- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

रियो ओलम्पिकमा अनुचित व्यवहारबारे दस्तावेज तयार पार्न नयाँ डिजिटल उपकरणको प्रयोग

श्रेणी : ल्याटिन अमेरीका, ब्राजिल, आदिवासी, नागरिक मिडिया, प्रविधि, ओलम्पिक
1

विट्नेसको वेबसाइटको स्क्रीनशट।

रियो ओलम्पिकले हालै विश्वको उत्कृष्ट खेलाडीहरूलाई स्वागत तथा कठोर शारीरिक उपलब्धिको साहसिक कार्यका लागि एक मंच प्रदान गर्‍यो, तर प्रतियोगिता आयोजक शहर बिल्कुलै असमानताको एउटा घटनास्थलको रुपमा रह्यो। विला अटोड्रोमो ओलम्पिक पार्कसम्म पुग्ने बाटोको लागि [1] समुदायलाई बलजफ्ती निष्कासनदेखि लिएर काम गर्ने दयनीय अवस्था [2], असंख्य अधिकार उल्लंघनसमेत भयो।

मिडियाले पदक वितरण तथा यस प्रतिस्पर्धाको धूमधाम देखाइरहदा यी अनुचित व्यवहारलाई लुकाउन सजिलो भएको हुनसक्ने भए पनि अभियानकर्ताहरूले रियो २०१६ को लागतका प्रमाण जुटाउन तथा सेयर गर्न नयाँ प्रविधिको मद्दत लिए।

क्राउड भोईस डट बिवाइ [3] एक नयाँ उपकरण हो जसले अभियानकर्ताहरु र सामाजिक संस्थाहरुलाई मिडियासँग सम्बन्धित उनीहरुका मुद्दामा सहकार्य गर्न मद्दत गर्दछ। यसले प्रमाण सङ्कलन तथा यसको प्रचार प्रसार, विभिन्न मञ्चहरूमा वितरणको लागि विविध स्रोतबाट सामग्री छनौट कार्यलाई सुव्यवस्थित पार्दछ। यसले प्रयोगकर्तालाई छिटो र छरितो कामका लागि आफ्नो नेटवर्कको अधिकार उपयोग गर्न प्रोत्साहित गर्दछ।

नागरिकलाई अधिकार उल्लंघनको दस्तावेज सम्बन्धी तालिम प्रदान गर्ने एक अन्तर्राष्ट्रिय संगठन विट्नेस ( WITNESS ) ले रियो दि जेनेरियोको बासिन्दाहरुले सामना गरेका अवस्थाको सन्दर्भमा सामाजिक सञ्जालमा सेयर गरिएका प्रत्यक्ष स्रोतहरू र जानकारी व्यवस्थित गर्न आफ्नो लेख “रियो २०१६ ह्युमेन राइट्स लाइभ” [4] को लागि क्राउड भोईस डट बिवाइ प्रयोग गर्‍यो। क्राउड भोईस डट बिवाइले एम्बेड उपयोग गर्ने हुनाले यसलाई सजिलै अन्य उपकरणको संयोजनमा संगठनको वेबपेज संरचना भित्र प्रयोग गर्न सकिन्छ। विट्नेसको लेखमा क्राउड भोईस डट बिवाइ मिडिया फिड न्युज मिडिया इनोभेसन नाइट ल्याबको टाईम लाइन [5] टूलसँगसँगै प्रयोग गरिन्छ।

अर्को अभियान रियो २०३६ [6]ले यस अभियानको सन्दर्भमा पृष्ठभूमिबारे जानकारी प्रदर्शन गर्न क्राउड भोईस डट बिवाइ प्रयोग गर्‍यो। यो अभियान प्रस्तावित विधानको विरोधमा गठन भयो जसले शहरहरुमा सामाजिक सेवामा हुने सरकारी खर्च रोक्न सक्दथ्यो। डिजिटल तथा अन द ग्राउन्ड सक्रियताको एक चौबाटोको दृष्टांत सहित ओलम्पिक उचाइमा पुगेको बेला यी मुद्दाको सडक स्तरमा जागरूकता बढाउन मिडिया एम्बेडसँगसँगै छाप्न मिल्ने स्टिकर देखा पर्‍यो। क्राउड भोईस डट बिवाइले आगन्तुकहरूलाई एकै ठाउँमा विविध स्रोतबाट रियल टाईम जानकारी खोज्न पृष्ठ प्रदान गर्दछ साथै मिडियालाई प्रत्यक्ष योगदान पनि गर्दछ।

2

रियो २०३६ को वेबसाइटको स्क्रीनशट।

क्राउड भोईस डट बिवाइ बिटा इटेरेसन संस्करणको मात्र भए पनि यसलाई पहिले नै प्रविधि जानकार रियो दि जेनेरियोको अभियन्ताहरुले ग्रहण गरिसकेका छन्, उनीहरुले उठाएका मुद्दाहरु निस्तेज वा बेवास्ता नभएको सुनिश्चित गर्न। क्राउड भोईस डट बिवाइ र यस्ता साधनका उपयोग ब्राजिल र ओलम्पिकमा मात्र नभई असंख्य उपयोग अनेकौं समुदायको लागि हो। विशेष रुपले मानव अधिकार रक्षकका आवश्यकताको लागि अनुकूल यी प्रविधिहरुले सबैतिरका नागरिकलाई आफ्ना कथा बताउन समर्थ बनाउनुका साथै उनीहरुले दण्ड र परिवर्तनका लागि माग गर्न जम्मा पारेका प्रमाण प्रयोग गर्न सजिलो पार्ने क्षमता राख्दछ।

क्राउड भोईस डट बिवाइ मजलद्वारा होस्ट गरिएको मध्यपूर्व र उत्तर अफ्रिकाभर समाचारमा नआएका वा कम आएका विवरण तथा सिमान्तकृतका आवाजलाई मुखरित गर्ने अनलाइन प्लाटफर्महरूको एउटा नेटवर्क हो। यस पोस्टका लेखक आबिर घतास मिडइष्ट ट्युन्स मजलद्वारा नै होस्ट गरिएको म्युजिक प्लाटफर्म व्यवस्थापन गर्छन्।