
युगाण्डाली राष्ट्रपति योवेरी मुसेभेनी बाटोछेउ फोनमा कुरा गर्दै। राष्ट्रपतिका प्रेस सेक्रेटरी डन वेन्यामाले फेसबूकमा पोष्ट गरेको फोटो।
युगाण्डाली राष्ट्रपति योवेरी मुसेभेनी बाटोछेउ कुर्सीमा बसेर फोनमा कुरा गर्दै गरेको फोटो अनलाइनमा सार्वजनिक भएलगत्तै ट्वीटरमा व्यंग्यात्मक मेमहरूको ओइरो लागेको छ। एउटा सार्वजनिक कार्यक्रमका लागि हिंडेको उनको सवारी जत्था उनको सो फोन कलका लागि आधा घण्टा रोकियो।
राष्ट्रपतिका प्रेस सेक्रेटरी डन वेन्यामाले तलको सन्देशसहित उक्त फोटो आफ्नो फेसबूक पेजमा पोष्ट गरे:
On the way from Isingiro District yesterday where he'd presided over the World Population Day celebrations, President Museveni stopped at Kyeirumba Village to make a phone call. Curious residents gathered to look at the President, who after 30 minutes on phone, briefly interacted with them. They thanked the government for tarmacking the road linking Uganda to Tanzania through Isingiro.
हिजो इसिंगिरो जिल्लामा आयोजित विश्व जनसंख्या दिवसको समारोहमा सरिक भएपश्चात् फर्कदा राष्ट्रपति मुसेभेनी फोनमा कुरा गर्न केरुम्बा गाउँमा रोकिनुभयो। जिज्ञासु गाउँलेहरू राष्ट्रपतिलाई हेर्न भेला भए। उनले फोनमा आधा घण्टा कुरा गरेपश्चात् उनीहरूसँग संक्षिप्त कुराकानी गरे। उनीहरूले इसिंगिरो हुँदै युगाण्डा र तान्जानियालाई जोड्ने सडकलाई कालोपत्रे गरेकोमा सरकारलाई धन्यवाद दिए।
कसैकसैले मुख्य विपक्षी राजनीतिज्ञ किज्जा बेसिग्येको दुई महिनाको जेलबसाइपछि रिहाइको समाचारबाट ध्यान अन्तै मोड्ने योजनातहत उक्त फोटो सार्वजनिक गरिएको हुनसक्ने आशंका व्यक्त गरे। किज्जामाथि देशद्रोहको आरोप लगाइएको थियो।
But the #M7Challenge was too strategic to overshadow the release of Besigye dominating the internet 😊😊
— Daron (@bartlettdaron) July 13, 2016
तर बेसिग्येको रिहाइले इन्टरनेटमा जमाएको आधिपत्यलाई धूमिल पार्न#M7Challengeखूबै रणनीतिक थियो
ह्याशट्याग #M7Challengeलाई युगाण्डाली तथा विश्वभरिका मानिसहरूले बाटोछेउ फोन गर्दै गरेको देखाउन प्रयोग गरिएको छ। राष्ट्रपति मुसेभेनीको नामसँग मिल्ने हुनाले उनको उपनाम M7 (एमसेभन) राखिएको छ। अन्य ट्वीटर प्रयोगकर्ताले राष्ट्रपतिप्रति कटाक्ष गर्दै एडिट गरिएका फोटोहरू पोष्ट गरिरहेका छन्।
मुसेभेनीले कोसँग र के विषयमा कुरा गर्दै थिए, अहिलेसम्म खुलेको छैन।
एक ट्वीटर प्रयोगकर्ताले हिंसा चर्किएको दक्षिण सुडानका नेताहरूसँग मुसेभेनीले कुरा गरिरहेका थिए भनी सुझाए:
#M7Challenge : It is possible M7 was having a “Let my people go” discussion with the leaders of #SouthSudan.
