- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

म्यानमारको उच्चभूमि क्षेत्रहरुमा एल निन्योको असर

श्रेणी : पूर्व एशिया, म्यान्मार (बर्मा), नागरिक मिडिया, प्रकोप, वातावरण
A child walks on the dried-up river bed of Thaminekham Dam near Aung Ban on April 28, 2016. Photo by Jpaing / The Irrawaddy [1]

आङ् बान नजिकै थामिनेखम ड्यामको सुक्खा नदी किनारमा हिँड्दै एकजना बालक, अप्रिल २८,२०१६। फोटो: जपैङ/एर्रावाडी

यो लेख [2] म्यानमारको एक स्वतन्त्र समाचार वेबसाइट द एर्रावाडीबाट लिइएको हो र ग्लोबल भ्वाइसेजमा सामग्री साझेदारी सम्झौता अन्तर्गत पुन:प्रकाशित गरिएको छ।

शान स्टेटको उच्च क्षेत्रहरु खास रुपले रुखो मध्य तथा तल्लो म्यानमार क्षेत्रहरुभन्दा चिसो हुन्छन्, यद्यपि यस वर्ष देशको अन्य भागहरुमा जस्तै यसले असामान्य शक्तिशाली एल निन्यो [3]को मौसमी ढाँचा भोग्नुपरेको छ।

दक्षिणी शान स्टेटमा घरेलू प्रयोग साथै खेतीको लागि वर्षाको पानी संकलन गर्न स्थानीय समुदायद्वारा प्रयोग गरिने पानीका मुहानहरू र तालहरु फेब्रुअरीदेखि सुकेका छन्। धेरै गाउँलेहरुले अघिल्ला वर्षहरुमाभन्दा अझ पानीको अभावको सामना गर्नुपर्‍यो। ले गाउँग गाउँ, कलव बस्तीको प्रमुख तुन क्यी आफ्नो क्षेत्रको स्थितिबारे भन्छन्:

The lake near our village dried up two months ago. Last year, we were able to use water from there until March.

हाम्रो गाउँ नजिकको ताल दुई महिना पहिले सुक्यो। गत वर्ष हामीले मार्चसम्म त्यहाँको पानी प्रयोग गरेका थियौं।

पानीको अभावसँग जुध्न केहि स्थानीय परोपकार संस्था जस्तै ब्राइटर फ्युचर म्यानमार फाउण्डेशनले गाउँमा पिउने पानी वितरण गर्न शुरु गरेको छ। शान स्टेटको अति प्रभावित क्षेत्रहरुमा इनारहरु निर्माण गर्ने एक मात्र फाउण्डेशनले सन् २०१४ देखि म्यानमारको सरकारसँग सहकार्य गरिरहेको छ, मुख्य रूपले चूनढुङ्गा भएको शान पठारमा प्वाल पार्न मेसिन प्राप्त गरिरहेको छ। फाउण्डेशनका अनुसार यसले भरखरै आफ्नो नयाँ प्वाल पार्ने उपकरण किन्न अमेरिकन डलर १५ लाख खर्च गरेको छ साथै उनीहरुले अहिलेसम्म शान स्टेटमा १०० भन्दा बढी इनारहरु खनेका छन्।

A dried-up pond in Pindaya Township in Southern Shan State on April 28. Photo by Jpaing / The Irrawaddy [4]

दक्षिणी शान स्टेटस्थित पिन्डाया बस्तीमा एउटा सुक्खा पोखरी, अप्रिल २८। फोटो: जपैङ/एर्रावाडी

Villagers of Lel Gaung in southern Shan State collecting water from a water bowser sponsored by Brighter Future Maynmar Foundation’s water project. Photo by Jpaing / The Irrawaddy [5]

दक्षिणी शान स्टेटस्थित ले गाउँगको गाउँलेहरु ब्राइटर फ्युचर म्यानमार फाउण्डेशनको पानी परियोजनाद्वारा प्रायोजित पानी टन्कीबाट पानी संकलन गर्दै। फोटो: जपैङ/एर्रावाडी

Members of Brighter Future Myanmar Foundation distributed water at Naung Bote village near Taunggyi. Photo by Jpaing / The Irrawaddy [6]

ब्राइटर फ्युचर म्यानमार फाउण्डेशनका सदस्यहरुले ताउङ्ग्यी नजिकै नौङ बोटे गाउँमा वितरण गरे। फोटो: जपैङ/एर्रावाडी

A man fills water at a community water tank in Aung Ban. Photo by Jpaing / The Irrawaddy [7]

एकजना मानिस आङ् बानस्थित सामुदायिक पानी टन्कीमा पानी भर्दै। फोटो: जपैङ/एर्रावाडी