‘परिवर्तनका लागि सांगीतिक कार्यक्रम’ – संगीतमार्फत संसारभरि शान्ति र समावेशीकरणको प्रचार

Cuatro miembros de la Red de Escuelas de Música de Medellín tocan parte de "La Tierra del Olvido" desde una de las comunas de Medellín. Captura de pantalla del video disponible en la cuenta de YouTube de Playing for a Change.

मेदेजिन, कोलम्बियास्थित स्कूल संगीत समूह (रेद दे एस्कुलास दे मुजिका) का चार सदस्यहरु मेदेजिनको उपनगरहरुमध्ये एकमा ‘द ल्यान्ड अफ फर्गेटफुलनेस’ (ला तिएरा देल ओल्भिदो) मा भाग लिँदै। यो स्क्रीनशटमा लिइएको भिडियो प्लेयिङ्ग फर अ चेन्ज युट्युब अकाउन्टमा पाउन सकिन्छ।

प्लेइङ्ग फर चेन्ज (परिवर्तनका लागि सांगीतिक कार्यक्रम)को उद्देश्य संगीतको माध्यमद्वारा मानिसहरुलाई एकजुट बनाउनु हो। यो एउटा सांस्कृतिक कार्यक्रम हो जसले प्रतीकात्मक गीतहरू प्रयोग गरेर विश्वभरिका संगीतकारलाई जोड्दछ।

यसको सर्जक फिल्मनिर्माता एवं उत्पादक मार्क जोह्न्सोनका अनुसार न्यूयोर्कमा उनलाई यस्तो विचार आयो:

About 10 years ago I had an experience in NYC that opened my eyes to the power of music. I was on my way to work at a recording studio in NYC and I was in the subway station when I witnessed two monks painted all in white wearing robes. One of the monks was playing a nylon acoustic guitar while the other monk was singing in a language I didn’™t understand. I witnessed a subway platform full of people and no one got on the train: everyone was listening to this amazing music.  Some people where smiling while others where crying but everyone was deeply connected to the music. I got on the train and headed to work and I thought to myself the greatest music I had ever heard was on the way to the studio and not in the studio. I realized great music and art are just moments in time and they exist everywhere. We can use the energy from these moments to connect people.

करिब दस वर्ष पहिले न्यूयोर्क शहरमा मैले एक अनुभव बटुलें जसले संगीतको शक्तिबारे मेरो आँखा खोलिदियो। न्यूयोर्कस्थित रेकर्डिङ स्टुडियोमा काम गर्न बाटोमा जाँदै थिएँ र म सबवे स्टेसनमा थिएँ। त्यतिबेला मैले दुई भिक्षुहरूलाई सेतो ओढ्ने वस्त्रमा देखें। भिक्षुहरूमध्ये एकले नाइलन अकोस्टिक गितार बजाइरहेका थिए जबकि अर्को भिक्षु मैले बुझ्न नसक्ने भाषामा गाइरहेका थिए। सबवे प्लेटफर्म मानिसहरुले भरिएको देखें र कोही पनि रेलमा थिएनन्: सबैजनाले यो अदभूत संगीत सुनिरहेका थिए। केही मानिसहरू हाँसिरहेका थिए जबकि अन्य मानिसहरु रोइरहेका थिए तर सबैजना संगीतमा डुबेका थिए। म रेल चढें र कार्यस्थलतिर लागें साथै मैले आँफै सोचें मैले उत्कृष्ट संगीत स्टुडियोमा नभएर स्टुडियो जाँदा बाटोमा त्यसबेला सुनेको थिए। मैले उत्कृष्ट संगीत र कला समयका पलहरु मात्र हुन् भन्ने महसुस गरें साथै ती जताततै रहन्छन्। हामी मानिसहरुलाई जोड्नको निमित्त यी क्षणका ऊर्जा प्रयोग गर्न सक्छौं।

विभिन्न संस्कृति, जातजाति, धर्म, र राजनीतिक पृष्ठभूमिका मानिसहरुलाई संगीतमार्फत एक ठाउँमा ल्याउने उनको प्रयासले मार्च २००५ मा २० औं शताब्दीको सर्वश्रेष्ठ गीत हरूमध्ये एक मानिएको बेन इ किङ रचित – ‘स्ट्याण्ड बाइ मी’ सँगै मूर्त रुप लियो। यस गीतलाई अमेरिकन गायक रोजर रिडलेले क्यालिफोर्नियास्थित शान्ता मोनिकाको सडकहरुमा गएका थिए अनि त्यसपछि मार्कले अन्य आवाज थपे साथै बार्सेलोना, आयरल्यान्ड, दक्षिण अफ्रिका, भारत, नेपाल र मध्यपूर्वमा स्वर रेकर्ड गरिए र थपिए। यो लेख लेख्नेबेलासम्म, ९ करोडभन्दा बढीले यो भिडियो अनलाइन हेरिसकेका थिए।

दुई वर्षपछि सन् २००७ मा उनले यसै नामको  प्रतिष्ठान स्थापना गरे:

Our mission is to create positive change through music and arts education. As one of our students in Nepal stated, “Music is an indispensable part of life – you cannot live without music.” We couldn’t agree more. At the Playing For Change Foundation, we live our lives by this principle and apply it to everything we do.

