- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

३१ वर्षपश्चात् चेर्नोबिलमा बत्ती बलेपछि

श्रेणी : बेलारुस, युक्रेन, रूस, इतिहास, नागरिक मिडिया, प्रकोप, फोटोग्राफी, RuNet Echo
[1]

पोलिश साहसीहरूको टोलीले चेर्नोबिलको बहिष्कृत क्षेत्रमा पर्ने प्रिप्याट शहरमा पसी १९८६ मा चेर्नोबिल आणविक भट्टी दुर्घटनापश्चात् पहिलो पल्ट बत्ती बालेका छन्। तस्वीर सौजन्य: न्याप्रोमिएनिओवानीको फेसबूक [2]बाट।

अप्रिल २६, १९८६ का दिन उत्तरी युक्रेनमा रहेको चेर्नोबिल आणविक भट्टीमा भएको आणविक विष्फोटले रेडियोधर्मी सामग्री वातावरणमा छताछुल्ल भएको थियो। यसले युक्रेन, बेलारूस, रूस तथा पूर्वीय यूरोपका लाखौं व्यक्तिलाई अत्यधिक रेडियोधर्मी वातावरणमा होमेको थियो।

यस आणविक दुर्घटनाका असर अझै पनि महसूस गर्न सकिन्छ: यस दुर्घटनाबाट सबभन्दा बढी प्रभावित देश बेलारूसमा ५००,००० भन्दा बढी व्यक्ति [3]मा चेर्नोबिलले ल्याएको थाइराइडको समस्या छ साथै यस देशका २० लाख भन्दा बढी अत्यन्त बढी दूषित हुने जोखिममा छन्।

गएको हप्ता यस दुर्घटनाको ३१ औं वर्षगांठको अवसरमा पोलिश साहसीहरूको एक टोलीले चेर्नोबिल आणविक भट्टीबाट तीन माइल पर रहेको कोही पनि नबस्ने रेडियोधर्मी प्रिप्याट शहरमा पुन: बत्ती बाल्ने निर्णय गर्यो। प्रिप्याट उक्त दुर्घटना भएको अर्को दिन खाली गरिइएको थियो र हालसम्म नै परित्याग गरिइएको छ। यद्यपि चेर्नोबिलको बहिष्कृत क्षेत्रमा विकसित यो क्षेत्र जोखिम पर्यटन उद्योगको केन्द्र बनेको छ।

प्रिप्याटको एक स्कूलमा बत्ती बलेको छ।

जेनरेटरको प्रयोग गरी ती पोलिशहरूले बस्न छोडिएको तीन दशकभन्दा बढी समयपश्चात् प्रिप्याटका केही भवनहरूमा पहिलो पल्ट बत्ती बाल्न सफल भएका थिए। उनीहरूले फेसबूक पेज न्याप्रोमिएनिओवानी [4]मा ती फोटोहरू पोष्ट गरे [5]

यो पोष्ट यथोचित फोटो क्रेडिट दिनका लागि अद्यावधिक गरिएको छ। यी फोटोहरू न्याप्रोमिएनिओवानी [4]मा प्रकाशित भएका थिए र अनुमतिमा यहाँ पुन:प्रकाशित गरिएका छन्।