- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

साँस्कृतिक नारीवादमा इच्छुक हुनुहुन्छ ? आफैं जान्नुहोस्!

श्रेणी : ल्याटिन अमेरीका, पेरु, Ideas, कला र संस्कृति, नागरिक मिडिया, महिला र लिङ्ग, शिक्षा
Imagen: Impreso de 1914 de Charles Dana Gibson. Perteneciente al Dominio Público. [1]

तस्वीर: १९१४ चाल्र्स डाना गिब्सनद्वारा सिर्जित प्रिन्ट। सार्वजनिक डोमेन।

पेरुभियन युवा पत्रकार हुआंहो डिओसिसको ब्लग ओएहुआंहो [2] यसमा शेयर गरिने शैक्षिक टेक्स्ट तथा सामग्रीका लागि चिनिन्छ। यस ब्लगले ७० निःशुल्क तथा डाउनलोड गर्न मिल्ने पिडिएफ फम्र्याटका स्पेनिश रचनाहरू [3]लाई एउटै पोष्टमा आबद्ध गरेको छ। यी रचनाहरूले विभिन्न घटनाहरूको अध्ययन तथा विचार विमर्श गर्दछन्: नारीवाद र सँस्कृतिका दुई लेन्सबाट।

ती टेक्स्टमध्ये सँस्कृति तथा राजनीतिमा निकायको प्रतिबिम्ब, साइबर नारीवाद [4] वा कमिक्समा महिलाहरूको वर्णन [5]को विश्लेषणसम्बन्धी निबन्ध, सैद्धान्तिक रचना तथा विचार विमर्श रहेका छन्। मेक्सिकन कलाकार र यस क्षेत्र तथा विश्वभरिकै महिला संघर्षको प्रतिरूप फ्रिडा काह्लो [6] यी टेक्स्टमध्ये धेरैमा विश्लेषणको केन्द्रमा रहेकी छिन्। यी टेक्स्टमा कुनै पनि निकाय तथा समुदायद्वारा इन्टरनेटमा वा बाहिर गरिने शक्तिको प्रदर्शन तथा प्रतिकारी शक्तिबारे पनि खोतलिएको छ। संक्षेपमा,यो साँस्कृतिक तथा लैंगिक संघर्षका संदर्भमा बौद्धिकवर्गको अभिरुचिभित्रको यात्रा हो।