— Frank Hook (@FrancisHookDF) July 13, 2016
#M7Challenge :हुनसक्छ एमसेभनले #SouthSudanका नेताहरूसँग “मेरा देशवासीहरूलाई छाडिदिनुस्” भन्ने कुरा गरिरहेका थिए
हालैको दक्षिण सुडानको राजधानी जुबामा भएको भीडन्तपश्चात् मुसेभेनीले युगाण्डाली सेनालाई त्यहाँ बस्ने युगाण्डालीहरूलाई उद्धार गर्न अह्राएका छन्।
रोजबेल कागुमिरेले #M7Challenge सहभागीहरूलाई यो स्टन्ट नगर्न चेताएकी छिन्:
Don't try this at home. First contact the #M7Challenge wealth creation team 😝😝 pic.twitter.com/Jzrh3H2d1q
— Rosebell Kagumire (@RosebellK) July 12, 2016
यो घरमा प्रयाश नगर्नुहोला। पहिला #M7Challengeवेल्थ क्रिएशन टीमलाई सम्पर्क गर्नुहोस्।
फ्रेडरिक तुमुसिमेले युगाण्डाको एक स्थानीय टेलिभिजनका लागि एक कथित विज्ञापन सेयर गरे:
Before @ntvuganda takes down the tweet☺ #M7Challenge pic.twitter.com/wwJG8xzcmD
— Fredrick Tumusiime (@tufre80) July 12, 2016
@ntvugandaले #M7Challengeट्वीट हटाउनुपूर्व
अन्य ट्वीटर प्रयोगकर्ताले फोनकल गर्न आफ्ना अफिसका कुर्सी बाहिर लिएर आए:
@nbstv #M7Challenge pic.twitter.com/coKcBOWkpi
— Nimu Githahu (@wairimugithahu) July 13, 2016
माथियास वान्देराले चन्द्रमामा मुसेभेनीले फोनमा कुरा गर्दै गरेको देखाए:
Hehehh 😂😂. Sevo going places. Now he's on the moon. Hater gonna say its photoshop. #M7Challenge pic.twitter.com/L5NT5r6gdI
— Mathias Wandera (@Nva_Kampala_23) July 13, 2016
हेहे सेभोको कुरा बेग्लै छ। अहिले उनी चन्द्रमामा छन्। आलोचकहरूले यो फोटोशप गरिएको हो भन्लान्।#M7Challenge
यस चुनौतिलाई अटोब्लगकेइले ड्राइभरहरूका लागि एउटा राम्रो टीपका रुपमा लियो:
haha guys who can pull the best #M7Challenge ?? i think it would be a good way to say STOP TEXTING/CALLING WHILE DRIVING
— AutoblogKE (@AutoblogKE) July 13, 2016
हाहा केटाहरू हो कसले सबभन्दा दह्रो #M7Challenge ल्याउनसक्छ?? मेरो विचारमा यो गाडी चलाउँदा फोनमा कुरा तथा टेक्स्ट नगर्नु भन्नका लागि राम्रो तरिका हुनसक्छ।
ओमारा रोनीले सडक प्रयोगकर्ताहरूको सम्मान गर्दै आफ्नो #M7Challenge फोटो मानिस हिड्ने बाटोछेउ खिचाए:
All are roads… showing respect to all road users. My #M7Challenge @UNRA_UG @roadsafety @KagutaMuseveni pic.twitter.com/3gd16lnFjv
— Omara Ronnie (@Ronnie_Ug) July 13, 2016
सबै सडक हुन्… सडक प्रयोगकर्ताहरूको सम्मान गर्दै। मेरो #M7Challenge @UNRA_UG @roadsafety @KagutaMuseveni
आइअफ्रिकनले मुसेभेनी फोनमा व्यस्त रहँदा पोर्चुगाली राष्ट्रिय टोली आफ्नो युरो २०१६को विजयोत्सव मनाउँदै गरेको देखायो:
“Haters are going to say it's photoshop”
📷 @mwanjalouis #M7Challenge pic.twitter.com/m1CPiPJF6u
— iAfrikan (@iafrikan) July 12, 2016
“आलोचकहरूले यो फोटोशप गरिएको हो भन्लान्।”@mwanjalouis #M7Challenge
माथियास वान्देराले मुसेभेनीका अगाडि जिम्बाब्वेका राष्ट्रपति रोबर्ट मुगाबे झुकेको तस्वीर पोष्ट गरे:
Museveni memes continue for another day?? Heehe 😂😂. Cool lets do this. #M7Challenge pic.twitter.com/ma6oHhKxp9
— Mathias Wandera (@Nva_Kampala_23) July 13, 2016
मुसेभेनीका मेमहरू अर्को दिनका लागि जारी छ?? हेहे सही कुरो लौ यो गरौं।#M7Challenge
ओरी ओकोलो म्वांगीले गेम अफ थ्रोन्सको पात्र भएको तस्वीर प्रस्तुत गरे।
Runner up. 😂 #M7Challenge pic.twitter.com/52yyzDsCoB
— Ory Okolloh Mwangi (@kenyanpundit) July 12, 2016
उपविजेता।#M7Challenge
बच्चाहरू पनि पछि परेनन्:
#M7Challenge has taken up another twist… pic.twitter.com/sZ8naXDKqd
— Ayella (@AyellaBryanLama) July 13, 2016
#M7Challengeले अर्को मोड लिएको छ…
यतिबेला माइकल क्वाम्बो यस चुनौतिमा आफ्नो पालो पर्खदै छन्:
Guys…please let me know when its my turn for the #M7Challenge ..let me patiently wait… pic.twitter.com/NbeoXDCH1E
— Michael Kwambo ™ (@michaelkwambo) July 13, 2016
केटाहरू हो… कृपया #M7Challengeका लागि मेरो पालो कहिले आउँछ भन है… मलाई धैर्यतापूर्वक पर्खन देउ…