- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

ट्वीटहरूमा एक मध्य एशियाली फूटबल म्याच

श्रेणी : मध्य एशिया र काकेशस, किर्गिजस्तान, ताजिकिस्तान, Humor, अर्थशास्त्र र व्यापार, खाना, खेल, नागरिक मिडिया, यात्रा, विकास

थोरैमात्र चिनिएको मध्य एशियाली फूटबल संघका सदस्यमध्ये इरानले मात्र विश्व कपमा भाग लिएको छ। तस्वीर विकिपिडिया।

तपाईंले मध्य एशियामा कस्तो फूटबल खेलिन्छ भन्नेबारे सोच्नुभएको छ? यसबारे थाहा पाउन पत्रकार पिटर लियोनार्ड [1]को रिपोर्ट हेरेपछि तपाईंले यस क्षेत्रको भ्रमण गर्नुपर्ने छैन। लियोनार्डले बुधवार दिउँसो एशियाको उच्चस्तरीय क्लब फूटबल टुर्नामेन्ट, एशियन फूटबल कन्फेडरेशन कपको एक म्याच बारेमा ट्वीटको वर्षात गरे। किर्गिस्तानको ओशमा भएको उक्त खेल किर्गिज च्याम्पियन अलाइ तथा छिमेकी ताजिकिस्तानका राष्ट्रपति एमोमाली राखमनका छोराले अध्यक्षता गर्ने क्लब इस्तिकलोलबीच भएको थियो।

आज विशिष्ट फूटबलको आशमा, एएफसी कप म्याचमा ताजिक च्याम्पियन इस्तिकलोलको सामना गर्दै किर्गिजस्तानको लीग अगुवा एफसी अलाइ

खेलाडीहरू हात मिलाउँदै छन्

अब शुरु भयो

चराले नविष्टाएको वा नभाचिएको सीट पाउन निकै कठिन

निकै गम्भीर भीड। खास कुनै वाहवाही वा गीतको अपेक्षा छैन

यो पूरै अवे टीमको समर्थक दस्ताझै देखिन्छ

पाँच मिनेट भएको छ र अलाइले गोल गर्ने पहिलो मौका पाएको छ

अलाइका लागि अरु केही राम्रा मौका

यस किर्गिज लीग सीजनमा चार खेलमा पाँच गोल गरेका अलाइका स्टार खेलाडी गिनीवासी अलिया सिल्ला

भीडको मनपर्ने नारा “ёб твоё бляааа”, एक किसिमको उत्तेजक रूसी अस्पष्ट शब्द।

अलिकति ёб твою бля को सक्रियता

मनुचेख्र झालिलोभ अलाइका गोलीसँग एकका विरुद्ध एक भिड्दै
र अन्त्यमा झालिलोभले जाली चुमाउँछन् निस्तब्धता निम्त्याउँदै

इस्तिकलोल १ – अलाइ ०

ओह, झालिलोभले ३८ मिनेटमा २-० गरेसँगै इस्तिकलोलले खेल नियन्त्रण गर्दै

४३ मिनेटमा अलाइका लागि एक गोल गर्ने स्पष्ट मौका गुमाएका छन् माक्सादबेक अलिमोभले। म पछाडिको मानिसले उनलाई долбоёб भन्दैछन्।

र पहिलो हाफको अन्तिम समयमा, अलाइका लागि हालसम्मको उत्तम मौका

पहिलो हाफको मत: इस्तिकलोल निकै नै बढी संगठित, अलाइ बल अगाडि बढाउनमै प्रयाशरत। झालिलोभ उत्कृष्ट

यो चाहि खास गरेर तपाईंको कट्टर उभिएका छन् यहाँ

यहाँ केही बिंया चपाउँदै गरेका प्रहरीहरू, वातावरण सभ्य र शान्त पार्दै

र खेल पुन: शुरु भएको छ

दोश्रो हाफमा खासै केही भएको छैन। अलाइ पछि रही अफ्रिकन केटाहरूमाझ बल पुर्याउँदै

६१ मिनेटमा अलाइको लागि राम्रो मौका तर निकै नै फराकिलो प्रहार

झालिलोभ केही मिनेट अगाडि स्थानापन्न भएका छन्। यस घडीमा इस्तिकलोल विजयतर्फ लम्कदैं।

पपकर्न, पपकर्न, पपकर्न, तपाईंको पपकर्न लिनुहोस्

पेनाल्टीमार्फत इस्तिकलोलले ३-० को अग्रता लिएको छ। गोलकर्ता दिलशोद भासियेभ

यहाँ फाउल भएको छ

र ४-०!!

अलाइले इज्जत केही बचाएको छ, ओदिल्झोन अब्दुराख्मानोभले गोल गर्दै ४-१ पुर्याएका छन्। भीड उर्लन्छ। अलाइ, अलाइ, अलाइको गुञ्जन।

र, अन्त्यमा। अति श्रेष्ठ इस्तिकलोलका लागि ४-१। आज मलाई साथ दिनुभएकोमा धन्यवाद

प्रायजसो विश्वको यस भेगमा फूटबलका लागि सामान्य, प्रहरी र प्रशंसकको अनुपात १:२ जति थियो

म्याचपश्चात् प्रहरीहरूकालागि उत्साहजनक भाषण: “राम्रो काम गर्यौ केटा हो। यो दुई हाफको खेल थियो आदि इत्यादि।”

र म्याचपश्चात्का केही फोहरमैला। फालिएका बिंयाका बोक्रा।