जापानी सोसल मिडियामा बाँसबाट बनाइएका कलात्मक किराहरूको जगमगी

Photo: Pixabay. Edited by Kevin Rothrock.

फोटो: पिक्साबे। केभिन रोथरकद्वारा सम्पादित।

एक जापानी कलाकारले परम्परागत हस्तकला विधिको प्रयोग गरी बनाएका बाँसका किराहरूले अनलाइन जगतमा समर्पित फलोअरहरू पाएका छन्।

नोरियुकी साइतोले चिकुसेइ (बाँसका सामग्री बनाउने हस्तकला) विधि प्रयोग गरी बाँसका किराहरू बनाउँछन् र ती किराका फोटो सोसल मिडिया तथा आफ्नो वेबसाइटमा अपलोड गर्छन्। उनी सूक्ष्मरुपको खयाल गरी बनाइएका बाँसका किराहरूका तस्वीर ट्वीट पनि गर्छन्। यी तस्वीरहरू सयौं पटक सेयर तथा पुन:पोष्ट गरिएका छन्।

साइतोद्वारा सिर्जित बाँसका किराहरूको संकलन हेर्नका लागि उनले आफ्ना फलोअरहरूका लागि हालै बनाएका ट्वीटर नयाँ वर्ष कार्ड हेर्नुहोस्। यसमा बाँसबाट बनाइएको कागजको बारुला, म्यान्टिस, गोब्रेकिरा, गाइनेकिरा तथा झ्याउँकिरी संलग्न छन्:

विगतको वर्षमा तपार्इंका फलो, आरटि, तथा लाइकका लागि धन्यवाद। तपाईंहरूले मलाई मैले गरिरहेको कार्य गर्न हौस्याउँनु हुन्छ।

साइतोका सिर्जनाबारे विस्तृत फोटो निबन्धहरू उनको फेसबूक पेजमा प्राप्त गर्न सकिन्छ।

साइतोले उनका सिर्जना ती किराका प्रारुप नभई कलाका लागि हुन् भनेर प्रष्ट्याएका छन्:

私が創る昆虫は決してリアルではありません。

標本、レプリカを作っているわけではないので厳密に寸法を測り、プロポーションを正確に創るよりも、見た目の印象・特徴、感覚を優先させます。

मेरा सिर्जनाहरू वास्तविकता दर्शाउनका लागि होइनन्। म नमूना तथा प्रतिरुप प्रयोग गर्दिनँ। म अनुपात मिलाएर ठ्याक्कै प्रारुप बनाउँनमा नभई बाँसबाट बनाइएका किराहरूको विस्तृत रुप, तिनीहरूले पार्ने प्रभाव तथा तिनीहरूको भावनामा केन्द्रित छु।

बाँसबाट बनाइएका यी किराहरू दुरुस्त नभए पनि तिनीहरूको विस्तृत रुप उतार्न खर्चिएको ध्यान र सीपले यी सिर्जनाहरूको स्तर उकासेको छ:

( ・ㅂ・)و ̑̑
कागजी बारुलाहरू [Polistes jokahamae] तयार भएका छन्!! यिनीहरूलाई मैले आफ्नो वेबसाइट https://t.co/KoPEwTWGJuमा अपलोड गरेको छु।

(゜o゜)
मैले तयार भएका अर्किड म्यान्टिसका [Hymenopus coronatus] तस्वीरहरू आफ्नो वेबसाइट https://t.co/KoPEwTWGJuमा अपलोड गरेको छु।

(゚⊿゚)

ठूलो गाइनेकिराको [Sinictinogomphus clavatus] फोटो https://t.co/KoPEwTWGJu

गोब्रेकिरा [Cyclommatus elaphus]

साइतोको ट्वीटर अकाउन्ट तथा उनको वेबसाइटमा उनले बाँसका किरा बनाउँने प्रक्रिया चरणबद्ध रुपमा वर्णन गरिएको छ।

(・o・)
गाइनेकिराका पखेंटा तयार भएका छन्।

युट्यूबमा समेत उनले गाइनेकिराका पखेंटा बनाएको देखाउने भिडियो सेयर गरेका छन्:

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.