- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

फिलिपिन्समा निकलोडियनको प्रस्तावित पानीमुनिको थीम पार्कविरुद्ध पर्यावरणविद्हरु

श्रेणी : पूर्व एशिया, फिलिपिन्स, अर्थशास्त्र र व्यापार, नागरिक मिडिया, यात्रा, वातावरण, विरोध
Image from the online petition created by environmentalist Anna Oposa [1]

पर्यावरणविद एना ओपोसाद्वारा सिर्जना गरिएको अनलाइन याचिका तस्वीर

साना केटाकेटीहरुका निमित्त मनोरञ्जन कम्पनी निकलोडियनले फिलिपिन्सको पालावानमा एक थीम पार्क निर्माण गर्न चाहन्छ। तर स्थानीय पर्यावरणविद्हरु खुशी छैनन्।

निकलोडियन स्पन्जबब स्क्वायरप्यान्ट्स, टिनएज म्युटान्ट निन्जा टर्टल्स र डोरा द एक्स्प्लोरर जस्ता लोकप्रिय टेलिभिजन शो निर्माणका लागि संसारभरि जानिन्छ। यस नेटवर्कको प्रमुख कम्पनी मिडिया दिग्गज भायाकमले सोमबार, जनवरी ९ मा पालावानको लागि आफ्नो योजना घोषणा गर्यो। भायाकमका अनुसार पार्क र सँगैको रिसोर्ट निर्माण [2] गर्न उसले कोरल वर्ल्ड पार्क अन्डरसी रिसोर्ट्ससँग साझेदारी गरिरहेको छ।

समुद्रभित्रको संसारको पहिलो आकर्षण भनिएको यस परियोजनाको पालावान, कोरोनमा अवस्थित १६ सेता बालुवाको द्वीपहरुको एक समूह अन्तर्गत ४०० हेक्टरमा (९८८ एकड) रिसोर्ट सुविधा हुनेछ। कोरोन पालावान प्रान्तको एक भाग हो जसलाई सेता बालुवाको तट, लुकेका लगूनहरु, निर्मल कोरल रीफहरु भएको एक लोकप्रिय पर्यटक गन्तव्यको रुपमा जानिन्छ साथै यो विभिन्न लोपुन्मुख प्रजातिका वासस्थान हो। अनियंत्रित व्यापारिक गतिविधिले यस क्षेत्रको दोहन हुने खतरा बढेको छ।

रिसोर्ट र थीम पार्कको निम्ति योजना घोषणा भएपछि पर्यावरणविद् एना ओपोसाले यस विकास योजनाविरुद्ध अनलाइन याचिका शुरूआत [1] गरिन्। यस लेख तयार हुँदासम्म, याचिका दुई दिन नपुग्दै यसको समर्थनमा १८९,००० भन्दा बढी हस्ताक्षर संकलन भएकाछन्।

Contrary to the press statement that the underwater theme park would “advocate ocean protection,” it will accomplish the exact opposite. By building artificial structures, you will undeniably damage and disrupt Palawan's marine ecosystems — our Last Frontier.

For a channel that targets children, Nickelodeon is setting a terrible example to the younger generation by taking away their right to enjoy our natural resources. We don't need an underwater theme park — our underwater life is fascinating, entertaining, and educational on its own.

पानीमुनिको थीम पार्कले “सागर संरक्षणमा बढ़ावा” मिल्दछ भन्ने प्रेस वक्तव्य विपरीत यसले ठीक उल्टो सिद्ध गर्नेछ। कृत्रिम संरचना निर्माण गर्दा तपाईंले निश्चित रुपले हाम्रो अन्तिम फ्रंटियर पालावानको समुद्री वातावरण बिगार्नु र खलबल्याउनु हुनेछ।

