा यो प्रयोग गर्न सकिन्छ कि सकिंदैन, यो कस्तो किसिमको चर्पी हो (प्यानवाला हो कि पश्चिमाशैलीको कम्बोड् खालको) र प्रयोगकर्ताहरूलाई सफावाला चर्पी चाँहि पत्ता लगाउन मद्दत गर्नको लागि स्टाररेटिङ् जस्ता विवरण पनि समावेश गरिएको छ ।

सुन्दर ! अब भारतमा घुमफीर हल्का भएर गर्न सकिने भो ! #Google #Map ले सार्वजनिक शौचालय स्थाननिर्धारक (लोकेटर) शुरु गरेको छ ।

केही भारतीहरूले यस पहलको ख्यालठट्टा पनि गरे :

प्रिय गूगल, राम्रोसँग विचार गर है, तिमीले हरेक घरधुरीलाई सार्वजनिक शौचालय भनेर तिम्रो नक्शामा देखाउला नि !

यसै बखत क्वार्टज इन्डिया (Quartz India) समाचार साइट्मा अनन्या भट्टाचार्यले मानिसहरूलाई यस सुविधाको सम्भावनालाई यथार्थतारुपले ब्यवहार गर्नको लागि चेतावनी दिइन् :

It would be naive to think Google’s efforts will change attitudes and rectify India’s sanitation troubles altogether, especially since nearly 900 million Indians don’t have access to the internet, which is necessary to view the map. But for those who want and are able to reach a nearby toilet, the maps could prove to be a real asset.

गूगलको यो पहलले मानिसहरूको मनोवृत्ति परिवर्तन गर्नेछ र भारतको सरसफाइको समस्याहरूलाई पूर्णतया हल गर्नेछ भनी सोच्नु साह्रै भोलापन हुनेछ, जबकि लगभग ९० करोड भारतीयहरूसँग इन्टरनेट्को सुविधा छैन् जुनचाँहि उक्त नक्शा हेर्न आवश्यक हुन्छ । तर जो नजिकको शौचालयमा पुग्न चाहन्छन् वा सक्छन्, उनीहरूका लागि यी नक्शाहरू वास्तवकि सम्पत्ति सावित हुनसक्छन् ।

जसै खुला दिसा संसारभरि अन्यत्र ठाउँहरूको पनि एक मुद्दा हो, गूगल नक्शाले यो सुविधा विश्वव्यापीरुपमा लागु गर्छ कि गर्दैन सो हेर्न चाखलाग्दो हुनेछ ।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.