- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

जमैकाको कमसल योजना तथा पर्यावरण अभ्यास बाढीको मारमा

श्रेणी : क्यारेबियन, जमाइका, नागरिक मिडिया, प्रकोप, मिडिया र पत्रकारिता, राजनीति, वातावरण, विकास
[1]

जमैकामा बाढी, अगस्त २००७। फोटो: क्रिस्टिना सु, CC BY SA 2.0।

तीन दिन (मे १४-१७,२०१७ ) को भीषण वर्षासँगै आएको भेलले जमैकाका विभिन्न भागहरुमा अस्तव्यस्त र विनाश गर्यो [2]। यसले कमसल योजना र विकास, गलत डिजाईन गरिएका तथा अपर्याप्त जल निकास प्रणाली र जमैकाको फोहोरमैला व्यवस्थापन कार्य प्रणालीमा जारी लापरवाही प्रति गम्भिर प्रश्नहरु खडा गरेको छ।

जमैकनहरुले आलोचना गरिरहँदा सरकारले क्षतिको विवरण तयार गर्न [3]धेरै काम गर्नुपर्नेछ – यसमा क्यारेबियन दुर्घटना जोखिम बीमा सुविधा [4],सहित द्वीप व्यवस्थाको एक समीक्षा समेत पर्दछ। उक्त बीमा सुविधा विश्वमा पहिलो बहु-मुलुक जोखिम बीमा हो र यो सुविधा “क्यारेबियन राष्ट्रका सरकारलाई नीति चालू हुनासाथ चाँडै वित्तीय तरलता मार्फत विनाशकारी आँधी र भूकम्पको वित्तीय प्रभाव सीमित गर्न क्षेत्रीय दुर्घटना कोषको रुपमा” तयार गरिएको हो। विगत दस वर्षदेखि जमैकाले यस सुविधाको फाईदा उठाउन सकिरहेको छैन किनभने जमैकाले झेल्नु परेको प्राकृतिक प्रकोप उक्त सुविधा प्राप्त गर्नको निमित्त योग्य छैन।

तर, वर्षाको कारण पूर्वाधारमा धेरै क्षति भएको थियो। ग्रामीण क्षेत्रमा सडकहरु बाढी र पहिरोले अवरुद्ध पारेको थियो, समुदाय असहाय अवस्थामा थिए र पुलहरु बगाएको थियो। राजधानी किंग्स्टनलाई मोन्टेगो बेसँग जोड्ने चिनियाँ सहयोगमा निर्मित उत्तर-दक्षिण राजमार्गको एक खण्डमा पहिरो गएको थियो।
अतिशय मौसम कुनै पनि आँधी प्रणालीसँग जोडिएको थिएन, तर स्थानीय मौसम विज्ञान विभागले उल्लेख गर्यो:

@etserviceJA प्रमुख इभान थोम्प्सोन भन्छन् विगत केहि दिनको वर्षा मे महिनाभरिको औसतभन्दा धेरै भएको छ

एन्टिगुवाको मौसम विभागले ट्विट गर्यो:

गत हप्ता पश्चिमी क्यारेबियन वरपर अतिशय (बाढी) वर्षाको एक रोचक भू-उपग्रह एनिमेसन

स्थानीय मिडियाले ग्रामीण क्षेत्रका रिपोर्ट गरेर राम्रो काम गरेका थिए:

फोटो: सेन्ट क्याथेरिन नर्थ इस्टस्थित यी आमा एघारौं कक्षामा अध्ययनरत आफ्नी छोरी आजको सीएसईसी परीक्षामा सामेल हुन विद्यालय जाने सुनिश्चित गर्दै

यसैबीच,शहरमा किंग्स्टनका मेयर डेलरोय विलियम्सले समुदायको आँखा खुलाउने भ्रमण गरे जहाँ समुद्रमा मिसिने एउटा ठूलो नाली फोहोरले बन्द भएको थियो:

विद्यालयमा आउने बाढीको स्रोतहरू बन्द गरौं। हामी निकास र नालीमा फोहोर फाल्ने काम जारी राख्न सक्दैनौ। यसले आखिरमा हामीलाई असर पुर्याउछ।

प्रधानमन्त्री एन्ड्रयू होलनेसले डोमिनिकन गणतन्त्रको आधिकारिक भ्रमण छोट्याए र आफ्नो द्वीप फर्केर सडक अवलोकन गर्न पुगे:

