प्रख्यात भारतीय बंगाली लेखिका तथा सामाजिक अधिकारकर्मी महाश्वेता देवीको ९० वर्षको उमेरमा बिहीबार २०१६ जुलाई २८ का दिन कोलकातामा देहान्त भयो। उनी बंगालका प्रख्यात नाटककार तथा साहित्यकार बिजोन भट्टाचार्यकी अर्धाङ्गिनी थिइन्।
भारतमा ब्रिटिश शासनको उथलपुथलका बेला जन्मनुभएकी महाश्वेता देवी त्यस बेलाको बंगालको साहित्यिक आन्दोलन (काल्लोल) लाई हाक्ने कलाकार, कवि तथा सामाजिक अधिकारकर्मीको परिवारमा हुर्किइन्।
जीवनपर्यन्त कम्युनिष्ट विचारधाराबाट घेरिएकी र प्रभावित उनले भारतीय स्वतन्त्रतापछि पत्रकारका रुपमा कार्य गरिन् र पछि गएर आदिवासी जनजातिका नागरिक अधिकारको पक्षसमर्थक बनिन्।
उनले आफ्नो पहिलो उपन्यास झाँसीर रानी सन् १९५६ मा प्रकाशित गरिन्। उनी खेरिया साबर समुदायको जीवन उकास्न गरेका कामका लागि चिनिन्छिन्।
The woman who walked with the broken and refused to sit with the ‘great'! Writer Mahasweta Devi passes away in Kolkata. What a life !!!!
— Mahesh Bhatt (@MaheshNBhatt) July 28, 2016
जो टुटेकाहरूसँग हिंडिन् र ‘ठूलाहरू'सँग बस्न मानिनन्! लेखिका महाश्वेता देवीको कोलकातामा देहावशान भयो। कस्तो गजबको जिन्दगी!!!
उनी डिनोटिफाइड एण्ड नोटिफाइड ट्राइबल राइट्स एक्शन ग्रुपका संस्थापकमध्ये एक थिइन्। यस समूहले बंगाल, गुजरातदेखि महाराष्ट्रसम्म छरिएर रहेका आदिवासी समुदायसँग काम गर्दछ।
गणेश एन देवीले उनको महाश्वेता देवीसँगको अनुभव, सन् २०१४ मा भएको सेमिनार ‘सेलेब्रेटिङ्ग विमीनः अ सिम्पोजियम अन विमीन हु मेड अ डिफरेन्स'का बेला सुनाए:
I had by now observed that she spared no one, in particular snobs, ministers, insincere journalists and literary aspirants. […] She spoke of the civilizational graces of the adivasis, of how our society had mindlessly destroyed the culture of our great continent, and how the innocents had been brutalised. She described the context in which the infamous Criminal Tribes Act, 1871 was introduced, the process of denotification in 1952 and the plight of the nomadic communities in India ever since.
अहिले आएर मैले के महसुस गरे भने उनले कसैलाई बाँकी राखिनन्, खास गरेर अभिमानी, मन्त्रीहरू, निष्ठाहीन पत्रकारहरू तथा साहित्यिक आकांक्षीहरूलाई। […] उनले आदिवासीका सभ्य शिष्टताका बारे कुरा गरिन्, कसरी हाम्रो समाजको विचारहीनताले हाम्रो महाद्वीपको सँस्कृतिलाई ध्वस्त पारेको थियो, तथा कसरी निर्दोषहरूमाथि नृशंस व्यवहार गरिएको थियो भन्नेबारे। उनले सन् १८७१ मा लागू गरिएको कुख्यात क्रिमिनल ट्राइब्स एक्टको सन्दर्भ बयान गरिन्, सन् १९५२ को सूचीविहीन बनाउने प्रक्रिया तथा त्यसपश्चात् भारतमा बंजारा समुदायको दुर्दशाबारे कुरा गरिन्।
दोप्दी, लघु कथा
हिन्दू ग्रन्थ महाभारतको एक महत्वपूर्ण पात्र द्रौपदी आफ्नो पति युधिष्ठिरद्वारा जुवाको दाउमा लगाइएकी थिइन् र उनले अन्त्यमा सर्वस्व हारेपछि द्रौपदीलाई पनि गुमाए।
त्यसपश्चात् उनलाई युधिष्ठिरका प्रतिद्वन्द्वीले जबर्जस्ती घिसारेर सभामा ल्याउँछन्, निर्वस्त्र पार्ने मनशायका साथ।
तथापि, जब द्रौपदीले मौनतापूर्वक कृष्णलाई (एक प्रमुख हिन्दू देवता) पुकार्छिन्, उनले अन्त्यहीन सारीको व्यवस्था गरेर मद्दत गर्छन्। दुश्मनले उनलाई निर्वस्त्र पार्न सक्दैनन् र यसले अन्ततोगत्वा द्रौपदीलाई सार्वजनिक अपमानबाट जोगाउँछ।
Mahasweta Devi's Draupadi – still chillingly relevant, when you remember the adivasi women raped and killed by… https://t.co/P21v1uwLXL
