मिनास जेराइसको स्टेट क्यापिटल बेलो होरिजोन्तेस्थित ब्राजिलको पाम्पुल्या मोडर्न इन्सेम्बललाई युनाईटेड नेशन्स एजुकेशनल, साइन्टिफिक एन्ड कल्चरल अर्गनाइजेसन (यूनेस्को) ले जुलाई १७ मा विश्व सम्पदाको हैसियत प्रदान गर्यो । इन्सेम्बलमा चार वटा भवनहरु समावेश छन् : द क्यासिनो (अहिले यसलाई द पाम्पुल्या म्युजियम अफ आर्ट भनेर चिनिन्छ), द बलरूम, द साओ फ्रान्सिस्को दे अस्सिस चर्च, र द टेनिस याच्ट क्लब, यी सबैको परिकल्पना ब्राजिलका दिवंगत- महान आधुनिकतावादी आर्किटेक्ट ओस्कार नेमायेरले सन् १९४० को दशकको शुरुमा गरेका हुन्।
ब्राजिलका उपयुक्त धरोहर स्थलहरुको सूचीमध्येको एक पाम्पुल्याले सन् १९९६ देखि नै यूनेस्कोमा आफ्नो उम्मेदवारी दावी गरेको थियो। तथापि सन् २०१२ मा मात्र बेलो होरिजोन्ते सरकारले आफ्नो प्रयत्नलाई दुई गुणा बढायो, जसले चार वर्षपछि परिणामको फल प्राप्त गर्यो – राम्रो आशयको निम्ति। यो अहिले ब्राजिलको २० औं विश्व सम्पदा स्थल हो। पाम्पुल्यालाई विश्व सम्पदा स्थलमा सूचिकृत गर्ने आफ्नो निर्णय पछाडिका तथ्यहरुबारे युनेस्कोको वेबपेज ले इंगित गर्छ:
The Ensemble comprises bold forms that exploit the plastic potential of concrete, while fusing architecture, landscape design, sculpture and painting into a harmonious whole. It reflects the influence of local traditions, the Brazilian climate and natural surroundings on the principles of modern architecture.
इन्सेम्बलमा ज्वलंत नमुना समावेश छन् जहाँ कडा प्लास्टिकका क्षमताको उपयोग गरेर वास्तुकला, ल्यान्डस्केप डिजाइन, मूर्तिकला र चित्रकलाको एक सामंजस्यपूर्ण समग्र संयोजन गरिएको छ। आधुनिक वास्तुकलाको सिद्धान्तमा ब्राजिलियन जलवायु र प्राकृतिक परिवेशमा यसले स्थानीय परम्पराको प्रभाव प्रतिबिम्बित गर्दछ।
पाम्पुल्या इन्सेम्बल नीलो टाइल प्यानलले घेरिएको माथि तस्वीरमा देखिए जस्तै विशिष्ट आकारको चर्च हो जसलाई ब्राजिलका सुपरिचित चित्रकार कन्दिदो पोर्तिनारीले चित्रित गरेका हुन्। इन्जिनियर तथा कवि जोआकिम कर्दोसोको सहायतामा सन् १९४३ मा निर्मित साओ फ्रान्सिस्को दे अस्सिस चर्चले आफ्नो भव्य बाहिरी रुपका साथै गोलाकार छतका लागि वास्तुशास्त्रीय मापदण्डलाई त्याग्यो।
यसका आकर्षक वक्र रुप त्यस समयको सामाजिक स्क्याण्डलको कारक भएको थियो। भनिन्छ नेमायेरले, जो आजीवन मार्क्सवादी थिए, साम्यवादको प्रतीक प्रतिनिधित्व गर्न चर्च परिकल्पना गरेका थिए (हुन त उनले आफै यसको पुष्टि कहिल्यै गरेनन्)।
यस भवनको प्रारुप चर्चित भए पनि सन् १९५९ सम्म चर्चको घण्टी बजेन। कुबिचेक र पाम्पुल्या चर्चको एक लेख मा लेखक मार्सेलो सेद्रोका अनुसार क्रस नहुनाको कारण बेलो होरिजोन्तेका आर्कबिशप डोम काब्रलले भन्नुपर्यो “क्रस नभएकोले वक्राकार आकृतिले अन्धकारको खोजीमा माटो खोस्रेजस्तो देखिन्छन्।”
