- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

भीडभाडयुक्त समुदायमा थाइहरू ‘विश्वकै पहिलो’ गैरआयताकार फिल्डमा फूटबल खेल्दैछन्

श्रेणी : पूर्व एशिया, थाईल्याण्ड, Ideas, खेल, नागरिक मिडिया, युवा
A non-rectangular football field in Khlong Toei, Bangkok. Source: YouTube [1]

बैंककको ख्लोङ तोइमा रहेको एक गैरआयताकार फूटबल फिल्ड। श्रोत: यूट्यूब

फूटबल फिल्ड गैरआयताकार हुनसक्छ र? यदि पर्याप्त स्थान छैन भने किन नहुनु त?

एक थाइ सम्पत्ति विकासकर्ताले खेलकूदको सुविधा नभएको थाइल्याण्डको राजधानी बैंककको मध्यमा रहेको घना आबादीयुक्त समुदायका लागि यस ‘असामान्य’ फूटबल फिल्ड परियोजनाको अवधारणा ल्याएका छन् [1]

एपि थाइल्याण्ड कम्पनीले बन्दरगाहनजिक श्रमिवर्गको बाहुल्यता रहेको जिल्ला ख्लोङ तोइ [2]मा गैरआयताकार फूटबल फिल्ड बनाएको छ। खबरहरूका अनुसार यो विश्वकै पहिलो गैरआयताकार फूटबल फिल्ड हो।

फूटबल खेलेर ख्लोङ तोइका निवासीहरूबीच सम्बन्ध राम्रो हुने अपेक्षा यस कम्पनीले लिएको छ। फूटबल थाइल्याण्डमा लोकप्रिय रहेको छ। साथै यसले थाइहरूलाई उपयोगमा नरहेका खाली सामुदायिक जग्गाको बारेमा सोच्न तथा तिनलाई यस्तै उपयोगी कार्यका लागि विकास गर्न प्रेरित गर्ने लक्ष्य लिएको छ [3]:

This unusual football field has proven that designing outside boundaries can help foster creativity used to develop these useful spaces.

We hope that other communities will adapt this idea to change their own irregular space into an area for organizing various activities, under the concept that “Any abnormal space can achieve the highest benefit.”

अलि पृथक सोच लिएर डिजाइन गर्दा कामलाग्ने जग्गाहरू विकास गर्न सिर्जनशीलता बढाउन मद्दत पुग्ने यस असामान्य फूटबल फिल्डले प्रमाणित गरेको छ।

हामी के आशा गर्दछौ भने अरु समुदायले यस अवधारणाको अनुशरण गरी आफ्ना अनियमित, बाङ्गाटेढा जग्गालाई परिवर्तन गरी उपयोगी कार्यका लागि विकास गर्नेछन्, “कुनै पनि असामान्य जमीनले उच्चतम फाइदा दिनसक्छ” अवधारणाअन्तर्गत।

An unusual football field in Bangkok. Source: YouTube [1]

बैंककमा रहेको एक असामान्य फूटबल फिल्ड। श्रोत: यूट्यूब

आजभोलि ख्लोङ तोइका बालबालिकाले फूटबल खेल्न धेरै पर गइरहनुपर्दैन। युवाहरूलाई खेलकूदमार्फत अन्तरक्रियाको अवसर जुटाउँदै तथा खेर गइरहेका जग्गाहरूलाई बहुमूल्य सामुदायिक सम्पत्तिमा रूपान्तरण गर्दै यस परियोजनाले बढी जनघनत्व भएका शहरी क्षेत्रमा जीवनस्तर उकास्ने अन्य कदमहरूका लागि एक नमूना प्रस्तुत गर्नसक्नेछ।

सीजे वर्क्स नामक एक डिजिटल एजेन्सीद्वारा निर्मित यस भिडियोमार्फत यस परियोजनाबारे थप जानकारी प्राप्त गर्नुहोस्।