- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

प्रहरीका अनुसार मोजाम्बिकमा झाँक्रीहरूद्वारा पीडित हुनेहरूमा तालुखुइले मानिस

श्रेणी : उप-सहारा अफ्रीका, मोजाम्बिक, जातीयता र वंश, धर्म, नागरिक मिडिया
[1]

जाम्बेजियामा प्रहरीले मोजाम्बिकमा तालुखुइले मानिसमाथि आक्रमण हुनसक्ने चेतावनी जारी गरेको छ। फोटो: एण्डर्स बोलिन/ फ्लीकर, CC-BY-NC 2.0

मोजाम्बिकको जाम्बेजिया प्रान्तमा अंगप्रत्यंगको व्यापारका लागि तालुखुइले मानिसहरूलाई अपहरण गरिने नौलौ प्रवृत्तिले यहाँका प्रहरीलाई चिन्तित बनाएको छ। अन्धविश्वासका कारण गरिने यस्ता अपहरण नियन्त्रण गर्न प्रान्त सरकारले श्रृंखलाबद्ध कार्यवाही परिचालन गरेको छ।

जूनको शुरुवातमा मलावीको बोर्डरबाट केही किलोमिटर पर मिलांगे जिल्लामा तीन व्यक्तिको हत्या गरिएको थियो [2]। पीडितमध्ये एकको टाउको काटिएको थियो र अंगप्रत्यंगहरू निकालिएका थिए। यसै प्रसंगमा गिरफ्तार गरिएका दुई व्यक्तिले ती अंगप्रत्यंग तान्जानिया तथा मलावीका झाँक्रीहरूको प्रयोगका लागि निकालिएको स्वीकार गरे।

यी हत्याका पछाडि तालुखुइले मानिसको टाउकोमा सुन पाइन्छ र यसले धनसम्पत्ति ल्याउँछ भन्ने स्थानीय अन्धविश्वास रहेको कुरा जाम्बेजियाका प्रहरी प्रवत्ताले बीबीसीलाई बताए [3]। मोजाम्बिकमा तालुखुइले मानिसमाथि गरिएको यो अभिलिखित आक्रमण पहिलो पटक हो।

यद्यपि यस मुलुकमा कालो जादूले प्रेरित गरेका हत्या प्रकरणहरू घटेको उल्लेख भएको छ, खास गरेर अल्बिनो (अत्यन्त सेतो छाला हुने रोगले ग्रसित) व्यक्तिहरूलक्षित। यस दक्षिणपूर्व अफ्रिकी राष्ट्रमा परिस्थिति यति भयावह भयो कि संयुक्त राष्ट्रसंघले सन् २०१६ मा यस प्रथाबारे अनुसन्धान गर्न एउटा मिशन [4] नै संचालन गर्न बाध्य भयो।

अल्बिनिज्म भएका व्यक्तिहरूमाथि हुने उत्पीडन अन्य दक्षिण अफ्रिकी राष्ट्रहरू खास गरेर तान्जानियामा देखिएको छ [5]। यहाँको सरकारले यस अन्धविश्वास र पूर्वाग्रहसँग लड्न तथा आरोपीहरू गिरफ्तार गर्न अभियानहरू विकसित गर्दैछ [6]

मोजाम्बिकमा केही व्यक्तिले सोसल मिडियामा तालुखुइले मानिसमाथि भएका नवीनतम आक्रमणहरूबारे छलफल गरेका छन्।

मापुटोवासी उकोम्बे वेया [7]ले त्यहाँ जान चाहनेहरूलाई चेताए।

Atenção Homens calvos viajando para Moçambique

Homens calvos em Moçambique estão sendo alvo de ataques rituais, alertou a polícia Moçambicana, após o recente assassinato de três homens calvos para as partes dos seus corpos. Dois suspeitos foram presos no distrito central de Milange, onde ocorreram os assassinatos.

मोजाम्बिक जाने तालुखुइले व्यक्तिका लागि चेतावनी

शारीरिक अंगका निम्ति तीन तालुखुइले मानिसको हत्यापश्चात् मोजाम्बिकमा तालुखुइले व्यक्तिमाथि नियमित आक्रमण भइरहेकोबारे मोजाम्बिक प्रहरीले चेताएको छ। हत्या गरिएको मध्य जिल्ला मिलांगेमा दुई आरोपीहरू समातिएका छन्।

दक्षिणी मोजाम्बिकमा पर्ने इन्हाम्बाने शहरमा बस्ने विद्यार्थी हुसेन आल्गि आदामो [8]का अनुसार स्थानीय प्रहरीले सो प्रकरणमा कार्य गरिरहेको छ:

PRM acredita no envolvimento de curandeiros na morte de homens calvos vulgo carecas.

