
बोट्सवानामा साधारणतया प्रयोग गरिने तीनखुट्टे भाँडा। यदि कुनै अविवाहिताले यस भाँडाबाट खान्छिन्, कदाचित उनको बिहे हुँदैन। Rach151 को क्रियटिभ कमन्स तस्वीर।
विश्वका अन्य भागका मानिसहरूझै अफ्रिकनहरू विभिन्न तवरले ट्वीटर चलाउँछन्। कहिलेकाही आफैमाथि व्यंग्य कस्न। कहिले विभिन्न देश तथा सँस्कृतिबीचको समानता खोज्न। कहिलेकाही यी दुवै।
उदाहरणका लागि एक केन्याली विद्यार्थी @IGtizले #100AfricanMyths नामक ह्याशट्याग खास गरेर मौखिक रुपले एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण भएका मिथकहरू सेयर गर्न शुरु गरेका छन्।
अफ्रिकामा मिथकहरूले विभिन्न सामाजिक साँस्कृतिक आवश्यकता पूर्ति गर्छन्। उदाहरणका लागि अभिभावकले आफ्ना युवा छोराछोरीलाई तह लगाउन यी मिथकहरू प्रयोग गर्छन्।
यहाँ खास गरेर केही हाँस्यप्रद मिथकको नमूना प्रस्तुत गरिएको छ।
एक युगाण्डाली रेडियो प्रस्तोता फेथ मुलुङ्गीले ट्वीट गरिन्:
When your palms itch,you will receive money#100AfricanMyths
— Faith Liam Mulungi (@Omulungi_Hawt) September 27, 2016
तपाईंका हत्केला चिलाउँदैछन् भने तपाईंले पैसा प्राप्त गर्नुहुनेछ #100AfricanMyths
छडीले पिटिने विद्यालयहरूमा चलिआएको एक सामान्य मिथकका बारे @PatohShanqueels ले प्रकाश पारे:
#100AfricanMyths putting Onions under your armpits made you faint when the teacher beat you 😂😂😂😂😂😂
— Soldier ↪ (@PatohShanqueels) September 27, 2016
#100AfricanMythsकाखीमुनि प्याज राख्योे भने शिक्षले पिट्दा बेहोश भइन्छ
दक्षिण अफ्रिकाका @xolelwandengane ले सुझाएअनुसार राति नङ नकाट्नुहोस्:
U can't cut ur nails at night, coz the witches will come and pick them #100AfricanMyths
— Amanda black 🌹 (@xolelwandengane) September 27, 2016
राति नङ काट्नुहुन्न, किनकि बोक्सीहरू आएर तिनलाई टिपेर लान्छन्।#100AfricanMyths
एक दक्षिण अफ्रिकी रेडियो कार्यक्रम प्रस्तोता फ्ले लेतोआबाले थपिन्:
If you eat out of a pot while cooking, you won't get married #100AfricanMyths
— Flo Letoaba (@florenceletoaba) September 27, 2016
यदि पकाउँदै गरेको भाँडाबाट खानुभयो भने तपाईंको बिहे हुन्न #100AfricanMyths
राति सुस्केरा हाल्नु खतरनाक हुनसक्छ — कदाचित:
#100AfricanMyths If you whistle at night, a snake will visit your room
— The Usual Suspect (@Jude_Mugabi) September 27, 2016
#100AfricanMyths राति सुस्केरा हाल्नुभयो भने तपाईंको कोठामा सर्प आउँनेछ
@NaughtyMilz का अनुसार युगाण्डामा बालबालिकालाई अपाङ्गप्रति नहाँस्न सिकाइन्थ्यो:
If you laugh at a lame person you would give birth to a lame child…. #100Africanmyths
— ռɨʟօtɨċ (@NaughtyMilz) September 27, 2016
यदि तपाईं लङ्गडो मानिसप्रति हाँस्नुभयो भने तपाईंको लङ्गडो सन्तान जन्मनेछ…. #100Africanmyths
@iGitz_ भन्छन् लाटोकोसेरो मृत्युको संदेशवाहक हो:
If an owl screechs near your house, someone is gonna die. #100AfricanMyths
— African President👑 (@iGitz_) September 27, 2016
यदि तपाईंको घरनजिक लाटोकोसेरो कराउँछ भने कोही न कोही मर्नेछ। #100AfricanMyths
केन्याका भिन्नीले चेताए, आफ्नो घरबाट भाग्यलाई नबढार्नुहोस्:
Never sweep dirt from your house at night, that is like throwing away luck from your home #100AfricanMyths
— Vinnie (@vinny_wa) September 27, 2016
आफ्नो घरको कसिङ्गर राति नबढार्नुहोस्, यो भनेको आफ्नो घरबाट भाग्यलाई भगाउनु जस्तै हो #100AfricanMyths
बालबालिकालाई कक्षामा ध्यान केन्द्रित गर्न लगाउनका लागि पनि मिथक प्रयोग गरिन्थ्यो:
#100AfricanMyths
Sitting in the front row at school will guarantee you a pass— Tumi Sole (@tumisole) September 27, 2016
#100AfricanMyths विद्यालयमा पहिलो पंक्तिमा बस्यो भने निश्चित रुपमा पास भइन्छ
यी मिथकहरू अफ्रिकाका भिन्न ठाउँबाट भए पनि संयुक्त राज्य अमेरिकाको मिशिगन राज्यमा बस्ने अफ्रिकी अमेरिकी डिकेन्स जुनियर भन्छन्, उनले यी सबै सुनिसकेका थिए:
Relating to most of the #100AfricanMyths tweets is just 😂. I swear I have heard almost each one Of them.
— Dickens jr (@iickens) September 27, 2016
#100AfricanMyths का सबै जसो ट्वीटहरू सम्झदा यस्तो 😂 लाग्छ। म दृढतापूर्वक के भन्न चाहन्छु भने मैले हरेक जसो सुनिसकेको छु।