- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

युगाण्डाली महिलाका १२ अवतार

श्रेणी : उप-सहारा अफ्रीका, युगान्डा, नागरिक मिडिया, महिला र लिङ्ग
[1]

सुन्दर देखिन चाहने तथा प्रकृतिसँग शान्तिका साथ रहन चाहने एक युगाण्डाली महिला। स्पेन्सर मोन्टेरोको तस्वीर, अनुमति लिएर प्रयोग गरिएको।

अन्तरराष्ट्रिय नारी दिवस, ८ मार्च २०१७, का दिन दिस इज युगाण्डा [2]ले युगाण्डाली महिलाका विभिन्न रूपहरू दर्शाउँन एक अभियान संचालन गर्यो। उनीहरूले ह्याशट्याग #SheRunsUg [3] प्रयोग गरी युगाण्डाली महिलाका दैनिक गतिविधि दर्शाउँने ८७ फोटोहरू प्रदर्शन गरे।

दिस इज युगाण्डा प्रतिभावान युगाण्डाली लेखकहरूको मंच हो। यी लेखकहरू युगाण्डाका कथाहरू तथा युगाण्डालीहरूलाई लक्षित गर्दै यस देशका कथालाई धूमिल पार्ने विश्वमा व्याप्त छविलाई पर्दाफाश गर्न दृढसंकल्परत छन्।

युगाण्डा ब्यूरो अफ स्ट्याटिस्टिक्सले सन् २०१४ मा गरेको जनगणना [4]का अनुसार महिलाले कूल जनसंख्याको ५१ ओगट्छन् भने पुरुषले श्रमजीवी जनसंख्याको आधाभन्दा पनि कम हिस्सा ओगट्छन्।

युगाण्डाली महिलाहरूको प्रशंसा गर्दै ट्वीटरमा ट्वीट गरिएका फोटोहरू यहाँ प्रस्तुत गरिएका छन्।

दैनिक झन्झटहरू:

युगाण्डाली महिला २२

व्याप्त छविलाई चुनौती दिनेहरू:

युगाण्डाली महिला २३

स्वास्थ्य क्षेत्रमा महिला:

युगाण्डाली महिला १८ (फोटो:@phionapaige [10])

संसदका हालका सभामुख रेबेका कडागा। महिलाहरूलाई अघि बढ्न नदिने व्याप्त कठिनाइलाई पंछाउँदै उनी सन् २०११ को मे महिनामा युगाण्डाकी प्रथम संसद सभामुख बनिन्।

युगाण्डाली महिला ४

युगाण्डाको ठूलो सुकुम्वासी बस्तीमध्ये एकमा जन्मिएकी फियोना मुतेसी [15] युगाण्डाको प्रथम कोटिकी चेस च्याम्पियन बनिन्। हलिउडको फिल्म क्वीन अफ कात्वे [16] उनको कथामा आधारित छ।

युगाण्डाली महिला ७

शिक्षक:

युगाण्डाली महिला २९

आमा:

युगाण्डाली महिला ३९ (फोटो: सेहान आरिक)

युगाण्डाली महिला ४४ (फोटो: p.a.c.e onlus)

पुलिस अधिकारी:

युगाण्डाली महिला ५० (फोटो: किबूबी मिडिया)

व्यक्तिवादी:

युगाण्डाली महिला ४२ (फोटो: प्रोस्सी बाबिरी)

प्राकृतिक सुन्दरी:

युगाण्डाली महिला ३७ (फोटो: स्पेन्सर मोन्टेरो)

र, अन्त्यमा युगाण्डाली झण्डालाई माथि फहर्याउँने महिला:

युगाण्डाली महिला १