‘टकिङ् डिक्शनरी'ले जापानको आदिवासी आइनु समुदायको भाषा प्रचार प्रसार गर्दै

Ainu

होक्काइदो, जापानस्थित आइनु संग्रहालयमा आइनु गायकहरु। स्क्रीनक्याप एन्ड्रिउ जोन्स प्रोडक्सन्स को युट्युब च्यानल।

पहिलो पटक सन् २००९ मा आरम्भ भएको एक अनलाइन “टकिङ् डिक्शनरी” ले जापानको उत्तरपूर्वी द्वीप होक्काइदो र उत्तरी रूसी द्वीप क्षेत्रहरूमा आदिवासी बासिन्दाहरूले बोल्ने आइनु भाषा संरक्षण तथा हस्तान्तरण गर्ने प्रयास गरिरहेको छ। युनेस्कोका अनुसार, जापानमा आठ भाषाहरू गम्भीर संकटमा छन्। तीमध्ये आइनु भाषा सबैभन्दा उच्च जोखिमको सूचीमा छ।

यस परियोजनाअन्तर्गत आइनु भाषी, स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिज (एसओएएस ) को इन्डेन्जर्ड ल्याङ्ग्वेज डकुमेन्टेसन प्रोग्राम (इएलडिपी), जापानको अर्काडिया ट्रस्ट, तथा जापानस्थित वासेदा ईन्स्टिच्युट फर एड्भान्स्ड स्टडी (डब्लुआइएएस) को भाषा विज्ञान शोधकर्ता अन्ना बुगएवाबीच सहकार्य समावेश छन् । सन् २००९ मा पूरा भएको यस अनलाइन परियोजनाको उद्देश्य आइनु भाषा संरक्षण गर्ने र फैलाउने मात्र नभई भाषा सामग्रीको लामो अवधिसम्म सुरक्षित संग्रह गर्नु, एउटा भाषाको निमित्त कसरी दस्तावेज तयार भएको छ, अनुसन्धानकर्ताहरूबीच अन्तर्राष्ट्रिय सहयोग प्रोत्साहन गर्नुका साथै संसारभरि संकटमा परेका अन्य भाषाहरूका समान परियोजनाका लागि सल्लाह र सहयोग प्रदान गर्नु पनि हो।

आइनु टकिङ् डिक्शनरीले संवादमूलक आइनु अनलाइन खोज्न मिल्ने ढाँचामा संरक्षण र प्रस्तुत गर्छ। भाषाविद्का लागि इन्टरफेसका साथै कसरी अनलाइन स्रोत प्रयोग गर्ने बारेमा विस्तृत टिप्पणीहरू छन्।

screenshot of ainu online language tool

स्क्रीनशट: भाषा सिक्ने साधन अनलाइन ‘आइनु टकिङ् डिक्शनरी’

आइनु भाषा संरक्षण गर्न अति जरुरी छ। संख्या निर्धारण गर्न कठिन भएतापनि जापानी जनगणनामा — जातीयता बारेमा प्रश्नहरू समावेश गरिएका हुँदैनन् । आइनु भाषाका दस भन्दा कम मातृभाषा बोल्नेहरु सहित मात्र २५,००० आइनु रहेका अनुमान गरिएको छ। आइनु समुदाय उत्तरपूर्वी जापानको होक्काइदोका साथै रूसको सुदूर पूर्वमा रहेका जापानको उत्तरी द्वीप समूहका आदिवासी बासिन्दाहरू हुन्। जब जापानले सन् १८५० तिर होक्काइदो र शाखालिनलाई उपनिवेश बनाउने निर्णय लियो, आइनु मूलधारमा समाविष्ट गरिए, आरक्षणमा राखिए तथा नयाँ रोगहरुका शिकार बने।

आजकल, जापानमा आइनु संस्कृति मुख्यतया होक्काइदो र टोकियोका लोक संग्रहालयहरुमा पर्यटक आकर्षणका रुपमा रहेका छन्।

विद्यार्थीहरू एक परम्परागत आइनु वाद्य यन्त्र मुक्कुरी बजाउने प्रयास गर्दै। “एक वाद्य यन्त्रको लागि यो गज्जबको नाम हो!” विद्यार्थीहरूले नाच, कथावाचनका साथै अन्य सांस्कृतिक परम्पराको अनुभव लिए – आसाही डिजिटल।

२० औं शताब्दीमा आइनु अग्रज तथा राजनीतिज्ञ शिगेरु कायनोले आफ्नो प्रसिद्ध पुस्तक ‘आवर ल्यान्ड वाज अ फरेस्ट’मार्फत जापानमा आइनु भाषा संस्कृति लोकप्रिय बनाउन मद्दत गरे। कायनोले सरल आइनु वाक्यांश पुस्तकको पनि रचना गरे जुन अझै पनि मुद्रणमा छ। उनी सन् २००६ मा बिते।

