उत्कृष्ट किर्गिज विज्ञापनको फर्मूला: घोडा, हिमाली सौन्दर्य र एउटी सुन्दर महिला

Screenshot from full-length advert uploaded on Shoro's Youtube channel.

शोरोको युट्युब च्यानलमा अपलोड गरिएको पूर्ण विज्ञापनको स्क्रीनशट।

पूर्व सोभियत किर्गिजस्तानको मुख्य पेयपदार्थ उत्पादक शोरोद्वारा उत्पादित माक्शिम शोरो जो कोहीलाई मन पर्दैन, तर यस नुनिलो मद्ययुक्त पेयपदार्थ मन पराउनेहरू चाहिं यसलाई साच्चिकै मन पराउँछन्।

स्थानीय बजारमा दुई दशकभन्दा बढीको सफलता प्राप्त गरेको यो पेयपदार्थ यस मध्य एशियाई मुलुक जतिकै पुरानो छ। यो अब छिमेकी कजाखस्तान र रूसमा पनि पाउँन सकिन्छ जहाँ १० लाखभन्दा बढी किर्गिज प्रवासी बस्छन् र काम गर्छन्।

तर शोरोले यसको जन्मथलोसँग गाँसिएको यायावर पहिचान कायम राखेको छ, यस कम्पनीको हालैको विज्ञापनले देखाएझै। तल यो विज्ञापन हेर्न सक्नुहुन्छ, साथै यसको आगमनमा सो कम्पनीले फेसबूकमा गरेको पोस्ट पनि:

Однажды рано утром смелый джигит на своем верном коне поскакал на соседнее джайлоо. Слышал он, что живет здесь прекрасная девушка, которая пленила сердца многих баатыров.

Есть у кыргызов старинная игра – кыз куумай. Если джигит догонит девушку, то сможет поцеловать ее. Если нет – девушка ударит его камчой. А всадник опозорится перед народом.

Но если джигит понравится девушке, она может сама незаметно поддаться ему. Ведь не зря твердили наши предки: не проси быстрого коня, а проси доброго пути.

“Максым Шоро” – напиток кочевников.

एक दिन बिहान सवेरै एक किर्गिज आफ्नो विश्वासिलो घोडा चढेर छिमेकी घाँसे मैदानतर्फ लाग्छ। उसले थाहा पाएअनुसार त्यहाँ धेरै बहादुरहरूको मन जित्ने एक सुन्दर महिला बस्छिन्।

किर्गिजस्तानमा एउटा प्राचीन खेल खेलिन्छ किज कूमाइ। यदि कुनै केटाले केटीलाई समात्न सक्छ, उसले तिनलाई चुम्छ। नसकेको खण्डमा केटीले उसलाई कोर्राले हिर्काउँछे र ऊ अरुको अगाडि मुख देखाउनलायक रहँदैन।

तर केटाले केटीलाई खुशी पार्न सके, उनले भनेको कुरा मान्छिन् [यस विज्ञापनमा केटीले आफ्नो घोडाको चाल सुस्त पार्दै उसलाई सोध्छिन्, “के तिमीले यो पहिलो पटक घोडा चढेको हो?”]। अन्ततोगत्वा, हाम्रा पूर्वजहरूले सधैं भनेझै, फूर्तिलो घोडा नखोज, सुरक्षित यात्रा गर्न खोज।

माक्शिम शोरो — यायावरहरूको पेयपदार्थ।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.