केटाकेटीहरुलाई लक्षित च्यानल निकलोडियनले हाम्रो प्राकृतिक स्रोतहरूमा आनन्द लिने अधिकार खोसेर युवा पीढ़ीको निम्ति एक खतरनाक उदाहरण स्थापित गरिरहेको छ। हामीलाई पानी मुनिको थीम पार्क आवश्यक छैन – हाम्रो पानी मुनिको जीवन आफैमा आकर्षक, मनोरंजक साथै शिक्षाप्रद छ।

Coron is a popular tourism destination known for its white sand beaches and hidden lagoons. Photo from the Facebook page of Save Philippine Seas [3]

कोरोन आफ्नो सेता बालुवाको तट साथै लुकेका लगूनहरुका कारण एक लोकप्रिय पर्यटक गन्तव्यको रुपमा जानिन्छ। फोटो – सेभ द फिलिपिन्स फेसबुक पेज।

निर्माणकर्ताहरुले थीम पार्क वास्तवमा जमिनमा आधारित केवल तैरने [4] पूर्वाधार सुविधा भएको भन्दै आलोचनाको प्रतिक्रिया देखाएका छन्। यो भायाकमको एक प्रेस वक्तव्य [5] विपरीत छ जसमा कम्पनीले उल्लेख गरेको स्थान “पानी मुनि रेस्टुरेन्ट तथा लाउंज सागर मुनिको संसारको ज्वलन्त दृश्य सहित समुद्र सतह भन्दा २० फिट तल स्थापित हुनेछ।”

“फिलिपिन्सको समुद्र बचाऔ” नेटवर्कले भायाकमको वर्णन विपरित जाने निर्माणकर्ताको प्रयासलाई खारेज [6] गरेको छ:

Their statements attempt to downplay the possible irreversible environmental impacts of the proposed project to the marine environment, violating the constitutional rights of the community to a healthy and balanced ecology. Though they claim to build on private property, the Philippines’ waters cannot be privatized. Their statements also make no recognition of or respect to the rights of the indigenous peoples of Calamianes.

उनीहरुको वक्तव्यले समुदायको एक स्वस्थ र सन्तुलित पर्यावरणमा संवैधानिक अधिकार उल्लंघन गर्दै प्रस्तावित परियोजनाको समुद्री वातावरणमा पर्न सक्ने संभाव्य अपरिवर्तनीय पर्यावरणीय प्रभावहरुलाई कम आँक्ने प्रयास गर्दछ। उनीहरुले निजी सम्पत्तिमा निर्माण गर्ने दावी गरे तापनि फिलिपिन्सको पानी निजीकरण गर्न सकिन्न। उनीहरुको वक्तव्यले कालामिनेसका आदिवासी नागरिकका अधिकारको पनि कुनै पहिचान वा सम्मान गर्दैन।

यस पर्यावरणीय समूहले मौजूदा समुद्री संरक्षित क्षेत्रको सहायताको निम्ति रिसोर्ट निर्माणकर्तालाई आफ्नो पुँजी लगानी गर्न आग्रह गरिरहेको छ।

…we still stand by our position for them not to proceed with their project and to re-channel their budget to support existing marine protected areas and sustainable livelihood programs for communities.

…उनीहरुलाई आफ्ना परियोजना अगाडि नबढाउन साथै मौजूदा समुद्री संरक्षित क्षेत्र तथा समुदायका लागि दिगो आजीविका कार्यक्रममा आफ्ना कोष नयाँ तरिकाले सहायता प्रदान गर्न अझै पनि हामी हाम्रो अडानमा यथावत रहिरहने छौं।

Image from the Facebook page of Nilad [7]

तस्वीर – निलादको फेसबुक पेज

यसैबीच, सरकारका वातावरण सचिव भन्छिन्, उनी पालावानमा कुनै पनि पानी मुनिको थीम पार्क निर्माणको विरोध गर्नेछिन्।

लोपेज भन्छिन् उनले पालावानमा कुनै पनि पानीमुनिको थीम पार्क निर्माण गर्न अनुमति दिनेछैनन्।