सेद्रोले चर्चको दिर्घकालिन अपवित्रता यसको “पाप” को प्रतिफल हुनसक्ने भने – यसको रत्यात्मक डिजाइन मात्र नभएर क्यासिनो समावेश इन्सेम्बलको भड्किलो स्वरुप पनि पापसरह ठानिएको हो।
क्याथोलिक चर्चद्वारा इन्सेम्बललाई परम्परा विरोधी ठानिएको भएपनि नगर सरकारले यसलाई एक स्मारक मान्यो र ऐतिहासिक एवं कलात्मक सम्पदाको दर्जा प्रदान गर्यो ।
शुरुमा पाम्पुल्या इन्सेम्बलको केन्द्रीय प्रमुख भागको रुपमा क्यासिनो रहने योजना बनेको थियो (शायद जुससेलिनो कुबिच्चेक‘को जुवाको लतको कारणले)। नेमायेरद्वारा एकै रातमा रुपरेखा तयार गरिएको तथा सन् १९४२ मा निर्मित यो इन्सेम्बल चाँडै नै बेलो होरिजोन्तेका उच्च वर्गका निमित्त गंतव्य स्थल बन्न पुग्यो साथै टाढाका यात्रीहरुलाई समेत आकर्षित गरायो।
जुवाबाहेक मानिसहरु प्रत्यक्ष संगीत र नृत्यको आनन्द लिन साथै सर्कस जस्तै कलात्मक प्रदर्शनको अनुभव गर्न त्यस स्थानको भ्रमण गर्थे। तर सन् १९४६ मा राष्ट्रपतिको निर्णयअनुसार जुवा खेल्न प्रतिबन्ध गरिएपछि क्यासिनो छोटो समयको निम्ति एक अवधारणाको रुपमा मात्र रह्यो। यस भवनलाई पाम्पुल्या कला संग्रहालयको रुपमा पुन: प्रयोग गर्न सन् १९५७ पहिले थप एघार वर्ष लागेको थियो। आज यहाँ समकालीन कलाकृतिको १६०० रचना संग्रहित छन् ।
“कासा दो बाले” (बलरूम) शुरुमा रेस्टुरेन्ट र बलरूमसहित समारोह स्थलको रुपमा सन् १९४३ मा एक कृत्रिम द्वीपमा निर्माण गरिएको थियो। नजिकैको क्यासिनो अवरोधले प्रभावित इन्सेबललाई उत्साह मिल्यो र ब्लरूम १९४८ मा बन्द भयो। यो इन्सेम्बल सन् २००२ मा वास्तुकला, शहरीकरण र डिजाइनको निम्ति संदर्भ केन्द्र नबनुन्जेल यसलाई विभिन्न प्रयोजनका लागि प्रयोग गरिएको थियो।
पानीमा प्रवेश गर्न तयार डुङ्गा लाई आधार मानेर प्रारुप तयार गरिएको टेनिस याच्ट क्लब (पहिले गल्फ याच्ट क्लब भनिन्थ्यो) सन् १९४२ मा निर्माण भएको थियो साथै स्पष्ट रूपमा अन्य भवनहरुभन्दा सुन्दर विशेषताको अभाव यसमा देखिन्छ। थीम पार्टी गर्ने स्थलका अलावा यसको निर्माणको उद्देश्य परिवारलाई आनन्द र मनोरञ्जनको लागि एक स्थानको रुपमा सेवा दिनु थियो।
पाम्पुल्या, ब्रासिलियाको प्रारम्भ स्थल
ओस्कार नेमायेर १०४ वर्षको उमेरमा सन् २०१२ मा दिवंगत भए। उनी मध्य १९५० को दशकमा ब्राजिलको राजधानी ब्रासिलियाको सहडिजाइनकर्ताका रुपमा सुपरिचित थिए। यूनेस्को सम्पदा सूचीमा राखिएको चर्चाको कारण पाम्पुल्या इन्सेम्बल विश्वभरि ज्ञात हुन सकेको भएपनि नेमायेरका अनुसार कमै मात्रलाई थाहा भएको तथ्य के हो भने “पाम्पुल्या ब्रासिलियाको प्रारम्भ स्थल थियो।” यस वाक्यको अर्थ राम्ररी बुझ्न कमसेकम १९४० को दशकमा फर्कनु पर्दछ, हैन भने १८०० दशकको अन्त्यतिर।
सन् १८९७ मा ब्राजिल गणतन्त्र मुलुकको रुपमा नौ वर्ष मात्र भएको थियो साथै पहिलेको राजधानी मिनास जेराइस स्टेट, अउरो प्रितोले केवल अत्यधिक खानी र राजतन्त्रसँग मात्र सम्बन्धित नभएर गतिशील विकासको निमित्त यसले झिनो आशा कायम राखेको थियो। यसका लागि ब्राजिलको पहिलो योजनाबद्ध शहर, बेलो होरिजोन्ते (त्यसबेला सिदाज दे मिनास भनेर चिनिन्थ्यो) को स्थापना र उद्घाटन आवश्यक भयो।