A perseguição e assassinato de indivíduos calvos para a extracção e venda dos seus órgãos, no distrito de Morrumbala, província da Zambézia, para presumíveis rituais supersticiosos, tem motivações culturais e é encomendada pelos médicos tradicionais, considera a Polícia da República de Moçambique (PRM), que indica, também, existir uma crença segundo a qual as vítimas têm, na cabeça, algum poder que gera fortuna. Nos últimos dias, pelos três homens com problemas de calvície foram mortos naquela parcela do país.

पिआरएमका अनुसार तालुखुइले मानिसको मृत्युमा झाँक्रीहरूको संलग्नता छ।

गणतन्त्र मोजाम्बिकका प्रहरी पिआरएमका अनुसार तालुखुइले व्यक्तिको खोज तथा हत्याका लागि परम्परागत चिकित्सा प्रणाली अपनाउने झाँक्रीहरूले अह्राएका हुन्। जाम्बेजिया प्रान्तको मोरुम्बाला जिल्लामा शारीरिक अंग चोर्न तथा बेच्न, परिकल्पित रूढिवादी संस्कारका निम्ति उनीहरूको हत्या साँस्कृतिक रूपले प्रेरित रहेको र यसले पीडितहरूका टाउकामा धन बढाउने शक्ति रहेको विश्वास व्याप्त रहेको दर्शाउँछ । हालका दिनहरूमा मुलुकको यस भागमा तालु खुइलिने समस्याले ग्रसित तीन व्यक्ति मारिएका थिए।

एन्जेला फरेरा समान्था [9]ले फेसबूकमा ब्लगर आर्मेन स्नाइप्पाको रिपोर्ट शेयर गरिन्। उनका अनुसार यो विषय मोजाम्बिकका ठूला सामाजिक चुनौतीहरूको एउटा हिस्सा हो।

EU QUERIA UM MOÇAMBIQUE COM VERGONHA NA CARA

Um país onde as pessoas tivessem vergonha de sair a rua vestidas como se fossem a gravação de um filme porno, onde os professores tivessem vergonha de pedir sexo em troca de notas e as alunas de oferecer sexo em troca de notas, emprego e outros benefícios, uma nação onde as pessoas procurassem empregos honestos e não tivessem que ferir ou mesmo tirar a vida dos outros para ganhar o seu pão, um país onde não se caçassem nem albinos e nem calvos ou carecas para práticas obscuras ou de “magia negra” visando o enriquecimento fácil.

म लज्जाबोध भएको मोजाम्बिक देख्न चाहन्छु

एउटा यस्तो देश जहाँ मानिसहरू अश्लील सिनेमाको शुटिङ्गमा झैं लुगा लगाएर बाहिर जान लज्जाबोध गरून्, जहाँ राम्रा ग्रेड दिनका लागि शिक्षकहरूले यौनक्रियाको अपेक्षा गर्न लज्जाबोध गरून् र विद्यार्थीहरूले राम्रा ग्रेड, जागीर तथा अन्य फाइदाका लागि यौनक्रियाको लागि सहमत हुन लज्जाबोध गरून्। एउटा यस्तो देश जहाँ मानिसहरू इमान्दारीपूर्वक गरिने जागीर खोजून्, जहाँ आफ्नो दैनिकीका लागि कसैलाई नोक्सान पुर्याउनु नपरोस् अथवा अरुको ज्यान लिनु नपरोस्, एउटा देश जहाँ सजिलो कमाइका लागि कालो जादूको सहारा लिई न त सेता छाला भएका न त तालुखुइले मानिसको हत्या होस्।

यी घटनाको गाम्भीर्यताका वावजूद केहीले घिनलाग्दा व्यंग्य गर्न पछि परेनन्। ह्युमन राइट्स वाचका लागि अंगोला तथा मोजाम्बिकमा काम गर्ने अनुसन्धानकर्ता तथा ट्वीटर प्रयोगकर्ता जनाइदा माचादोले यस प्लेटफर्ममा मोरुम्बालाका जिल्ला प्रमुख पेड्रो सपाङ्गे तथा जाम्बेजियाका प्रहरी प्रवत्ता इनासियो डिना दुवै तालुखुइले औंल्याए।

तालुखुइले व्यक्तिहरूको हत्याप्रति मोजाम्बिकन नियोगहरू साह्रै नै चिन्तित छन्।