विश्वभरिका नागरिक मिडिया सबैलाई उपलब्ध गराउन हामी ग्लोबल भ्वाइसेजमा प्रकाशित लेखहरू माथिका भाषाहरूमा अनुवाद गर्दछौं ।

मसालेदार तथा स्वादिष्ट भुटानी राष्ट्रिय खाना – इमा दात्शीको बढ्दो लागत

Chili harvest in Bhutan. Image from Flickr by Thomas Wanhoff. CC BY-SA

भुटानमा खोर्सानी बाली। तस्बिर फ्लिकर-थोमस वानहोफ। CC BY-SA

भुटानमा खोर्सानीलाई मसलाको रुपमा मात्र नभै एक तरकारीको रुपमा उच्च महत्व दिइन्छ। यहाँको राष्ट्रिय खाना पिरो खोर्सानी र चिज बाट बनेको एक तरकारी इमा दात्शी, हो। यसमा कुनै रहस्य छैन भुटानले किन खोर्सानीलाई आफ्नो भोजनको एक महत्वपूर्ण हिस्सा बनायो: यो ठाउँ चिसो छ, मसलादार खाना शरीर न्यानो बनाउन स्वादिष्ट तरिकाले खानु उत्तम उपाय हो। यध्यपी, हालै एक विवादास्पद आयात प्रतिबन्धको कारण यस मुख्य खानाको मूल्य अकासिएको छ।

एउटा भूपरिवेष्ठित हिमाली मुलुक भुटानमा खोर्सानीलाई उत्तम मानिन्छ – ती यहाँको जीवन शैली हुन्। यस प्रभावशाली अनिवार्यताको वर्णन गर्दै किन्ले छिरिङ्ग अनलाइनमा लेख्छन्:

It is hard to imagine Bhutanese dish without chillies. Bhutanese eat chillies whether raw or cooked, minced or roasted, fresh or dried, but no Bhutanese dish is complete without it. It isn't just another vegetable – or fruit if you want to get real scientific – we eat everyday; it is an integral part of our culture and life.

खोर्सानी बिनाको भुटानी खाना कल्पना गर्नु कठिन छ। भूटानीहरु कि त काचो वा पकाएको, छोटो छोटो काटेको वा भुटेको, ताजा वा सुक्खा खोर्सानी खान्छन्, तर कुनै पनि भुटानी खाना खोर्सानी बिना पूर्ण हुँदैन। यो केवल अन्य तरकारी वा फल मात्र नभइ यदि तपाईं वास्तविक ज्ञानको आधार प्राप्त गर्न चाहनुहुन्छ भने – हामी दैनिक खान्छौँ यो हाम्रो संस्कृति र जीवनको अभिन्न अंश हो।

यही कारण खोर्सानी अत्यावश्यक छ। मुख्य रूपले देशको जलवायुको कारण खोर्सानी भुटानमा जहाँतहीँ उम्रदैन। एउटा भूपरिवेष्ठित देशको रूपमा भुटान आफ्नो छिमेकी भारत बाट नियमित आयातमा निर्भर हुन्छ, जसले भुटानमा खेती गर्न कठिन हुने विशेष गरी सानो र मसालेदार प्रजातिहरू आपूर्ति गर्दछ।

जुलाई २०१६ मा भुटान कृषि तथा खाद्य नियामक प्राधिकरणले भारत बाट खोर्सानीको आयातमा अस्थायी प्रतिबन्ध लागू गर्यो ।  आयातित अधिकांशमा विषादी फेला परेको भन्ने दाबी गर्दै। भुटानले विषादी प्रयोगमा नियमन गर्दछ किन भने सन् २०२० सम्ममा शत प्रतिशत जैविक उत्पादन राष्ट्र बन्ने भुटानको आफ्नो लक्ष्य छ।

फेसबुकमा लेखेर दोर्जी वाङ्चुक ले प्रतिबन्धको स्वागत गरेका छन्:

This is good chance for Bhutanese farmer to produce more chili and do marketing.

भुटानी किसानको निम्ति अझ धेरै खोर्सानी उत्पादन र मार्केटिङ गर्नलाई यो राम्रो मौका हो।

दुर्भाग्यवश विनियमनको एक अप्रिय पक्ष मसिना तथा मसालेदार ताजा हरियो खोर्सानीको देशव्यापी रुपमा मूल्य बढ्दो छ। अधिक मनसुनको कारण घरेलु उत्पादनमा गिरावट आएसँगै बजार भाउ अझ बढेको छ। यस हिउँद सम्ममा खोर्सानीको मूल्य प्रतिबन्ध हुनु अघिको भन्दा दुई गुणा बढी भयो। समय पनि त्यति राम्रो छैन: भुटान आयात गरिएको दुई-तिहाई खोर्सानी लगभग २.३ मेट्रिक टन हिउँदमा बिक्री भयो।

मीभुटान, एउटा फेसबुक समुदायले टिप्पणी गर्यो:

Ema Datsi, the national dish will just be a distant dream, if the price goes even higher.

यदि मूल्य अझै बढ्दै जाने हो भने, राष्ट्रिय खाना इमा दात्शी एक टाढाको सपना हुनेछ।

यसैबीच, फेसबुक प्रयोगकर्ता देसुप निम दोर्जी, ले भारत बाट आयातित तरकारीमा केही समस्याहरू वर्णन गर्दै एउटा भिडियो साझेदारी गरेका उनको लेख:

There has been wide spread of anger and frustration on the price of Chilli. I just wonder why people are not educated enough to look at other side of imported Chilli we have consumed.

खोर्सानीको मूल्यमा व्यापक आक्रोश र निराशा छाएको छ। मलाई आश्चर्य लाग्छ किन मानिसहरु हामीले उपभोग गरेको आयातित खोर्सानीको अर्को पक्ष बारे पर्याप्त जानकार छैनन् ।

स्थिति लाई सामान्य बनाउने प्रयास स्वरुप भुटान सरकारले विषादी रहित खोर्सानी भारतबाट आयात गर्न शुरु गर्यो
इनसाइड भुटान, अ गाईड अन भुटान, ले फेसबुकमा लेख्यो:

Importing CHILI via Chartered Flight is NOTHING but the failure of Ministry of Agriculture (and Forestry)!

The well trained agriculturist and extension officers (in Gewogs) should have collaborated with farmers and cultivated ‘winter chili’ rather than watching Bhutan import emergency chili via air. This was a good chance to encourage winter farming and promote organic farming in Bhutan.

चार्टर्ड उडान मार्फत खोर्सानी आयात केही हैन बरु कृषि मन्त्रालय ( र वन ) को विफलता हो !
भुटानले आपतकालीन रुपमा हवाइ मार्ग बाट खोर्सानी आयात गरेको हेर्नुभन्दा राम्ररी प्रशिक्षित कृषक तथा अधिकारीहरू गेवोगमा (ग्रामीण समूहमा ) किसान र खेती गरिएको हिउँदे खोर्सानी सँग सहकार्य गर्नु पर्दथ्यो। भुटानमा हिउँदे खेती प्रोत्साहन र जैविक खेती प्रवर्द्धन गर्न यो एउटा राम्रो मौका थियो।

यसैबीच, ब्लगर येसे दोर्जी, ले लेखे:

The question is: given this humongous captive market, why isn't the Bhutanese people growing more chilies?

प्रश्न यो हो कि सधैं एकनासको बजार देख्दा देख्दै किन भुटानी नागरिक धेरै भन्दा धेरै खोर्सानी उत्पादन गर्दैनन्?

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.