- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

भुटानका सडकमा राखिएका चाखलाग्दा सन्देश

श्रेणी : दक्षिण एशिया, भूटान, Ideas, अन्तर्राष्ट्रिय सम्बन्ध, इतिहास, नागरिक मिडिया, प्रशासन, फोटोग्राफी, यात्रा, विकास
[1]

भुटानको एक सडक सन्देश: “यो राजमार्ग हो, धावनमार्ग होइन”। फ्लीकरमा पोष्ट गरिएको ऋषिकेश शर्माको तस्वीर। CC BY-NC-SA 2.0

भूपरिवेष्ठित हिमाली राज्य भुटान [2]का सडक पार गर्दा तपाईंले एउटा अनौठो कुरा अनुभव गर्नुहुनेछ: ती हिमाली राजमार्गमा राखिएका धेरै जसो सडक सन्देश व्यंग्यात्मक, ज्ञानवर्धक तथा दुईअर्थी हुन्छन् [3]

यस मुलुकको उत्तरी भेगमा हिउँले ढाकिएका पहाड छन् भने दक्षिणमा ट्रपिकल रेनफरेष्ट (उष्ण वर्षा-वन) रहेको छ। यी पहाडहरूबाट जाने सडकहरू साँघुरा तथा खतरनाक हुन्छन् र तीव्र गतिमा गाडी चलाउनु संधै कठिन हुन्छ। यी सन्देशहरू कहिलेकाहि एकदमै ठाडा हुन्छन्, तर तिनीहरूले नियम तोड्नुअघि चालकहरूलाई सोच्न बाध्य पार्छन्।

भुटानको वास्तविक सडक सन्देश

हाल भुटानमा लगभग ८,००० किलोमिटर (५,००० माइल) सडक छ, तर कुनै रेलमार्ग छैन। सन् १९६१ सम्म भुटानमा धेरै पक्की सडक नभएकोले प्रायजसो यात्रा पैदल वा खच्चड वा घोडामा चढेर [6] गर्नुपर्ने हुन्थ्यो। राजधानी थिम्पुलाई छिमेकी भारतको सिमानामा रहेको फुन्तशोलिङ्गसँग जोड्न प्रथम विकास योजनाका (सन् १९६१-६६) दौरान सडक निर्माण कार्य शुरु भयो।

तथापि, यस सानो मुलुकसँग आफै सडक निर्माण गर्ने दक्षता थिएन। सन् १९६१ मा भारतीय सैनिकको अभियन्ता सैन्यदल [7]को प्रभाग सीमा सडक संगठन [8]ले दंतक परियोजना [9] शुरु गर्यो। यसले भुटानको सार्वजनिक निर्माण विभागलाई १,५०० किलोमिटर सडक तथा पुल, पारो विमानस्थल, कैयन हेलिपोर्ट र अन्य आधारभूत संरचना निर्माण तथा मर्मतसंभार गर्न आधा शताब्दिभन्दा बढी समयसम्म मद्दत गर्यो।

सन् १९७० ताका भुटान बाहिरियाहरूका लागि खुल्ला गर्न [10] शुरु गरियो, र अहिले पनि पर्यटन सीमित छ। यद्यपि यात्रु तथा स्थानीयहरू अंग्रेजी र कतैकतै भुटानको राष्ट्रिय भाषा जोंखामा लेखिएका यी सडक सन्देश देखी रमाउँछन्।

तर यी सन्देशले एउटा अति महत्वपूर्ण उद्देश्यपूर्ति पनि गर्छन्। हरेक वर्ष भुटानमा प्रत्येक १ लाख मानिसमध्ये (जनसंख्या ७४२,७००) १५.१ [11] यातायातसम्बन्धी मृत्यु हुने गरेका छन्। बंगलादेशमा यो दर १३.६ (जनसंख्या १७ करोड १० लाख) र पाकिस्तानमा १४.२ (जनसंख्या २० करोड २० लाख) छ। भारतमा भने यो दर १६.६ (जनसंख्या १ अर्ब २५ करोड २० लाख) छ।

दंतक परियोजनाका प्रमुख अभियन्ता ब्रिगेडियर पिकेजि मिश्रा [12]का अनुसार यी हल्काफुल्का सडक सन्देश रणनीतिक तवरले राखिएका छन्:

We are using humour to convey a subtle but important message. No matter where in the world you’re from, humour is something that is easily understood, appreciated and remembered.

हामीले महत्वपूर्ण सन्देश सूक्ष्मतवरले सम्प्रेषण गर्न व्यंग्य प्रयोग गरेका छौं। तपाईं विश्वको जहाँबाट आएको भए पनि व्यंग्यलाई सजिलैसँग बुझ्न, सराहना गर्न र सम्झन सक्नुहुन्छ।

फेसबूक प्रयोगकर्ता पुरण गुरुङ्ग [13]ले यी सन्देशको सराहना गरेको देखिन्छ:

I Loved Driving on the Hills coz of these boards. I would prefer this, rather than the Advertising Boards along the roads.

Creative, Informative & Helpful.

यी बोर्डका कारण पहाडहरूमाझ गाडी चलाउन रमाइलो भयो। मलाई सडकमा विज्ञापन बोर्डको साटो यी सन्देश राखेको मन पर्छ।

सिर्जनशील, सन्देशमूलक र उपयोगी।

सामाजिक सञ्जालमा शेयर गरिएका केहि सन्देशहरू हेर्नुहोस्:

भुटानमा देखिने सडक सन्देश – एकदम सही आँकलन

खास गरेर ठाडो चेतावनीमूलक सडक सन्देश। “आँखा नहेरी गाडी चलाउने नर्कमा जान्छ।” ठिहिर्याउने सडकहरूमा पोल्ने शब्दहरू।

यदि तपाईं विवाहित हुनुहुन्छ भने गतिलाई पारपाचुके दिनुहोस्!
~ सडक सन्देशमा देखिएको।

पिप पिप, ननिदाउ! मेरा घुमाउराहरूमा बिस्तारै चलाउ! जीवन एउटा यात्रा हो, यसलाई पूरा गर।

भुटानको सडक सन्देश – स्मरण गराउँने…

[26]

तस्वीर: पुरण गुरुङ्ग फेसबूक। अनुमति लिएर प्रयोग गरिएको।

भुटानको सडक सन्देश, लाउन्ज शुरुवात संस्करण:

गज्जबको सडक सन्देश: “तपाईं भुटानको सबैभन्दा उच्च सडक पास ट्रुम्सेङ्ग ला पुग्नुभएको छ। तपाईंको ब्रेक चेक गर्नुहोस्। सबैको बावजूद जोशपूर्वक चलाइरहनुस्। धन्यवाद।” – जेमी जेप्पा

The signs of the roads in Bhutan are great – sometimes It feels like a self-help book ??? #wordsofwisdom #bhutanroadtrip #bhutantravel #bhutanroads #takeiteasy [30]

A post shared by Rafael Azzi (@rafaelazzi) on

भुटानका सडक सन्देश गज्जबका छन् – कहिलेकाहि आत्म-साहाय्य किताबझै लाग्छ

Very true ! #amaladestinations #roadhumour #signs #himalayan #roadsign #roadtrip #travel #bhutan #amaladestinationsbhutan [31]

A post shared by Amala Destinations (@amaladestinations) on

एकदम सही!

[32]

तस्वीर: पुरण गुरुङ्ग फेसबूक। अनुमति लिएर प्रयोग गरिएको।