पारवहन कला: यात्राका बेला चित्र कोर्ने सिंगापुरी कलाकारहरू

एल्भिन मार्क तानको चित्र, अनुमतिमा प्रयोग गरिएको।

उनीहरू बस, ट्रेन र हवाइजहाज चढ्छन्, यात्राका निम्तिमात्र हैन परन्तु चित्रकला अभ्यास गर्न पनि।

सार्वजनिक यातायातमा देखेका गतिविधिहरूको चित्र बनाई आफ्नो समयको सदुपयोग गर्ने कलाकारहरूका सिर्जना प्रदर्शन गर्न एक वर्षअघि कम्युट स्केचर्स फेसबूक समूह गठन गरिएको थियो। यस समूहले सिंगापुरीहरूका मात्र नभई अन्य देशका कलाकारहरूको चित्रकला पनि शेयर गर्दछ।

कम्युट स्केचर्सका एक संस्थापक, सिंगापुरी कलाकार तथा शिक्षक अर्विन लियान, सार्वजनिक यातायातलाई कलाकारहरूका लागि उपयुक्त मञ्च ठान्नुका कारण बयान गर्छन्:

I think the public transport system is a very unique and peaceful place. You have this moving box (public transport) with wheels or wings that can contain the greatest diversity, because it is literally taking everyone to a common destination. I find that interesting; the notion of going somewhere together. Also, the fact that there are so many different faces to draw within a small room excites me. I was traditionally trained in fine arts and with dwindling interests in traditional art, the public commute presents a unique, safe and condensed setting to practice what I love.

मेरो विचारमा सार्वजनिक यातायात प्रणाली एक अनौठो र शान्तमय ठाउँ हो। मानौं, तपाईंसँग एउटा पांग्रा भएको वा पखेटा भएको गुड्ने बक्शा (सार्वजनिक यातायात) छ जसमा भएभरका विविधता अटेको हुन्छ, किनकि यसले वस्तुत सबैलाई एउटा साझा गंतव्यमा लगिरहेको हुन्छ। मलाई यो रोचक लाग्छ, कुनै ठाउँ सँगै जाने अवधारणा। साथै एउटा सानो कोठामा त्यति धेरै विविध अनुहार चित्रण गर्न पाउने कुराले मलाई रोमांच प्रदान गर्दछ। मैले परम्परागत तवरले ललित कलामा प्रशिक्षण लिएको थिए र परम्परागत कलामा घट्दो रुचिका साथै सार्वजनिक यात्राले प्रदान गर्ने अद्वितीय, सुरक्षित तथा घनीभूत वातावरणले गर्दा मैले मन पराएको काम अभ्यास गर्न पाएँ।

उनी क्यानाडाको त्यस्तै कार्यक्रमबाट कम्युट स्केचर्सको अवधारणा प्रेरित भएको कुरा थपे:

I was very inspired by the Canadian subway and they have this ‘Sketching-the-line’ program where they invite commute sketchers to submit their work and feature them all over the transit. I thought that was such an organic move and very gracious of them to grant advertising space to commute artists.

म क्यानाडेली सबवे र तिनमा प्रस्तुत गरिने स्केचिङ्ग-दलाइनबाट धेरै नै प्रेरित भएको थिए जसअन्तर्गत चित्रकार यात्रुहरूलाई यात्रा अवधिमा आफ्ना कला प्रस्तुत गर्न आह्वान गरिन्छ। मेरो विचारमा यो निकै नै जैविक किसिमको, खास भन्नु पर्दा स्वयंसंचालित पहल हो र यात्रु कलाकारहरूलाई विज्ञापनका लागि स्थान दिनु उनीहरूको उदारता हो।

अर्विन लियानको चित्र, अनुमतिमा प्रयोग गरिएको।

अर्विन लियानको चित्र, अनुमतिमा प्रयोग गरिएको।

एल्भिन मार्क तान, कम्युट स्केचर्सका अर्का सक्रिय सदस्य, मानिसहरू बस वा ट्रेनमा यात्रा गर्दा उनीहरू वरपर के भइरहेको छ भनी खयाल गर्दैनन् भन्ने जान्दा आश्चर्यमा परेका छन्:

That people in general can be so hooked on to their mobile devices, they have no clue that I’m sketching them, or even what is happening around them.

मानिसहरू साधारणतया आफ्ना मोबाइलमा यति व्यस्त हुन्छन् कि मैले उनीहरूको चित्र कोरिरहेको छु वा उनीहरू वरपर के भइरहेको छ, केही थाहा पाउँदैनन्।

एल्भिन मार्क तानको चित्र, अनुमतिमा प्रयोग गरिएको।

उनले यात्राका बेला कसरी चित्र कोर्नेबारे एक आधारभूत छोटो प्रशिक्षणात्मक भिडियो बनाएका छन्:

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.