हालै भेटिएका चट्टानमा कोरिएका कलाकृतिले हामीले बुझेको माचु पिच्चुको इतिहास बदल्न सक्नेछ

Machu Picchu. Image on Flickr by user Dan Doan (CC BY-NC-ND 2.0).

माचु पिच्चु। फ्लीकर प्रयोगकर्ता डान डोअनको तस्वीर (CC BY-NC-ND 2.0)।

वास्तुकला तथा इन्जिनीयरिङ्गको उत्कृष्ट कृति मानिने तथा २००७ मा घोषित विश्वका नयाँ सात आश्चर्यमध्ये पर्ने माचु पिच्चुले सदैव मानिसहरूलाई चकित पार्दै आएको छ।

जुलाई ४ का दिन नेशनल आर्किओलोजिकल पार्क अफ माचु पिच्चुका निर्देशक पेड्रो अस्तेतेले यस प्रसिद्ध इन्का शहरको खण्डहरछेउ दुई नयाँ चट्टानमा कोरिएका कलाकृति भेटिएको जानकारी दिए:

La figura de una llama, un hombre, y encima de ellos una imagen geométrica, fueron encontradas en la zona de Pachamama, en el camino de acceso a la zona arqueológica de Machu Picchu.
En […] 1912, fueron descubiertas 4 tumbas por la segunda expedición peruana de la Universidad de Yale, bajo la dirección de Hiram Bingham. No obstante, hasta la fecha [las imágenes] habían pasado [desapercibidas].

एउटा लामा, एउटा मानिस र ती दुवैको माथि एउटा ज्यामितीय आकार भएको तस्वीर माचु पिच्चुको पुरातात्विक क्षेत्र पुग्ने बाटोमा रहेको पाचमामा क्षेत्रमा प्राप्त भयो।

[…] सन् १९१२ मा हिरम बिंघमको निर्देशनमा येल युनिभर्सिटीको दोश्रो खोजयात्राका दौरान चार समाधिस्थल भेटिए। यद्यपि अहिलेसम्म ती [तस्वीरहरू] नजरअन्दाज गरिएका थिए।

यस क्षेत्रमा थप उत्खनन गरिने योजना छ तर हाललाई सो सर्वसाधारणको लागि खुल्ला गरिएको छैन। यी भेटिएका तस्वीरहरूको थप परिक्षण जरुरी छ, तर पेरुको टुरिज्म पोर्टलले यी कलाकृति इन्काहरूभन्दा पनि पहिलेको हुनसक्ने रिपोर्ट गरेको छ:

Este descubrimiento podría cambiar la historia que se conoce del complejo arqueológico, ya que las figuras encontradas dan pistas sobre una población anterior a los incas.
Así lo manifestó José Bastante, responsable del programa de investigaciones del santuario, quien dijo que esto “podría demostrar que el lugar tenía un significado especial para personas anteriores a los incas. Las investigaciones recién están empezando”.

यस पवित्रस्थलको अन्वेषण कार्यक्रमका लागि जिम्मेवार होजे बास्तान्तेले उक्त खोजले यस पुरातात्विक क्षेत्रको इतिहासलाई नै परिवर्तन गर्न सक्ने बताए। यी तस्वीरहरूले इन्का युगपूर्व यहाँ बस्ने मानिसहरूबारे जानकारी दिनसक्नेछन्।

बास्तान्तेले दावी गरे “यस खोजले के सिद्ध गर्नसक्छ भने इन्कापूर्वका मानिसहरूका लागि यस ठाउँले विशेष महत्व राख्दथ्यो। अन्वेषण भर्खरै शुरु भएको छ।”

योे समाचार विवादरहित भने थिएन। केही संस्करणका अनुसार यो कुनै नौलो खोज होइन। आर्किओलोजी अफ पेरु नामक वेबसाइटले सन् २००९ मा खिंचिएका यस ठाउँका फोटोहरूमा यी कलाकृति रहेको दावी गर्यो:

Esas pinturas son conocidas desde hace mucho tiempo y son fáciles de ver pues están a la vera del camino de Intipunku. Nosotros tenemos fotografías de ellas tomadas hace casi veinte años y son varios los guías de turismo que están enterados de su existencia. […] Incluso mencionamos estas pinturas en un informe geológico sobre los deslizamientos de Machupicchu a inicios de este siglo.

यी कलाकृतिहरू धेरै पहिलादेखि जानकारीमा रहेका छन् र इंतिपुंकु जाने सडकनिर पर्ने हुनाले सजिलै देखिन सकिन्छ। […] हामीले २० वर्षअघि खिंचेका फोटो छन् र कैंयन पर्यटक गाइडहरूलाई यसको अस्तित्वबारे थाहा छ। सन् २००० तिरको शुरुमा माचु पिच्चुमा गएको पहिरोबारे एक पुरातात्विक रिपोर्टमा समेत हामीले यी कलाकृतिको उल्लेख गरेका छौं।

पूर्वानुमानका अनुसार यो समाचार ट्वीटरमा तरंगित भएको थियो। जस्तै कि संयुक्त राज्य अमेरीकाअवस्थित स्पानिश अखबार दियारियो लास अमेरीकास्ले एक ट्वीटमा यी कलाकृतिको फोटो सेयर गर्यो:

माचु पिच्चुमा भेटिएका चट्टानमा कोरिएका नयाँ कलाकृति।

यस खोजले माचु पिच्चुसम्बन्धित हरेक चीजबारे अनलाइनमा सर्वसाधारणको रुचि पुनर्ताजा गराएको छ। साथै समाचार केन्द्र तथा सर्वसाधारण ट्वीटर प्रयोगकर्ताहरूले यस पुरातात्विक स्थलमा रहेका फरक स्थानहरू देखाउने दुई भिडियोबारे पटक पटक उल्लेख गरेका छन्। तीमध्ये सन् १९४० तिर सार्वजनिक गरिएको एउटा भिडियोले कुस्कोका पुरातात्विक महत्वका स्थानहरू जस्तै ओलान्तेताम्बो, पिसाक साथै जुलियाका तथा अरिकिपाबाट तस्वीरहरू संकलन गरेको छ। यो भिडियो युनिभर्सिटी अफ पेन्सिलभानिया म्युजियम अफ आर्किओलोजी एण्ड एन्थ्रोपोलोजीको संकलनको एक भाग हो। यो सेयर गर्ने प्रयोगकर्ताहरूले त्यस समयमै यस क्षेत्रमा ठूलो मात्रामा देखिने साँस्कृतिक विविधता औंल्याएका छन्।

तलको भिडियो सन् १९३६ को हो र हालसम्म हेरिएको थिएन। यो माचु पिच्चु वरपरका विभिन्न स्थानहरू समेटिएको यात्राको भिडियो हो र यसको पृष्ठभूमिमा ठेट एण्डियन संगीत सुन्न सकिन्छ।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.