- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

विश्वभरि लाखौंको मनमष्तिस्क जित्दै भारतीय युट्युब च्यानल

श्रेणी : दक्षिण एशिया, भारत, Good News, डिजिटल एक्टिभिज्म, नागरिक मिडिया, प्रविधि, युवा, शिक्षा, संगीत
Screenshot from Children's Youtube Channel Chu Chu TV [1]

बालबालिकाका लागि युट्युब च्यानल चुचु टिभीको स्क्रीनशट

अभिभावकत्वको जिम्मेवारीबाट केही बेर फुर्सद पाउनका लागि बच्चालाई कुनै स्क्रीन दिंदा, के तपार्इंले उसले अनलाइनमा के हेरिहेको छ भनेर ध्यान दिनुभएको छ? यदि तपार्इंको बच्चा अधिकांशझै छ भने उसका आँखा लोकप्रिय राइम्स (बालगीत) गाउँदै गरेका कार्टून क्यारेक्टरमा टाँसिएको हुनुपर्छ। के तपाईंले सोच्नु भएको छ, तपाईंको बच्चाले किन आफ्नो बालापनको यति धेरै समय यी भिडियो हेर्दै खुशीसाथ बिताउँछ?

हालै, ५० लाख ग्राहक रहेका भारतको तेश्रो ठूलो युट्युब च्यानल [2] चुचु टिभी [3]ले कसरी च्यानल लोकप्रिय हुन्छन् भन्ने विश्लेषणात्मक रिपोर्ट [4] सार्वजनिक भएसँगै सोसल मिडियामा सबैको ध्यानाकृष्ट गरायो। सन् २०१३ मा भारतीय उद्यमी विनोद चन्दरद्वारा प्रारम्भ गरिएको चुचु टिभी एशिया प्रशान्त [5]कै सबैभन्दा बढी हेरिएको युट्युब च्यानल र संसारकै दोश्रो सबैभन्दा बढी हेरिएको [6] (बालबालिकाका लागि) “एडुटेनमेन्ट” च्यानल भएको छ। लगभग तीन वर्षमै जम्मा ११५ भिडियो रहेको यस च्यानलले ५ अरब भ्यू बटुलिसकेको छ।

शायद धेरै जसो युट्युबका भ्यूका लागि मेरी छोरी जिम्मेवार छिन्। चुचु टिभी बालगीत क्षेत्र!

यसको बारेमा मलाई भन्नुहोस्!! सानी मुच्किनसँगको मेरो रात्रीरिवाज नबिराइकन चुचु टिभी हेर्नु हो।

कुनै नौलो कुरा होइन। म जुनसुकै बच्चाले फोनमा #ChuChuTv [12] हेरेको देख्छु। गज्जबको आइडिया।

किन यति व्यस्त नानी?

केले गर्दा यो चल्छ?

साना नानीहरूलाई कुनै पनि कुरा दोहोर्याएको मन पर्छ र उनीहरूले धेरै पटक सुनेका कथाहरूसँग चाडै नै प्रभावित हुन थाल्छन्। चुचु टिभीले मुख्यतया लोकप्रिय नर्सरी राइम्स देखाउँछ र बालबालिकालाई फोनेटिक सीपका साथै रंग, संगीत तथा धूनहरूसँग परिचय गराउँछ। यी भिडियोहरूले बालबालिकाहरूको बोल्ने तथा सुन्ने सीपको विकास [18] गराउँछ तथा दोहोर्याइएका शब्दांश र स्वरले शब्दावली र उच्चारण सुधार्छ। यी राइम्सले बालबालिकाले आफ्ना दिमागमा चित्रित गर्नसक्ने खालको कथाहरू सुनाएर उनीहरूको कल्पनाशक्ति पनि वृद्धि गर्छ।

यी भिडियोहरूले धेरै राइम्समा भएको नकारात्मकतालाई पनि टाढै [5] राख्छन्। उदाहरणका लागि चुचु टिभीको हम्प्टी डम्प्टी भिडियोको संस्करणमा हम्प्टी लडेपछि उठ्छ, आफ्नो गल्तीबाट सिक्छ र आत्मविश्वासका साथ अघि बढ्छ।

आइल्याण्ड अफ सेन्ट भिन्सेन्ट इन सेन्ट भिन्सेन्ट एण्ड ग्रेनाडिन्समा बस्ने क्यामिल पिटर्स [19] फेसबूकमा लेख्छिन्:

The smile I get from my daughter when I put on Chu Chu TV for her, am tired of the show but am happy she likes it because she really learn alot from it.😃😃😃😃she's even repeating some words from it,so thumbs up to that!!! ‪#‎carissaquietmode‬ ‪#‎herloveforlearning‬ ‪#‎herfavouriteshow‬ ‪#‎myhappychild‬ ‪#‎cantbtiredwhenshelearning‬

चुचु टिभी लगाइदिएपछि मेरी छोरीबाट पाउने मुस्कान, यी भिडियो हेर्दा हेर्दा म दिक्क भइसकेकि छु तर म खुशी छु कि उसले यो मन पराउँछे किनकि साच्चै नै उसले यसबाट धेरै कुरा सिक्छे। 😃😃😃😃 उसले यसका केही शब्द दोहेर्याउछिन् पनि, धन्य छ!!!#‎carissaquietmode‬ ‪#‎herloveforlearning‬ ‪#‎herfavouriteshow‬ ‪#‎myhappychild‬