— Kavita Krishnan (@kavita_krishnan) July 31, 2016
महाश्वेता देवीकी द्रौपदी अझ पनि भयावह रुपमा समयसान्दर्भिक छिन्, जब तपाईं आदिवासी महिलाहरू बलात्कृत भएको तथा मारिएको सम्झनुहुन्छ…
यस कथालाई पुनर्कल्पना गर्दै महाश्वेता देवीले मुख्य पात्र द्रौपदीलाई एक आदिवासी महिला दोप्दी मेझेनका रुपमा प्रस्तुत गरिन्।
उनको कथामा पुरुषहरू नायिकालाई निर्वस्त्र पार्न सफल हुन्छन्।
एक आदिवासी महिलाको दुर्दशा देखाउने महाश्वेता देवीको साहसले सामाजिक वर्णव्यवस्थाभरि महिलाहरूमाथि हुने गरेको फरक व्यवहारलाई उजागरमात्र गरेन परन्तु सम्पूर्ण विश्वमै महिलाहरूले भोग्नुपर्ने दुव्र्यवहारलाई दर्शायो।
यद्यपि दोप्दी निर्वस्त्र पारिन्छिन् उनी शक्तिको प्रतीक बनेर उभिन्छिन्।
Draupadi who tears up the rags they throw at her and flings them away, flaunting her nakedness in Senanayak’s face:
Draupadi comes closer. Stands with her hand on her hip, laughs and says, The object of your search, Dopdi Mejhen. You asked them to make me up, don’t you want to see how they made me?
उनीहरूले आफूमाथि फालिएका झुत्राझाम्रा द्रौपदी च्यात्छिन् र फालिदिन्छिन्, आफ्नो निर्वस्त्र रुप निर्धक्क भएर सेनानायकसामु तेस्र्याउँछिन्:
द्रौपदी नजिक आउँछिन्। आफ्नो हात कम्मरमा राखेर उभिन्छिन्, हाँस्छिन् र भन्छिन्, तिमीले खोजेको वस्तु, दोप्दी मेझेन। तिमीले तिनीहरूलाई मलाई सजाउँनु भनेका थियौ, के तिमी हेर्न चाहन्नौ उनीहरूले मलाई के बनाए भनेर?
यसरी यस कथाको गायत्री सी स्पीवकले गरेको अंग्रेजी अनुवादअनुसार दोप्दी आफू निर्वस्त्र पारिएपछि लुगा लगाउन अस्वीकार गर्दै अपमानबाट जोगिन्छिन् र उल्टै सेनानायकमाथि लज्जा थोपर्छिन्।
आफ्नो दुई दशकको करियर अवधिमा महाश्वेता देवीले आफ्ना देशवासीका लागि सहानुभूतिले डोर्याएको अनन्त साहित्यिक संग्रह सिर्जना गरिन्।
आउँदो पुस्ताका भारतीय लेखकहरूका लागि प्रेरणाका रुपमा उनको स्थान निर्विवाद रहेको छ।
स्वर्गीय लेखिकाका लागि श्रद्धांजलीको ओइरो
प्रख्यात साहित्यिक संस्थाहरूसँगै पत्रकार तथा लेखकहरूले ट्वीटरमा आफ्ना पीडा पोखे।
“Draupadi”, “Hazaar churasir ma”–must read from the mighty #MahaswetaDevi . RIP https://t.co/tSmhObIzZd
— Sagarika Ghose (@sagarikaghose) July 28, 2016
द्रौपदी हजार चौरासिर मा –महान #MahaswetaDeviका पढ्नै पर्ने रचना
Withher passes an era of public intellectuals who stood for marginalised n oppressed n gave them a voice. A living legend RIP #MahaSwetaDevi
— Medha Patkar (@medhanarmada) July 28, 2016
उनीसँगै सीमान्तकृत तथा उत्पीडितका लागि उभिने तथा उनीहरूको आवाज बनिदिने जनबुद्धिजीवीहरूकोे एउटा युगको अन्त्य भएको छ। एक समकालीन दिग्गज। श्रद्धांजली #MahaSwetaDevi
Writers will come and writers will go but there will never be another Mahasweta Devi . Great writer, great activist , great human being .
— Javed Akhtar (@Javedakhtarjadu) July 28, 2016
लेखकहरू आउँनेछन् र लेखकहरू जानेछन् तर फेरि अर्को महाश्वेता देवी हुनेछैनन्। महान लेखिका, महान अधिकारकर्मी, महान मानव।
RIP Mahasweta Devi. A terrible loss for literature. A great writer and extraordinary activist; a woman with a warm, generous heart.
— Amitav Ghosh (@GhoshAmitav) July 28, 2016
श्रद्धांजली महाश्वेता देवी। साहित्यका लागि अकथनीय क्षति। एक महान लेखिका तथा असाधारण अधिकारकर्मी; नरम तथा उदार हृदय भएकी महिला।