[…] यहाँ शिगेरु कायनोद्वारा लिखित आइनु भाषा बोलचालसम्बन्धि शब्दकोशको पहिलो अंक छ। म आइनु संस्कृतिमा साँच्चै नै अभ्यस्त थिएँ र यो पुस्तक किनें। स्ट्रिट फाइटर टाइपको भिडियो गेम मन नपरेतापनि मैले एसएनकेको सामुराइ शोडाउन गेममा आइनु पात्रहरुको नाम जानें।

आइनु टकिङ् डिक्शनरी कायनोका आइनु जापानी शब्दकोश श्रृंखलाभन्दा विशेष छ। टकिङ् डिक्शनरी वासेदा ईन्स्टिच्युट फर एड्भान्स्ड स्टडी (डब्लुआइएएस), वासेदा युनिभर्सिटी, टोकियो, जापानस्थित भाषा विज्ञानका पीएचडी असिस्टेन्ट प्रोफेसर अन्ना बुगएवाको “डकुमेन्टेसन अफ द सरू डायलेक्ट अफ आइनु” अनुसन्धान परियोजनाको एक भाग हो।

यो परियोजना कोतोरा जिन्बो र शोउजाबुरो कानाजावाद्वारा संकलित सन् १८९८ मा पहिलो पल्ट प्रकाशित भएको एक शब्दकोशमा आधारित छ।सर्वेक्षक जिन्बोले होक्काइदोमा बस्ने आदिवासी समुदायसँग कुराकानी गर्न आइनु सिकेका थिए। भाषाविद कानाजावाले २१ औं शताब्दीमा आइनु भाषा फैलाउन सहयोग पुगोस् भनेर शब्दकोश तयार गर्न शब्द र वाक्यांश दस्तावेज तयार गरे।

बुगएवाका अनुसार:

The original dictionary by Kotora Jinbo and Shozaburo Kanazawa contained mistakes, misheard words, and even broken phrases (expressions that are inconceivable with original Ainu grammar). We deleted all questionable words and examples, items that were extremely different from Setsu Kurokawa’s audio, and words that Setsu Kurokawa was unfamiliar with. Double entries were basically consolidated to one entry. However, since the video data and audio data were recorded separately, there are cases where the Ainu expression is different in the video and audio. In those cases only, we decided that these were separate expressions, and listed both. In the end, we had 3467 headwords. For particularly rare words, we checked whether they were used in existing dictionaries, and added notes to them.

[…]

In addition to the original notations, various information that can aid learning the Ainu language including the colloquial translation, Modernized Roman character transcriptions and katakana [a Japanese phonetic syllabary] transcriptions of the Ainu word, interpretation (glossary) and English translation, etc., are provided. With the help of Setsu Kurokawa, a native speaker of the Saru Dialect of Ainu (Nukibetsu), we were able to upload audio of the Ainu language onto the web. We received many responses and comments from students and researchers regarding these contents. However, we were faced with budgetary restrictions when building the dictionary, and some technical problems remained.

कोतोरा जिन्बो र शोउजाबुरो कानाजावाद्वारा लिखित मूल शब्दकोशमा गल्ती समावेश छन्, गलत सुनिने शब्दहरु साथै टुटे फुटेका वाक्यांश पनि (मूल आइनु व्याकरणसँग नबुझिने भाव)। हामीले सबै संदिग्ध शब्द र उदाहरण, सेत्सु कुरुवाकाको अडियोभन्दा अत्यन्तै भिन्न सामग्रीहरुका साथै त्यस्ता शब्दहरू जोसँग सेत्सु कुरुवाका अपरिचित थिए, मेटाएका छौं। दोहोरो सूचीहरु मूलतः एकल सूचीमा एकीकृत गरिए। भिडियो डाटा र अडियो डाटा छुट्टाछुट्टै रेकर्ड गरिएकोले कतिपय अवस्थामा भिडियो र अडियोमा फरक आइनु अभिव्यक्ति छन्। त्यस्ता अवस्थाहरुमा मात्र ती छुट्टाछुट्टै अभिव्यक्ति थिए भनेर निर्णय गर्यौं र दुवैलाई सूचीबद्ध गर्यौ। अत्यमा हामीसँग ३४६७ मुख्य शब्दहरु थिए। विशेषगरी दुर्लभ शब्दहरूका लागि हामीले विद्यमान शब्दकोशमा तिनीहरूको प्रयोग भएको थियो कि भनेर जाँच गर्‍योँ र टिप्पणीहरू थप्यौं।

[…]

