नेपाली खेलाडीहरुले रियो ओलम्पिकमा (अहिलेसम्म) कुनै पदक जितेका छैनन् तैपनि नेपालीहरु खुशी छन् — आफ्नो राष्ट्रिय गान र एकजना कलिलो उमेरकी स्वीमरको प्रदर्शनका लागि मिडियाले प्रशंसा गरिदिएकोमा।
रियो ओलम्पिकमा सहभागीहरुमध्ये सबैभन्दा कम उमेरकी गौरिका सिंह, नेपालकी हुन्। उनी १०० मिटर ब्याकस्ट्रोकको प्रारम्भिक चरणको हिटमा प्रतिस्पर्धा गर्दा १३ वर्ष २ सय ५५ दिन पुगेकी थिइन्।
फाईनल चरणमा पुग्न र आफैले बनाएको राष्ट्रिय रेकर्ड तोड्न सफल नभएतापनि उनले प्रतिस्पर्धा गरेको हिटमा अन्य दुई स्वीमरहरुलाई जितिन्।
That's a good record: Nepal's #GaurikaSingh ‘became the youngest person ever to win a heat in the Olympic pool’ https://t.co/JtfIIX3X17
— Ujjwal Acharya (@UjjwalAcharya) August 8, 2016
एउटा राम्रो रेकर्ड: नेपालकी #Gaurika Singh ओलम्पिक पूलको हिटमा सबैभन्दा कम उमेरमा जित्ने पहिलो व्यक्ति भइन्।
Altough, she couldn't improve her nat'l record, I am proud that #GaurikaSingh swam to glory for Nepal as youngest athlete in #Rio2016 🙂
— Ujjwal Acharya (@UjjwalAcharya) August 7, 2016
उनले आफ्नो राष्ट्रिय रेकर्ड सुधार्न नसकेतापनि मलाई गर्व छ #Gaurika Singh सबैभन्दा कम उमेरको खेलाडीको रुपमा #Rio 2016:-) मा नेपालको गौरवका निम्ति पौडीन्।
Gaurika singh may have only won the heats; but it feels like she's already won a medal at the Olympics!
— Prasanna KC (@KC_Prasanna) August 7, 2016
गौरिका सिंहले केवल हिट चरण जितेको भएतापनि उनले पहिले नै ओलम्पिक पदक जितिसके जस्तो अनुभव भइरहेको छ!

गौरिका सिंह १०० मिटर ब्याकस्ट्रोक हिटमा। तस्वीर: आल बेल्लो, गेटी इमेज। ब्राजील ओलम्पिक समितिको अनुमतिमा प्रयोग गरिएको।
यस ओलम्पिकमा नेपालको राष्ट्रिय गानलाई बीबीसीको सबभन्दा गज्जबका राष्ट्रिय गानहरुको सूचीमा समावेश गर्ने निर्णयले नेपालीहरुमाझ अझ खुशी थपियो।
रसिया सूचीको पहिलो स्थानमा रह्यो, त्यसपछि म्यानमार र नेपाल रहे।
BBC listed nepal's national anthem in the top 10 most amazing national anthem of world in rio olympic 2016
— Siddhantha Kc (@KcSiddhantha) August 10, 2016
बीबीसीले नेपालको राष्ट्रिय गानलाई रियो ओलम्पिक २०१६ मा विश्वको प्रमुख १० सबभन्दा गज्जबका राष्ट्रिय गानमा सूचीकृत गर्यो।
“[Nepal's national anthem] is so happy it’s somewhat unsettling to learn it was the product of a Maoist revolution.” https://t.co/cwDPXVtawj
— Anup Kaphle (@AnupKaphle) August 10, 2016
“[नेपालको राष्ट्रिय गान] समृद्ध छ [तर] सुन्दा केहि विचलित तुल्याउने छ कि यो माओवादी क्रान्तिको उपज थियो।”
कवि प्रदीप कुमार राई (उनलाई व्याकुल माईला भनेर पनि चिनिन्छ) द्वारा रचित तथा स्वर्गिय अम्बर गुरुङद्वारा संगीत भरिएको यस गीतलाई सन् २००७ को अगस्त ३ मा आधिकारिक तवरमा नेपालको राष्ट्रिय गान घोषणा गरियो।
यदि तपाईंले यो गान अहिलेसम्म पनि सुन्नु भएको छैन भने नेपालको एकता र सार्वभौमिकताको गाथा गाउँने यो सुन्दर गीत सुन्नुहोस्।
सुश्मा जोशीद्वारा राष्ट्रिय गानको अंग्रेजी अनुवाद यहाँ प्रस्तुत गरिएको छ:
Hundreds of flower bouquets, we are one garland of Nepalis
Sovereign, spread from Mechi to Mahakali.
Nature’s treasures spread out, uncountable
The blood of heroes have made us independent, immovable.
The land of knowledge, land of peace— Tarai, Pahad, Himal
Indivisible, beloved, our motherland Nepal.
The grandeur of many ethnicity, language, faith, culture
Our progressive nation, long live, long live Nepal.
सयौं थुँगा फूलका हामी एउटै माला नेपाली
सार्वभौम भई फैलिएका मेची महाकाली
प्रकृतिका कोटीकोटी सम्पदाको आँचल
वीरहरुका रगतले स्वतन्त्र र अटल
ज्ञानभूमि शान्तिभूमि तराइ पहाड हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल
वहुल जाति भाषा धर्म संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल