- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

हङकङको आवासीय बजारको नजरमा हामी सबै खाँदिएका गुन्द्रुक हौं

श्रेणी : पूर्व एशिया, हङकङ (चीन), अर्थशास्त्र र व्यापार, नागरिक मिडिया, विकास, द ब्रीज
sardines

हङकङमा हामी सबै खाँदिएका गुन्द्रुक (कोचिएका सार्डिन माछाझै) हौं। डिस्इलयुजनिष्टद्वारा बनाइएको रेखाचित्र। (CC BY-ND 4.0)

हङकङ भीडभाडयुक्त [1] तथा महंगो आवास [2]का लागि कुख्यात छ। पुस्तौदेखिका आवासीय नीतिले जीवनस्तर उकास्ने बाँचा गरे पनि हालसम्म पुर्याउन सकेका छैनन्। विगतका दशकहरूमा यस शहरका अपार्टमेन्टहरू साना र अझै महंगा हुँदै गएका छन्।

पिंजडा जस्ता घर [3], घनाकार [4] वा बोर्डद्वारा प्रविभाजित कोठाहरू तथा यस्तै किसिमका आवास यस शहरका गरीबहरूका लागि अंतिम आश्रय हुने गर्दथ्यो। तर आजभोलि साना घनाकार अपार्टमेन्टसमेत सुविधाभोगी बजारका लागि प्याकेज गर्न सकिन्छ [4]। मनिसहरू असंगतितर्फ असंवेदनशील भएका छन् र तिर्नै नसकिने मूल्यका कोचिएर बस्नुपर्ने आवासहरूमा बस्न स्वीकारेका छन्।

हामी बस्ने आवास जस्तो सुकै भए पनि हङकङमा हामी सबै खाँदिएका गुन्द्रुक (कोचिएका सार्डिन माछाझै) हौं।