सन्नी साइडकी नोर्दिया लेविनसित भेट भयो जसले मलाई भीषण वर्षाको कारण आफ्ना जुम्ल्याहा बच्चाहरुसँग लामो समयसम्म फस्दाको अप्रिय अनुभव सुनाइन्

अन्य राजनीतिज्ञहरु आफ्ना चुनावी क्षेत्रहरुमा क्षति, उजुरी वा अवरुद्ध नालीको बारेमा क्षमा याचना गर्न र सामाजिक मिडिया मार्फत आफ्नो उपस्थिति दर्शाउन दौडाहामा निस्के:

स्थानीय सरकारका संसद सदस्य तथा प्रवक्ता नोएल आर्सकट ओसबोर्ने क्लेरेन्डोनमा स्थिति आकलन गर्दै

आजको भीषण वर्षापछि सेन्ट क्याथेरिन वेस्ट सेन्ट्रलमा स्थिति आकलन गरियो। गरिब जसका घरहरु बाढीमा परे उनीहरुलाई भोजनको व्यवस्था हुँदैछ।

वर्षाले धेरै जसो बस्तीहरु प्रभावित भए। सामाजिक संजालमा त्यहाँ मौजूद व्यक्तिहरुबाट रिपोर्ट आएको छ। एन मारी भाजले पूर्वी क्षेत्रको फोटोहरु सेयर गरेकी छिन्:

पोर्टल्याण्डका सडकहरुमा भयानक क्षति, हे भगवान!

विशेष गरी क्लेरेन्डोन ईलाका (जसले हालैका वर्षहरुमा लामो समयदेखि खडेरीको सामना गरेको छ) बढीले नराम्ररी प्रभावित बन्यो:

क्लेरेन्डोनस्थित ग्रीन नदीको अर्को पुल खतरामा। यस पुलले फ्रेन्कफिल्ड र दक्षिणी भागहरु जस्तै मे पेन लाई जोड्दछ।

धेरै नदीहरुले आफ्ना किनारा फिंजाए:

अहिले फ्लाट ब्रिज क्षेत्रमा पानीको सतह खतराको स्तरमा छ।एकदमै होसियार रहनुहोला।

अपर्याप्त निकास प्रणाली आंशिक रुपमा जिम्मेवार थियो भन्दै केही प्राविधिक विशेषज्ञहरु सुझाव दिइरहँदा [33] ट्विटरमा पर्यवेक्षकहरुले भने:

विकासका निम्ति हामीले झाडी हटाएर कंक्रिट बनाउन दियौं, पर्यावरणविदहरुका सुझाव मानेनौं र उनीहरुका चेतावनीको वास्ता गरेनौं।

यदि अतिशय मौसमी घटनाहरु थप उस्तै रहेमा स्थिति नसुध्रिन सक्छ भन्दै किंग्स्टनका मेयरले आफ्नो चिन्ता ट्विट गरे:

तर हामीले हाम्रा जल निकास क्षमता तथा नगर योजनाको आकलन गर्न आवश्यक छ र ग्लोबल वार्मिंगको कारण यस्तो असाधारण वर्षा हुन्छ कि भनेर हेर्नु पर्दछ।

अधिकांश विद्यालयहरु कम्तिमा एक दिन बन्द भए, विद्यार्थीहरुले बाह्य परीक्षा दिन परीक्षा केन्द्रहरुसम्म पुग्न कठिनाई झेल्नु पर्यो। शिक्षा मन्त्रीको ट्विट:

वेस्टमोरल्याण्ड, ह्यानोभर र सेन्ट जेम्स बाहेकका विद्यालयहरु आज बन्द रहनेछन्। परीक्षार्थीहरुलाई मात्र समायोजित गर्ने प्रयास गरिनेछ।

आपतकालिन सेवाले स्थितिलाई सामान्य अवस्थामा फर्काउन प्रयास गरिरहँदा, एक सरकारी निकाय राष्ट्रिय जल आयोगले यस मौसमी घटनालाई उल्लासपूर्ण संगीतकासाथ मनायो :

वाह, पानीको दृश्य! हर्मिटेज ड्यामको १००% क्षमता!

