- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

एक अर्जेन्टिनी एनिमेटरले वास्तविक दुनियाका लागि कल्पना गरेको गेम अफ थ्रोन्सको टाइटल सिक्वेन्स

श्रेणी : ल्याटिन अमेरीका, अर्जेन्टिना, Humor, कला र संस्कृति, नागरिक मिडिया
GoTLatAm [1]

अर्जेन्टिनी एनिमेटर डामियान बोसोले लोकप्रिय श्रृंखला गेम अफ थ्रोन्सको सौन्दर्यताबाट प्रभावित भई कल्पना गरेको महाद्वीप। उनले युट्यूबमा सेयर गरेको भिडियोको स्क्रीनशट।

जर्ज आर आर मार्टिन [2]द्वारा लिखित वीरगाथामा आधारित सफल एचबिओ टिभी श्रृंखला गेम अफ थ्रोन्स [3]को अहिले छैंठौ सिजन चलिरहेको छ र यसले आफ्ना फ्यानहरूलाई प्रभावमा पार्न छाडेको छैन। उत्तर अमेरीका र ल्याटिन अमेरीकाभरि वफादार दर्शक रहेका यस श्रृंखलाले मध्य युगीन कल्पनाको दुनियामा उच्च घरानाको कथा देखाउँछ। यी परिवारहरू शक्तिमा रहन तथा आफ्ना शत्रुहरूलाई हटाउँनका लागि सकेजति जे पनि गर्दछन्। काल्पनिक परिवेश भए तापनि हाम्रो संसार र राजनीतिक षडयन्त्रका साथै मायालाग्दा र दुष्ट दुवै प्रकारका पात्रले भरिपूर्ण गेम अफ थ्रोन्सको दुनियामा समानता पाउँन गाह्रो छैन।

यस श्रृंखलाबाट कल्पना चुलिएका फ्यानमध्ये अर्जेन्टिनी थ्रीडी एनिमेटर डामियान बोसो हुन्। उनलाई खास गरेर गेम अफ थ्रोन्सका जमीनमुनिबाट निस्किने काल्पनिक भूमिसँगै घडीझै घुम्ने मशिन भएको एनिमेट गरिएको टाइटल सिक्वेन्सले प्रभावित पार्यो। त्यसपछि डामियानले अर्जेन्टिनाका लागि सो सिक्वेनस पुनर्सिर्जना गरे र त्यसपछि ल्याटिन अमेरीकाका लागि। अहिले उनी हाम्रो समकालीन दुनियाका अन्य भूभागमा विस्तार गर्दैछन्।

ग्लोबल भ्वाइसेजसँगको छोटो कुराकानीमा उनले भने:

Vi la intro y lo primero que pensé es en hacer una versión ambientada en mi país (Argentina). Arranqué con la ciudad Buenos Aires (ciudad en donde vivo) con la idea de ir expandiéndolo.

मैले इन्ट्रो हेरे र सबभन्दा पहिले मेरो देश (अर्जेन्टिना)का लागि रुपान्तरित संस्करण बनाउने सोंच आयो। मैले पछि विस्तार गर्ने सोंचका साथ म बस्ने शहर ब्युनोस एअर्सबाट शुरु गरे।

El segundo fue el del conurbano bonaerense

दोश्रो राजधानी ब्युनोस एअर्स तथा यसका नगर क्षेत्र थिए।

…y luego el de toda la Argentina.

…र त्यसपछि सम्पूर्ण अर्जेन्टिना।

 Iba a dar por terminada la serie pero decidí expandirlo más. La cuarta fue la versión de Sudamérica.

म आफ्ना श्रृंखला अन्त्य गर्ने तर्खरमा थिए तर मैले यसलाई अझ विस्तार गर्ने निर्णय गरे। मैले चौंथो संस्करण सम्पूर्ण दक्षिण अमेरीकाका लागि बनाए।

Luego hice la de América del norte.

त्यसपश्चात् मैलै उत्तर अमेरीकाको बनाए।

Europa occidental (España, Alemania, Italia, Inglaterra, etc)

पश्चिमी युरोप (स्पेन, जर्मनी, इटाली, बेलायत, आदि)

…y Europa del este (Polonia, Russia, Ucrania, Etc)

…र पूर्वी युरोप (पोल्याण्ड, रूस, युक्रेन, आदि)

२१ औं शताब्दीका लागि पुनर्कल्पित टाइटल सिक्वेन्सलाई हेर्दा जति समय बदलिए पनि ती पूर्ववत् नै देखिन्छन्। शायद ती किल्लाहरू हराउँनेछन् तर त्यहाँ महात्वाकांक्षी ल्यान्निस्टर परिवार [4] र इज्जतका लागि लड्न तयार पुरातनवादी स्टार्क परिवार [5] सदैव रहिरहनेछन्। शक्तिको मादक आशामा र यसका लागि त्यहाँ हड्पिनेहरू, जासूसहरू, विश्वासघातीहरू, वफादार लडाकूहरूविरुद्ध लड्ने रानीहरू सदा रहिरहनेछन्।

अहिलेका लागि डामियानले अमेरीका र युरोपमात्र एनिमेट गरेका छन्, तर उनलाई थाहा छ उनको काम बल्ल शुरु हुँदैछ:

Aún me queda bastante mundo por animar pero calculo que terminaré en Dubai. (Amo Dubai)

संसारका धेरै भाग एनिमेट गर्न बाँकी छ तर मेरो अनुमानमा दुबईमा यसको अन्त्य हुनेछ। (मलाई दुबई मन पर्छ)

डामियान एशिया, अफ्रिका र ओसिनीयातिर जाने छन् कि छैनन्, हामीले यो हेर्न पर्खनुपर्नेछ। जे भएपनि यी वास्तकि दुनियाका केही ठाउँहरू र तिनका इतिहास ककेसस र डोर्थराकी वा इराकको उत्तरतिरको भेग र सेकेण्ड सन्सजस्ता काल्पनिक व्यक्ति तथा स्थानहरूसँग मेल खान्छन्।