- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

ओलम्पिकमा पदकविहीन हुनुका बावजुद गर्विला नेपालीहरु

श्रेणी : दक्षिण एशिया, नेपाल, अन्तर्राष्ट्रिय सम्बन्ध, खेल, नागरिक मिडिया, युवा
The Olympic Village #Río2016. Image from Flickr by Mexican Olympic Committee. CC BY NC-ND-2.0 [1]

ओलम्पिक ग्राम #रियो २०१६। फ्लीकरबाट लिइएको मेक्सिकन ओलम्पिक समितिको फोटो। CC BY NC-ND-2.0

नेपाली खेलाडीहरुले रियो ओलम्पिकमा (अहिलेसम्म) कुनै पदक जितेका छैनन् तैपनि नेपालीहरु खुशी छन् — आफ्नो राष्ट्रिय गान र एकजना कलिलो उमेरकी स्वीमरको प्रदर्शनका लागि मिडियाले प्रशंसा गरिदिएकोमा।

रियो ओलम्पिकमा सहभागीहरुमध्ये सबैभन्दा कम उमेरकी गौरिका सिंह [2], नेपालकी हुन्। उनी १०० मिटर ब्याकस्ट्रोकको प्रारम्भिक चरणको हिटमा प्रतिस्पर्धा गर्दा १३ वर्ष २ सय ५५ दिन [3] पुगेकी थिइन्।

फाईनल चरणमा पुग्न र आफैले बनाएको [4] राष्ट्रिय रेकर्ड तोड्न सफल नभएतापनि उनले प्रतिस्पर्धा गरेको हिटमा अन्य दुई स्वीमरहरुलाई जितिन्।

एउटा राम्रो रेकर्ड: नेपालकी #Gaurika Singh ओलम्पिक पूलको हिटमा सबैभन्दा कम उमेरमा जित्ने पहिलो व्यक्ति भइन्।

उनले आफ्नो राष्ट्रिय रेकर्ड सुधार्न नसकेतापनि मलाई गर्व छ #Gaurika Singh सबैभन्दा कम उमेरको खेलाडीको रुपमा #Rio 2016:-) मा नेपालको गौरवका निम्ति पौडीन्।

गौरिका सिंहले केवल हिट चरण जितेको भएतापनि उनले पहिले नै ओलम्पिक पदक जितिसके जस्तो अनुभव भइरहेको छ!

Gaurika Singh at Women's 100m backstroke Heat. Image by Al Bello, Getty Images. Used with permission from the Brazilian Olympic Committee. [11]

गौरिका सिंह १०० मिटर ब्याकस्ट्रोक हिटमा। तस्वीर: आल बेल्लो, गेटी इमेज। ब्राजील ओलम्पिक समितिको अनुमतिमा प्रयोग गरिएको।

यस ओलम्पिकमा नेपालको राष्ट्रिय गानलाई बीबीसी [12]को सबभन्दा गज्जबका राष्ट्रिय गानहरु [13]को सूचीमा समावेश गर्ने निर्णयले नेपालीहरुमाझ अझ खुशी थपियो।

रसिया सूचीको पहिलो स्थानमा रह्यो, त्यसपछि म्यानमार र नेपाल रहे।

बीबीसीले नेपालको राष्ट्रिय गानलाई रियो ओलम्पिक २०१६ मा विश्वको प्रमुख १० सबभन्दा गज्जबका राष्ट्रिय गानमा सूचीकृत गर्‍यो।

“[नेपालको राष्ट्रिय गान] समृद्ध छ [तर] सुन्दा केहि विचलित तुल्याउने छ कि यो माओवादी क्रान्तिको उपज थियो।”

कवि प्रदीप कुमार राई (उनलाई व्याकुल माईला भनेर पनि चिनिन्छ) द्वारा रचित तथा स्वर्गिय अम्बर गुरुङद्वारा संगीत भरिएको यस गीतलाई सन् २००७ को अगस्त ३ मा आधिकारिक तवरमा नेपालको राष्ट्रिय गान [17] घोषणा गरियो।

यदि तपाईंले यो गान अहिलेसम्म पनि सुन्नु भएको छैन भने नेपालको एकता र सार्वभौमिकताको गाथा गाउँने यो सुन्दर गीत सुन्नुहोस्।

सुश्मा जोशीद्वारा राष्ट्रिय गानको अंग्रेजी अनुवाद [18] यहाँ प्रस्तुत गरिएको छ:

Hundreds of flower bouquets, we are one garland of Nepalis
Sovereign, spread from Mechi to Mahakali.
Nature’s treasures spread out, uncountable
The blood of heroes have made us independent, immovable.
The land of knowledge, land of peace— Tarai, Pahad, Himal
Indivisible, beloved, our motherland Nepal.
The grandeur of many ethnicity, language, faith, culture
Our progressive nation, long live, long live Nepal.

सयौं थुँगा फूलका हामी एउटै माला नेपाली
सार्वभौम भई फैलिएका मेची महाकाली
प्रकृतिका कोटीकोटी सम्पदाको आँचल
वीरहरुका रगतले स्वतन्त्र र अटल
ज्ञानभूमि शान्तिभूमि तराइ पहाड हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल
वहुल जाति भाषा धर्म संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल