- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

ल्याटिन अमेरिकी आदिवासीहरूद्वारा सिर्जित इमोजीहरू

श्रेणी : अर्जेन्टिना, चिली, मेक्सिको, आदिवासी, नागरिक मिडिया, प्रविधि, भाषा, Rising Voices
Emojis depicting Mapuche culture. Republished with permission. [1]

मापुचे सँस्कृति दर्शाउने इमोजीहरू। अनुमति लिएर पुन: प्रकाशित गरिएको।

ल्याटिन अमेरिकाभरि आदिवासी भाषाका डिजिटल एक्टिभिष्टहरू साँस्कृतिकरुपमा विविध इमोजीहरू बनाउन अग्रसर भएका छन्। यी इमोजीहरू इलेक्ट्रोनिक संचारमा प्रयोगका लागि उपलब्ध छन् र आदिवासी सँस्कृति तथा भाषा प्रवर्धनका माध्यम भएका छन्।

बिगतका केही वर्षमा एप्पल, ट्वीटर जस्ता टेक कम्पनीले इमोजीमा विविधता [2]को मांगको प्रत्युत्तरमा प्रयोगकर्ताहरूलाई त्वचाको विभिन्न रंग रोज्ने विकल्प प्रदान गरेका छन्। यी नयाँ इमोजीका केही गलत प्रयोग [3]का बावजूद यिनीहरूको संलग्नताको स्वागत गरिएको छ। साथै अन्य सँस्कृति तथा क्षेत्रलाई समेट्न आह्वान गरिएको छ, जस्तै कि हिजाबको विकल्प संलग्न गर्नका लागि यो याचिका [4]

आदिवासी समूहहरू आफ्ना सँस्कृति इमोजीमा झल्किएको हेर्न चाहन्छन्। कम्पनीहरूले अन्ततोगत्वा यी इमोजी संलग्न गर्नु अगावै केही इन्टरनेट प्रयोगकर्ताहरूले आफै इमोजीका सेट सिर्जना गर्न थालेका छन्।

मेक्सिकोको सान लुइस पोतोसी [5] राज्यका डिजिटल एक्टिभिष्ट लुइस पाधुम फ्लोरेस आफ्नो जातीय भाषा हुआष्टेक [6]को (टेनेक पनि भनिने) प्रवर्धन गर्दछन्। उनको हालका परियोजनामध्ये विशिष्ट शीरपहिरन तथा टोपी लगाएका टाउकाहरू दर्शाउने इमोजीका सेट सिर्जना गर्नु रहेको छ। यसलाई उनले आफ्नो फेसबूक अकाउन्ट [7]मा सेयर गरेका छन्।

Emojis depicting Huastec culture. Republished with permission. [7]

हुआष्टेक सँस्कृति दर्शाउने इमोजीहरू। अनुमति लिएर पुन: प्रकाशित गरिएको।

साथै मापुचे स्कूलटिचर भिक्टर कालिराफ [8]ले चिलियन कलाकार फिएस्तोफोरो [9]सँगको सहकार्यमा किमेल्टुवे [10]को लोकार्पण गरेका छन्। यसले चिली तथा अर्जेन्टिनामा बस्ने मापुचे आदिवासी [11]द्वारा बोलिने मापुदुङ्गुन भाषा [12]को प्रवर्धन गर्दछ। यस परियोजनाअन्तर्गत उनीहरूले स्थानीय भाषा फैलाउन जोड दिने साथै मापुचे सँस्कृति दर्शाउने चित्रहरू बनाएका छन्। उनीहरूका केही चित्रहरूमा परम्परागत पहिरनमा सज्जित व्यक्तिहरू साथै अनुहारहरूका इमोजी संलग्न छन्। उनीहरूले आफ्ना १,१२,००० फ्यानहरूलाई आफ्ना कुराकानीमा यी इमोजीको प्रयोग गर्न प्रोत्साहित गर्छन्।

Emojis depicting Mapuche culture. Republished with permission. [13]

मापुचे सँस्कृति दर्शाउने इमोजीहरू। अनुमति लिएर पुन: प्रकाशित गरिएको।

यी दुवै परियोजनाअन्तर्गत यी सर्जकहरू विभिन्न प्लेटफर्ममा यी इमोजीलाई पूर्णतया समाहित गर्ने तरिका अझै खोज्दैछन्। हालका लागि उनीहरूले यी इमोजीलाई तस्वीर तथा स्टीकरका रूपमा डाउनलोड गर्न मिल्ने, सम्पादन गर्न मिल्ने तथा जेपेग र अन्य तस्वीर फम्र्याटमा कमेन्ट गर्दा वा मेसेजिङ्ग गर्दा सेयर गर्न मिल्ने बनाएका छन्।