प्रविधि, इन्जिनियरिङ र अविश्वसनीय आविष्कारहरूका प्रतीक पनामा नहर विस्तार

Canal de Panamá, imagen en Flickr del usuario Jose Jiménez (CC BY-SA 2.0).

पनामा नहर, तस्वीर: होजे हिमेनेज (CC BY-SA 2.0).

जुन २६,२०१६ का दिन एटलान्टिक पनामानियन तटमा पनामा नहर विस्तारको राजधानी लगायत धेरै प्रान्तहरुमा राष्ट्रिय झण्डा र संगीतको धुनबीच विद्यार्थी र बैंडद्वारा उद्घाटन गरिएको थियो। पनामाका राष्ट्रपति हुँआ कर्लोस भारेलाले यो दिनलाई “राष्ट्रको लागि ऐतिहासिक” भएको बताए

पनामा नहर मानव-निर्मित जलमार्ग हो जसले एटलान्टिक महासागरलाई प्यासिफिक महासागरसँग सबभन्दा साँघुरो स्थान इस्थ्मस अफ पनामामा जोड्दछ। यसको पुरा लम्बाई ७७ माइल छ साथै शुरुमा अगस्त १५,१९१४ मा उद्घाटन गरिएको थियो। सय वर्ष भन्दा पहिलेदेखि यस छोटो र एकदम सस्तो प्रमुख मार्गले त्यस क्षेत्रमा आर्थिक तथा व्यापारिक आदान प्रदानलाई छरितो बनाइदिएको छ। भरखरै खुल्ला भएको विस्तार परियोजना सम्पन्न गर्न करिब दस वर्ष लाग्यो।

चाइनिज पानी जहाज कोस्को शिपिङ पनामा पहिलो जहाज थियो जुन भर्खरै विस्तार गरिएको पनामा नहर हुँदै जलयात्रामा निस्क्यो। यस प्रकार एटलान्टिक वाटरशेडमा अवस्थित अगुवा क्लारामा यातायात शुरुवात भयो।

पनामा नहरको आधिकारिक वेबसाइटअनुसार, तेस्रो ट्रान्जिट लेन निर्माण गर्ने निर्णय अध्ययन र विश्लेषणमार्फत साथै यसको आफ्नो क्षमता दोब्बर गर्ने उद्देश्यका साथ आएको हो। वेबसाइटले विस्तार कार्यक्रमको ग्राफिक्स पनि देखाउँछ साथै फोटो र भिडियो समावेश छन्।

ट्विटरमा प्रयोगकर्ताहरूले नहरको नयाँ चरणको उत्सव मनाए जसले अमेरिकी महाद्वीपको दूरी छोट्याएको छ। केहिले अर्को परियोजनाको बारेमा कुरा गरे त्यो जे हुनसक्ने भएपनि:

अगाडि बढ पनामा। अब अर्को ठुलो परियोजनाको योजना बनाऔ। ट्रान्स इस्थ्मस ट्रेन बोकसदेखि दरिएनसम्म साथै शहर सुधार्नेछ।

केहि अन्यले वास्तविकतालाई विभिन्न युगहरुसँग तुलना गरेका छन्:

मैले भ्रमण गरेको पनामा नहर आज उद्घाटन भइरहेको तुलनामा अब सानो नहर हो।

त्यहाँ कोस्को शिपिङ पनामाको चित्रहरु पनि छन्, पहिलो जहाज जुन विस्तार गरिएको नहर हुँदै गएको थियो:

पहिलो पानीजहाज विस्तार गरिएको पनामा नहर हुँदै अगाडि बढ्छ

एक स्थानीय आउटलेटले मानिसहरु त्यहाँ भेला भएका देखाइएको एक पोस्ट गर्‍यो, साथै नहरले कसरी विश्वलाई परिवर्तन गर्‍यो भन्ने बीबीसीले स्मरण गर्‍यो:

कोकोलिका मानिसहरु कोस्को शिपिङ पनामा विस्तार गरिएको पनामा नहर हुँदै जलयात्रा गरिरहेको हेर्न प्रतिक्षारत छन्।

पाँच कुराहरु जुन पनामा नहरसँग विश्वमा परिवर्तन भए।

लुकेका खजाना

पनामा नहरको विस्तार कार्य भइरहेको दशकमा २,२०० भन्दा बढी पुरातात्विक वस्तुहरू फेला परे साथै वर्गीकृत गरिए। यसरी यसले इस्थ्मस अफ पनामाको पुर्व कोलम्बियाई समयको व्यावसायिक इतिहास बताउँछ:

Dientes, dagas, chimeneas, restos de puentes y cementerios abandonados por las compañías de Francia y Estados Unidos a principios del siglo pasado, evidencian el papel de tránsito humano que ha tenido Panamá.