लगभग चार दशक पछि सन् १९४० मा बेलो होरिजोन्तेका मेयर जुससेलिनो कुबिच्चेकले शहरको ज्यादातर प्रयोग नगरिएको उत्तरी क्षेत्र भित्र योजनबद्ध जिल्ला निर्माण गर्ने निर्णय गरे। जनसंख्या वृद्धि सामना गर्ने हेतुले यो उपाय रचिएको थियो, रमाइलो कुरा यो छ कि यस योजनाबद्ध शहरले यसका लागि योजना बनाएको थिएन।
यस कार्यको लागि उनले वास्तुकलाको दुनियामा बढ्दो एक नाम ३३ वर्षका ओस्कार नेमायेरलाई पाम्पुल्या मोडर्न इन्सेम्बल निर्माण गर्न निमन्त्रित गरे। यो युवा वास्तुकारको पहिलो एकल परियोजना थियो र यसले ब्रसिलिया निर्माणको निम्ति अगाडि बढ्नका लागि अग्रगामी कार्यको भूमिका खेल्यो । जब बेलो होरिजोन्तेका पहिलेका मेयर सन् १९५६ मा ब्राजिलको २१ औं राष्ट्रपति बने र जुन तरिकाले ब्राजिल पश्चिमतर्फ विस्तार हुन थाल्यो, देशको राजधानी रियो दे जानेइरोबाट अझ केन्द्रीय स्थानतिर सार्ने कार्यको सामना गर्न कसलाई आह्वान गर्ने भन्ने कुरा उनलाई थाहा थियो। (यस अवधारणा आफैले १७६३ को उत्तरकालीन अवस्थाको रुपरेखा प्रस्तुत गर्दछ।)
पाम्पुल्याको सफलताको लागि धन्यवादका पात्र राष्ट्रपति कुबिच्चेक (उर्फ आधुनिक ब्राजिलको राष्ट्रपिता) लाई थाहा थियो कि उनले नेमायेरलाई उनको कलामा प्रकृतिलाई एकीकृत गर्ने दृष्टिकोणबाहेक पनि विश्वास गर्न सक्छन्। यसका लागि नेमायेरले निम्न कुरा भने:
“Nem a linha reta, dura, inflexível, criada pelo homem. O que me atrai é a curva livre e sensual, a curva que encontro nas montanhas do meu país, no curso sinuoso dos seus rios, nas ondas do mar, no corpo da mulher preferida. De curvas é feito todo o universo, o universo curvo de Einstein.”
मानवले निर्माण गरेका समकोणले मलाई आकर्षित गर्दैन न त सरल रेखा, सघन, कडा आकृतिले नै। स्वतन्त्र र शानदार वक्र आकृतिले मलाई आकर्षित गर्छन्, त्यस्तो मैले मेरो देशको हिमालहरुमा, नागबेली भएर बग्ने नदीहरुमा, समुद्रको छालहरुमा, एक अतिप्रिय स्त्रीको शरीरमा पाउँछु। वक्रताले सम्पूर्ण ब्रह्माण्ड बन्दछ, जस्तो कि आइन्स्टाइनको वक्र ब्रह्माण्ड।
विशेष रुपमा विस्तार हुँदै गइरहेको आफ्नो शहरको प्रयोग नभएको भागमा ओस्कार नेमायेरसँगै जुससेलिनो कुबिच्चेकले वास्तवमा त्यहाँ के थियो भन्ने कहिल्यै देखेनन् बरु एक शताब्दीभन्दा बढी समयपछि दुबैले देशको नयाँ राजधानीमा के एक उपलब्धि हुन सक्छ भनेर सोचे। दुःखको कुरा कुबिच्चेकको एक कार दुर्घटनामा परेर सन् १९७६ मा मृत्यु भयो र आफ्नो बेलो होरिजोन्ते सपना विश्व सम्पदा स्थल भएको हेर्न पाएनन्। उनका दुई ठुला परियोजनाहरु – पाम्पुल्या इन्सेम्बल र ब्रासिलिया आफ्ना प्रमुख वास्तुकारको अनन्तकालिन वास्तुकलाका रुपमा जीवन्त रहनेछन्।
पाम्पुल्या इन्सेम्बलको कथा नेमायेर स्वयंबाट सुन्न चाहनुहुन्छ भने मओसिर दे ओलिविएर निर्देशित “पाम्पुल्या ओ मार्को” — २३ मिनटको छोटो फिल्म (पोर्चुगिजमा) हेर्नुहोस्।