ब्रिटिश ब्लगर कारेन मिस्सिङ्ग स्लीप [20]मा कसरी चुचु टिभीले उनको छोरालाई हुर्कन सघायो भन्नेबारे लेख्छिन्:

I do feel we would have benefited from ChuChu TV though with youngest especially as he was more of a reluctant learner unless something seemed very fun and captivating for him. He tends to switch off otherwise, so I really want to introduce as many parents to ChuChu TV as possible who might have challenging pre-schoolers like I did and are in need of a little learning inspiration to pass the time.

मलाई लाग्छ चुचु टिभीबाट धेरै फाइदा लिएका छौं खास गरेर कान्छाका लागि। ऊ सिक्नका लागि अनिच्छुक रहन्थ्यो जबसम्म केही साह्रै नै रमाइलो हुने तथा ध्यानै हट्न नदिने पाउँथ्यो। उसले अन्यथा स्वीच अफ गर्ने गर्दछ, त्यसैले म सकेसम्म धेरै अभिभावकलाई चुचु टिभीसँग परिचय गराउन चाहन्छु जसले मजस्तै स्कूल जानुअघिका बच्चा हुर्काउनु छ र समय व्यतित गर्नका लागि सानो सिकाइवाला प्रेरणाको अपेक्षा गर्छन्।

यस च्यानलले राम्रो बानी अंगाल्न प्रोत्साति गर्छ, जस्तै कि बाँड्नु र साँचो बोल्नुको महत्व। उदाहरणका लागि आफ्नो छोरा कसरी चुचु टिभीको भिडियोबाट प्रेरित भयो भनी एक ब्लगर चम्पा ट्री [21]मा लेख्छन्:

One day I watched him listening to a very interesting rhyme on the channel. It was about brushing your teeth. And, you won’t believe what followed soon-after. He went straight to the bathroom and picked up his little, blue toothbrush and started rubbing it against his gums.

एक दिन मैले उसलाई सो च्यानलमा एकदम चाखलाग्दो राइम सुनिरहेको देखे। त्यो आफ्नो दाँत माझ्नेबारे थियो। र, त्यसपछि तुरुन्तै के भयो भनेर तपाईंले विश्वास गर्नुहुन्न। ऊ सोझै बाथरुम गयो, आफ्नो सानो नीलो ब्रश लियो र आफ्ना गिँजामा दल्न थाल्यो।

यद्यपि दोहोरिरहने राइम्स घरका कतिपयका लागि रीस उठ्ने हुनसक्छन्।

किन हो छोरा, म त्यही चीज लाखौंपटक फेरि हेर्न चाहन्छु…#momneedsabreak [22] #chuchutv [15] #saveme [23]

@sanchayan [25] @hankypanty [26]म चुचु टिभी सरप्राइज सुन्छु!! आफ्ना दुःस्वप्नहरूमा पनि।

ट्युबफिल्टरसँगको अन्तर्वार्ता [28]मा विनोद चन्दरले चुचु उनकी छोरी हर्षिताको उपनाम भएको जनाए। च्यानलको सफलताको पछाडि “उत्कृष्टतामा” ध्यान दिनु रहेको उनले बताए:

We concentrate on quality rather than quantity. We work hard on each and every aspect while creating a video which includes concept creation, lyrics, music, graphics, animation and then the final edit. We just don’t compromise and the results are showing.

हामी संख्यामा भन्दा उत्कृष्टतामा ध्यान दिन्छौ। हामी एउटा भिडियो बनाउँदा अवधारणा, गीत, संगीत, एनिमेशन र त्यसपछि अन्तिम एडिटसम्मिलित हरेक पक्षमा मिहिनेतका साथ काम गर्छौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ र यसका परिणाम देखिंदैछन्।

बालबालिकाले प्रतिदिनका हिसाबले स्क्रीनअगाडि कति समय बिताउन सक्छन् भन्नेबारे ठूलो विवाद छ। उदाहरणका लागि औसत अमेरिकी शिशुले दैनिक चार घण्टाभन्दा बढी टिभी हेर्छ, अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले सिफारिश [29] गरेकोभन्दा दोब्बर। टेलिभिजन धेरै मात्रामा हेर्नाले बालबालिकालाई अत्यावश्यक शारिरीक व्यायामबाट टाढा राख्छ। तथापि यदि तपाईंले गुणस्तरीय सामग्रीका लागि सीमित स्क्रीन समय तोक्नु भयो भने, विशेषज्ञका अनुसार बालबालिकाले केही राम्रा सीप सिक्नसक्छन्। यसको अतिरिक्त, आफूलाई दोषी ठान्ने सबै अभिभावकले थाहा पाएझै स्क्रीन समय (टिभी हेर्ने, ट्याब्लेट तथा मोबाइल चलाउने) शायद बाबुआमाका लागि बच्चा हेर्ने सबैभन्दा सस्तो र भरपर्दो [30] तरिका हो।