हाम्रो लक्ष्य संगीत र कलाको शिक्षण विधिद्वारा सकारात्मक परिवर्तन ल्याउनु हो। हाम्रा विद्यार्थीहरुमध्ये एक नेपालका विद्यार्थीले भने जस्तै, “संगीत जीवनको अभिन्न अंग हो – तपाईं संगीतबिना बाँच्न सक्नुहुन्न।” हामी थप सहमत हुन आवश्यक छैन। परिवर्तनका लागि सांगीतिक कार्यक्रम प्रतिष्ठानमा हामी हाम्रो जीवन यही सिद्धान्तमा जिउँछौं अनि हामीले गर्ने हरेक काममा लागू गर्छौं।

कोलम्बिया, मेक्सिको र अर्जेन्टिना

यस संगठनको समावेशी सन्देश धेरै देशहरूमा व्यापक रुपले पुगेको छ। सन् २०१० मा मार्क कर्लोस विवेको गीत ‘ला तिएरा देल ओल्भिदो’ (द ल्यान्ड अफ फर्गेटफुलनेस) रेकर्ड गर्न कोलम्बिया गए। उनी अमेरिका (उत्तरी अमेरिका र दक्षिण अमेरिका) मा सांस्कृतिक विकास प्रोत्साहन गर्न सन् २००८ मा निर्माण भएको अमेरिकाज विजनेस काउन्सिलको सहायतामा गएका थिए।

परिवर्तनका लागि सांगीतिक कार्यक्रमका अनुसार:

This video features over 75 musicians across the country of Colombia. Throughout our journey we have learned that music is the greatest tool for healing broken countries, cultures and hearts. With this video we set out to unite and inspire the people of Colombia so they can move forward from years of conflict and create a positive future.

यस भिडियोले कोलम्बियाभरिको ७५ भन्दा बढी संगीतकारलाई देखाउँदछ। हाम्रो यात्राभरि हामीले अव्यवस्थित राष्ट्रहरु, संस्कृति र मनलाई शान्त बनाउने सबैभन्दा महत्वपूर्ण साधन संगीत हो भन्ने कुरा जान्यौं। हामीले यो भिडियो कोलम्बियाका मानिसहरूलाई एकजुट हुन र प्रेरित गर्नको लागि प्रदर्शित गरेका छौं ताकि उनीहरुले वर्षोंको द्वन्द्वबाट अगाडि बढ्न र सकारात्मक भविष्य सिर्जना गर्न सक्नेछन्।

आफ्ना सफलताले उनीहरुलाई अन्य देशहरुमा पनि परीक्षण गर्न घचघच्यायो अनि उनीहरु सन् २०१२ मा ‘मेक्सिको लिन्दो इ केरिदा’ (सुन्दर र प्यारो मेक्सिको) रेकर्ड गर्न मेक्सिको पुगे। उनीहरुले युवाहरुसँग मिलेर देशको हिंसाविरुद्ध लड्ने एक नागरिक समाज संगठन काउसे क्युदादानो (नागरिक च्यानल) लाई सहयोग गर्ने उद्देश्य लिए।

अर्को वर्ष परिवर्तनका लागि सांगीतिक कार्यक्रम देया तु होइया: उना रिसेर्भा कोन मास् रिसेर्भास् (तपाईंको छाप छोड्नुहोस्: थप भन्डारका साथ एक संचय) नामक एक वातावरण अभियानलाई साथ दिन अर्जेन्टिना आए। यसका लागि लोस फाबुलोसोस कदिल्लाक्स भनिने एक स्का ब्यान्डको कर्निवल तोदा ला भिदा (आजीवन उत्सव) भन्ने गीत चुनिएको थियो।

भिडियोका निर्माता एर्जो बुएनोले भने:

Es un honor colaborar con la preservación de los bosques nativos y  creemos que la música tiene la fuerza necesaria para unir a la gente en torno a esta causa tan noble.

देशीय वनको संरक्षणमा संलग्न हुन पाउनु सम्मान प्राप्त हुनु हो। मानिसहरुलाई यस सराहनीय अभियानको पछाडि लगाउन संगीतको शक्ति छ भन्ने हामी विश्वास गर्छौं।

परिवर्तनका लागि सांगीतिक कार्यक्रमले आजसम्म पनि ल्याटिन अमेरिकामा अझै सम्बन्ध निर्माण गरिरहेको छ। सन् २०१५ मा उनीहरु अनाथालय बेतसलेमको परियोजनाअन्तर्गत एउटा संगीत विद्यालय निर्माणको लागि साथ दिन कोलम्बिया फर्के। उनीहरुले देशको अन्य भागहरुमा पनि यस्तै विद्यालय बनाउने आशा लिएका छन्। उनीहरुले २४ सेप्टेम्बर २०१६ मा प्लेयिङ्ग फर चेन्ज डे उत्सव मनाउँनेछन्, जसले यस संगठन संलग्न भएका विभिन्न परियोजनाहरुलाई सहयोग गर्न २१ देशहरुमा हुने ४६ कार्यक्रममार्फत संगीतकार र संगीतप्रेमीहरूलाई एउटै ठाउँमा ल्याउँनेछ।

यस संगठनको यू ट्युब अकाउन्टमा सहभागीहरूका मतसहित संसारभरिबाट संकलित उनीहरुका गीतहरुका थुप्रै संस्करण छन्।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.