असंतोषजनक ढंगले विकास गरिएका आवास परियोजना र राजमार्गहरू विनाशकारी बाढीको मुख्य योगदानकर्ताको रुपमा उदधृत गरिए,एक जना भूविज्ञानविदको सल्लाहमा [43]धेरै उपयोगी सर्वेक्षण र समस्या पहिचान गरिएका भए पनि ती समस्याहरु हल गर्ने निर्णयको निम्ति जानकारी उपयोग भइरहेको छैन।

उचित मर्मतसम्भारको अभाव पनि उदधृत [44] गरिएको थियो।

प्रतिपक्षी नेता पिटर फिलिप्स [45]ले “वर्षौंदेखिको अनधिकृत बस्तीहरु” सहित खराब योजना तथा नियमन समस्याको कारक रहेको स्वीकारे।

असंतोषजनक ढंगले गरिने फोहोर मैला व्यवस्थापन समस्याको अर्को कारक रहिआएको छ। यससँगै समुद्रमा मिसिने नालीमा अस्वस्थ्यकर तरिकाले फोहोर फाल्ने प्रवृत्तिले नाली बन्द हुने र प्रदूषित बनिरहेको छ। धेरैले ट्विटरमा अभियन्ता क्यारोल नार्सिसिका टिप्पणीमा सहमति व्यक्त गरेका छन्:

निकास तथा नालीमा फालिने फोहोरको अनुपातमा सफा गर्ने पर्याप्त पैसा हामीसँग कहिले पनि हुने छैन। व्यापक राष्ट्रिय गतिविधि परिवर्तन कार्यक्रमको आवश्यकता छ।

विश्वविद्यालयका प्राध्यपक डेमियन किङ् थप्छन्:

मानिसले विगतमा गरेका कार्यहरुले गर्दा सही पर्यावरण अभ्यासहरु जानाजान उपेक्षा गरिएको कुरालाई बिर्सेंर हामी बाढीलाई “परमेश्वरको लीला” भन्ठान्छौं।

यसैबीच,जमैका पर्यावरण ट्रस्ट (जेईटी) ले आफ्नो चलिरहेको अभियान “नूह दत्ति अप जमैका” [48] (जमैकालाई फोहोर नबनाउँ) लाई आकर्षक गीत र भिडियो मार्फत सुदृढ बनाउने अवसर पायो।

जेईटीका डेपुटी सीईओले ग्लेनरलाई प्रेषित पत्र [49] मा चिन्ता जाहेर गरेका छन्:

Global climate change is expected to increase the frequency of extreme weather events like this one. Unless we change our daily habits and development practices, we can expect high financial and social costs to life, livelihoods and property to continue. Accepting individual responsibility for the garbage we produce is one way for every Jamaican citizen to do this.

The lack of bins or infrequent garbage collection is no excuse for dumping our waste in the streets or in gullies.

At the same time, the state must also take a lead role in improving the way our towns and cities are managed, with better solid waste infrastructure, preservation of green spaces and enforcement of planning laws and regulations. We must also take the protection of our forests much more seriously at the individual and state level if we are to have any hope of mitigating the threat of Climate Change.

विश्व जलवायु परिवर्तनको कारण यस प्रकारको अतिशय मौसम घटनाहरुमा बारम्बार वृद्धि हुन सक्ने सम्भावना छ। हाम्रा दैनिक व्यवहार तथा विकासका कार्यहरु नबदलेसम्म हामीले जीवन,आजीविका र जायदादका लागि उच्च आर्थिक तथा सामाजिक मूल्य चुकाउन वाध्य हुनु पर्नेछ।

फोहोर राख्ने भाँडा वा अनियमित फोहोर संकलनको बहानामा फोहोरमैला सडक वा नालीमा फाल्ने छुट हुनु हुँदैन।

साथ साथै हाम्रा शहर बजारहरु व्यवस्थित सुधार गर्न फोहोर मैलाको व्यवस्थापनका लागि उचित पूर्वाधार, हरियाली क्षेत्रको संरक्षण र नियम कानूनको पालनामा सरकारले नेतृत्वदायी भूमिका लिनुपर्छ। जलवायु परिवर्तनको असर कम गर्न हामीले व्यक्तिगत तथा राज्यस्तरमा गम्भीरतापूर्वक हाम्रो वनको संरक्षण पनि गर्नुपर्दछ।

जब नागरिकहरु सरसफाई गर्दछन्, उनीहरु विविध पक्षलाई दोष दिन्छन्,अर्कोतर्फ अधिकारीहरू राष्ट्रिय बजेटमा चिन्ताजनक प्रभाव [50]सहित क्षतिको लेखा जोखा गर्दछन्। सरकार र जमैकाका मानिसहरु दुवै कठोर परिवर्तनको संघारमा छन् किनभने जलवायु परिवर्तनको प्रभाव त्यस क्षेत्रको कमजोर द्वीप राष्ट्रहरुमा जारी रहँदा कठिन विकल्प रोज्न बाध्य छन्।