मूल लिपिको अलावा आइनु भाषासहित बोलचालको अनुवाद सिक्न मद्दत गर्ने विभिन्न जानकारी, आधुनिक रोमन अक्षर लिपिका साथै आइनु शब्दका काताकाना [एक जापानी स्वर लिपि] भाषा लिपि, व्याख्या (शब्दावली) र अंग्रेजी अनुवाद आदि उपलब्ध छन्। आइनुको सरु भाषिकाको मातृभाषी (नुकिबेत्सु) सेत्सु कुरुवाकाको सहयोगमा वेबमा आइनु भाषाको अडियो अपलोड गर्न हामी सक्षम भयौं। यी सामग्रीहरूका सन्दर्भमा हामीले विद्यार्थी र अनुसन्धानकर्ताहरूबाट धेरै प्रतिक्रियाहरू र कमेन्टहरु पायौं। तर, हामीले शब्दकोश निर्माणको क्रममा बजेटसम्बन्धी सीमाको सामना गरेका थियौं र केही प्राविधिक समस्या रहे।

आइनु टकिङ् डिक्शनरीमा प्रयोग भएका शब्द र वाक्यांशको उच्चारण रेकर्ड गर्न बुगएवाले सेत्सु कुरुवाकासँग काम गरे। सन् १९२६ मा दक्षिणपश्चिमी होक्काइदोको नुकिबेत्सुमा जन्मेका आइनु अग्रज कुरुवाका आइनु भाषा सुन्दै हुर्केका हुन्:

When Setsu Kurokawa (born, January 5, 1926) was a child, in the late 1920's, many Ainu families had already stopped speaking Ainu at home. Considering this, Setsu Kurokawa's proficiency in Ainu is relatively high. This can be explained by the fact that she was often taken care of by her grandfather and grandmother. However, since Ainu is not used currently in everyday life, it was difficult to record the spontaneous utterances of the language. In this audio material, the words and expressions are not the spontaneous utterances of Setsu Kurokawa, but instead are audio data initiated based on the Ainugo kaiwa jiten [Ainu conversational dictionary]. In the actual recording process, Anna Bugaeva read the words and expressions in the Ainugo kaiwa jiten, and Setsu Kurokawa repeated these in her own manner. The Ainu language expressions in this audio material are based on the Ainugo kaiwa jiten, and do not completely match Setsu Kurokawa's idiolect.

१९२० को अन्त्यतिर जतिबेला सेत्सु कुरुवाका बालक थिए (उनी जनवरी ५, १९२६ मा जन्मेका थिए), धेरै आइनु परिवारले पहिलेदेखि नै घरमा आइनु बोल्न छाडिसकेका थिए। यसरी हेर्दा, सेत्सु कुरुवाकाको आइनु दक्षता अपेक्षाकृत उच्च छ। यस तथ्यलाई प्राय उनलाई आफ्नो हजुरबुवा र हजुरआमाले हेरविचार गरिन्थ्यो भनेर व्याख्या गर्न सकिन्छ। हाल दैनिक जीवनमा प्रयोग नहुने भएकोले यस भाषाको स्वाभाविक उच्चारण रेकर्ड गर्न गाह्रो थियो। यो अडियो सामग्रीमा शब्दहरू र अभिव्यक्तिहरू सेत्सु कुरुवाकाको स्वाभाविक उच्चारण हैनन् बरु आइनुगो काइवा जितेन [आइनु बोलचालको शब्दकोश] मा आधारित अडियो डाटा हुन्। वास्तविक रेकर्डिङ प्रक्रियामा, अन्ना बुगएवाले आइनुगो काइवा जितेनमा शब्दहरू र अभिव्यक्तिहरू पढिन् र सेत्सु कुरुवाकाले आफ्नै तरिकाले दोहोर्याइन्। यो अडियो सामग्रीमा आइनु भाषाका अभिव्यक्तिहरू आइनुगो काइवा जितेनमा आधारित छन् र सेत्सु कुरुवाकाको भाषासँग पूर्ण रुपले मेल खादैनन्।

बुगएवाले सम्पन्न गरेको शब्दकोश सन् २००९ मा आइनु कल्चरल सेन्टर (जसको आइनु भाषा फैलाउन समर्पित आफ्नै अनलाइन संसाधन छ) मा टोकियोस्थित आइनु समुदाय सदस्यहरु को एक समूहलाई प्रस्तुत गरियो । यो अनलाइन साधन जापानी सह-सम्पादक शिहो एन्दो तथा प्रोग्रामर डेविड नाथन (इएलएआर डाइरेक्टर, एसओएएस लण्डन विश्वविद्यालय) र आइनु समुदायको कला संयोजनका साथै वेब डिजाइन ताममी काइजावाको सहकार्यमा सिर्जना भयो।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.