गत शताब्दीको शुरुमा फ्रान्सेली र अमेरिकी कम्पनीहरुले छाडेर गएका दाँत, भाला, चिम्नी, पुल तथा चिहानको अवशेषले पनामा मानव ट्रान्जिट थियो भन्ने देखाउँछ।

विस्तार प्रक्रियाको विभिन्न चरणमा फेला परेका वस्तुहरूका वर्गीकरण गर्ने जिम्मेवार व्यक्ति टोमस मेन्दिजबलले भने “मैले यसलाई अनौठो पाएँ, […] अविश्वसनीय। पनामाको जंगलबीचमा हराएको एक सानो गाउँमा उत्खनन गर्नु र युरोपेली उत्पादनहरुका साथ मेक्सिकोको हस्तकला फेला पर्नु।”

सन् २०१४ देखि केहि मिडिया आउटलेटहरुले कार्य क्षेत्रमा पहाडहरुबाट हटाइएको माटोमा भेटिएका आश्चर्यजनक पुरातात्विक खजानाहरुको  विवरण दिए :

Durante las excavaciones, voladura de cerros y tala de espesa vegetación, se han hallado fósiles de unos 3.000 invertebrados y 500 vertebrados, y de más de 250 plantas, como las de un bosque consumido por el fuego de una explosión volcánica, precisó Hortensia Broce [bióloga especialista en paleontología de la Autoridad del Canal].
[…] también salieron fragmentos de objetos de la época precolombina, colonial, departamental […] y republicana […]. Trozos de vasijas de cerámica, puntas de flecha y parte de un ajuar funerario precolombino, una daga del siglo XVI, una chimenea de 1908, una colección de botellas, vagones y cubos para mezclar concreto de la época de construcción del Canal, aparecieron en zonas del Pacífico y el Atlántico.

उत्खननको क्रममा, पहाड उत्खनन गर्दा र बाक्लो वन हटाउँदा करिब ३,००० ढाड नभएका र ५०० ढाड भएका जीवाश्म फेला परे, साथै ज्वालामुखी विस्फोटको आगोको कारण खरानी बनेको जंगलबाट २५० भन्दा बढी वनस्पति पाइएको होर्तेन्सि ब्रोस [ जीव विज्ञ, नहर प्राधिकरणका जीवाश्म विज्ञान विशेषज्ञ ] ले बताए।

पुर्व-कोलम्बियाई, औपनिवेशिक, विभागीय तथा रिपब्लिकन कालका वस्तुहरुका टुक्राहरु पनि भेटिए। सेरामिक भाँडाका टुक्राहरु, तीर साथै पुर्व-कोलम्बियाई चिहानको भाग, १६ औ शताब्दीको भाला, १९०८ को चिम्नी, बोतलको संकलन, डब्बाहरु र बाल्टिनहरु नहर बनेदेखिको प्यासिफिक तथा एटलान्टिक दुवैतिर पाइए।

सन् २००९ मा मध्य अमेरिकी प्राइमेटको जीवाश्म दाँत पनि पाइयो। यस संकलनको अनुसंधान गरेका फ्लोरिडा विश्वविद्यालयको टोली नेता जोनथन ब्लोचले टिप्पणी गरे::

[…] estos son los dientes de un mono de Sudamérica que, de alguna manera, logró hacer lo que ningún otro animal pudo hacer en aquella época: cruzar la vía marítima de Centroamérica hacia la Norteamérica tropical hace 21 millones de años.

[…] यी दक्षिण अमेरिकी बाँदरको दाँत हुन् जसले करिब २ करोड १० लाख वर्ष पहिले कुनै तरिकाले मध्य अमेरिकी जलमार्गदेखि उत्तर अमेरिका पार गर्न सफलता हासिल गर्‍यो, अन्य कुनै पनि जनावर त्यो समयमा त्यसो गर्न सक्षम थिएन।

विस्तारको क्रममा संकलित वस्तुहरुका फोटो र भिडियो ट्विटरमा पनि थिए:

पनामा नहरको विस्तारको क्रममा पुरातात्विक खजानाहरु फेला परे।

पुरातात्विक खजानाहरु पनामा नहरको ऐतिहासिक “रद्दी” मा फेला परे।

पनामा नहरको विस्तारको क्रममा फेला परेका केहि पुरातात्विक संकलन देखिने यात्रा, जस्तै बोतल, हतियारहरु…

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.