को हुन डुटर्ट ? इन्टु द डीप पोडकाष्टको नयाँ संस्करण।

उनले पोपलाई वेश्याको छोरो भनेका छन्। उनले अमेरिकी राष्ट्रपति ओबामालाई वेश्याको छोरोको संज्ञा दिएका छन्। उनलाई ट्रम्पसँग तुलना गरिएको छ। उनले बलात्कारका बारे चुट्किला सुनाएका छन् र व्यभिचारी भएको बारे उनी खुल्ला छन्। लागु पदार्थविरुद्धको उनको लडाइमा चार महिनाको अवधिमा हजारौं कथित लागुपदार्थको कारोबार गर्ने तथा दुव्र्यसनीहरू मारिएका छन्।

तर फिलिप्पिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टका बारेमा भन्नुपर्दा यो कथाको आधा जतिमात्र हुनआउँछ।

यस हप्ताको इन्टु द डीपको संस्करणमा ग्लोबल भ्वाइसेजका लेखकद्वय मोङ पालाटिनो तथा कार्लो मोंगायाले डुटर्टको अर्को पाटो केलाउन मद्दत गरेका छन्। ग्लोबल भ्वाइसेजको यस नयाँ पोडकाष्टले कभरेज नपाएका मुद्दाको खोजमूलक प्रस्तुति गर्दछ।

यस संस्करणमा हामीले ब्लू डट सेसन्सको रे गन – फास्टरफास्टरब्राइटर तथा ली रोजभेयरको अण्डर सस्पिसन नामक गीतहरूलगायत क्रियटिभ कमन्स लाइसेन्सअन्तर्गतको फ्रि म्युजिक आर्काइभबाट संगीत साभार गरेका छौ।

यस लेखमा प्रयोग गरिएको फोटो लोकप्रिय मोबाइल गेम फाइटिङ क्राइमबाट लिइएको स्क्रीनशट हो।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.