भिडियो: जापानी बिरालोहरू हिउँदमा कसरी न्यानो भएर बस्छन्?

japanese cats in kotatsus

‘कोटाट्सु'मा एउटा बिरालो।Kagoneko को यूट्युब च्यानलबाट

जापानमा हिउँद शुरू भएको छ५४ बर्षमा पहिलो पटक नोभेम्बर २४ बिहीबारको दिन टोकियोमा हिमपात भएको छ। जापानमा अप्रत्याशित हुनसक्ने हिमपातले असहज हिउँदे मौसमको सुरुवातको संकेत गर्दछ।

सर्वव्यापी एअर कंडिशनिंगको कारणले उष्ण ग्रीष्म महिनाहरु पनि सहनीय बन्न सकिन्छ तर अन्य विकसित राष्ट्रहरुमा जस्तै जापानमा केन्द्रीय तापन व्यापक नभएको कारण त्यहाँको ठण्डा हिउँदे महिनाहरु क्रुर हुन सक्छन्। धेरै मानिसहरु न्यानो बनाइराख्न मट्टीतेल हिटरमा भरोसा गर्छन् र साथसाथै होचो काठको टेबल वरिपरि भारी कम्बल र मुनि हिटरबाट न्यानो बनाइएको कोटाट्सुमा पनि धेरै भर पर्छन्।

कोटाट्सु शब्दले मानिसहरु सहितको अरु प्राणीको आरामदायी र न्यानोपनको प्रतिबिम्बित गर्छ। विधुत्तिय हिटर नजिकै, कम्बल भित्र र टेबल मुनि प्रायजसो घरपालुवा विरालोहरु सुतिरहेको पाउनुले कोटाट्सु धेरै नै मन पराइएको देखिन्छ।

जापानीज ब्लग फन्डोद्वारा रिपोर्ट गरिए अनुसार युट्युब ब्लग कागोनेकोले (かご猫 Blog, “बक्समा बिरालो” ब्लग) आराम र न्यानोपनको यस् सर्वोत्कृष्ट जापानीज हिउँदे नजारा उतारेका छन्। यस् ब्लगले बिरालो कोटाट्सु भित्र गुटुमुटु पर्दै बसेको बिरालोको भिडियोहरु नियमित रुपमा अपलोड गर्दछ।

बिरालोले पनि मट्टीतेल हिटर नजिकैको न्यानोस्थललाई अधिकार जमाउँदै गरेको अवस्था। नेकोबाको ब्लगले देखाएको उत्कृष्ट दृश्य:

नियमित अपडेटका लागि नेकोकागो ब्लग हेर्नुहोस्।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.