
विरोध स्वरुप शहरका विभिन्न शालिकहरु फेस मास्कले ढाकिएका थिए। फोटो:सर्जिओ गोन्जालेज, अनुमति लिएर प्रयोग गरिएको
मार्च २०१६ देखि कोलम्बियास्थित मेडेजिन शहर वायु प्रदूषणले प्रभावित भएको छ। यो वातावरणीय समस्या एल निन्यो मौसमी प्रकृया, कार पार्किङ्गमा वृद्धि र शहरको आफ्नो भौगोलिक अवस्थिति जस्ता विभिन्न कारणले गर्दा भएको छ। यो शहर उपत्यकामा रहेको कारणले गर्दा धुँवा पहाडको बीचमा फँस्दछ।
ऐतिहासिक उपनाम ‘सदाबहार बसन्तको शहर’ भनेर चिनिने मेडेजिनलाई वेब प्रयोगकर्ताहरुले चाडै व्यंग्यात्मक रुपले #Medehollín पुन:नामाकरण गरे, “होलिन” को अर्थ “कालो मोसो” हुन्छ। कालो मोसोलाई स्पेनिस भाषामा विकिपेडियाले यसरी परिभाषित गरेको छ:
…partículas sólidas de tamaño muy pequeño, desde unos 100 nanómetros (100 nm) hasta 5 micras (5 μm) como máximo. En su mayoría compuestas de carbono impuro, pulverizado, y generalmente de colores oscuros más bien negruzcos resultantes de la combustión incompleta de un material (madera, carbón, etc). Su aspecto es similar a la ceniza pero con un tono más negro.
…१०० न्यानोमिटर ( १०० nm ) देखि बढीमा ५ माईक्रोन ( ५ um ) सम्मका मसिना ठोस वस्तुहरु। मुख्यतया अशुद्ध कोइलाबाट बनेको, धुलो र सामान्यतया कालो रङको वा पूर्ण रुपमा नजलेको पदार्थ (काठ, कोइला आदि) बाट कालो भएको। यो खरानी जस्तै देखिन्छ, तर कालो रङको हुन्छ।
यस घटनाले यस्तो हलचल ल्याइदियो कि राज्यको एक राष्ट्रिय समाचारपत्र रेविस्ता सेमनाले ह्याशट्यागको स्रोत उल्लेख गर्दै एउटा लेख प्रकाशित गर्यो।
Así nació el hashtag ‘#MedeHollín‘ –> https://t.co/Fml6WWAXOY (foto vía @JFValenciaF) pic.twitter.com/u47pKp9SFw
— Revista Semana (@RevistaSemana) April 4, 2016
कसरी ह्याशट्याग ‘#Medehollín’ भयो
यद्यपि केहिले यसलाई मनोरन्जक माने पनि शहरका मेयर फेदेरिको गुटिरेजले मेडेजिनलाई यसरी नामाकरण गरेर “बदनाम” हुनबाट तुरुन्त रोक्नु पर्दछ भन्ने आव्हान गरे।
Señores @RevistaSemana con todo respeto. Estamos viviendo una emergencia ambiental. Somos #Medellín NO #Medehollín . De esta también salimos
— Federico Gutiérrez (@FicoGutierrez) April 3, 2016
@RevistaSemana का महिला तथा सज्जनवृन्द, दु:खका साथ भन्नुपर्दा हामी सबैले वातावरणीय विपद झेल्दैछौं। हामी #Medellín हौं #Medehollín होइनौं। हामी यसमा सफल हुनेछौं।
नागरिक टिकाटिप्पणी वातावरण बचाऔं आव्हान, मास्कको प्रयोग गरेर बच्ने तथा साइकलको प्रयोगदेखि लिएर हाल भइरहेका गतिविधिका ताजा जानकारी प्रकाशन गर्नेसम्मका छन्।
मेडेजिनको प्रतिकृया
हुआँ हरेराजस्ता मेडेजिनवासीले सोचेअनुसार समस्या उनीहरुको आफ्नै वातावरणप्रतिको वेवास्ताको कारण भएको हो:
No hacen falta las palabras. #Medehollin lo siento mucho, esta gente no te quiere como tanto dicen. pic.twitter.com/QvUpceFkqG
— Juan Herrera (@herrerajuans) April 1, 2016
केहि भनिराख्नु पर्दैन। #Medehollín म दु:खी छु, यी मानिसहरुले भनेजस्तो तिमीलाई माया गर्दैनन्।
यसै बीच, दानिएल उरेले अनिच्छापूर्वक मास्क लगाएको फोटो इन्स्टाग्राममा प्रकाशित गरे:
नयाँ खेलौना। मनोरन्जक हैन: अति आवश्यक। क्रोध। #Medehollín
दानिएल सुअरेजले शहरमा श्वासप्रश्वासको कारणले हुने मृत्युमा वृद्धि भएको छ भन्दै सेयर गरे:
En #Medehollin se dispararon las muertes por enfermedades respiratorias, causantes por contamina pic.twitter.com/XzUJn5NW2q
— Daniel Suárez (@Danielsuarezvoz) 14 de abril de 2016
#Medehollín मा श्वासप्रश्वासको विरामीले हुने मृत्यु प्रदूषणको कारण बढिरहेको छ।
चेन्ज डट ओआरजीमा शहरवासीको यस अवस्थाको प्रतिकृयाबारे निवेदन पत्र बुझाउने काम पनि भएको छ। निवेदन पत्रको वर्णनमा, यसका निवेदक पाब्लो मोन्तोयाले मेडेजिनमा प्रदूषण संकटको पछाडि वातावरणीय, आर्थिक, सरकारी र सामाजिक कारणहरुलाई खुलाएका छन्।
Para mí, una de las razones principales de esta crisis, no solo ambiental sino también social, es la gran cantidad de carros y motocicletas que entran a Medellín y sus municipios aledaños.
Cantidad que hace tiempos excedió, y con demasía, las capacidades mismas que tiene nuestro espacio para enfrentarla. Se sabe que el arribo del flujo automotriz se hace sin ningún control, o con controles pírricos en los que están directamente comprometidas la empresa privada y las autoridades estatales. No es necesario describir ahora este contubernio corrupto que solo funciona en aras de enriquecer a algunos.
मेरो निम्ति यस संकटको सबभन्दा ठुलो कारण मेडेजिन र यसको छिमेकी शहरहरुमा ठुलो संख्यामा भित्रिने कार र मोटरसाइकल हो। संकट वातावरणीय मात्र नभएर सामाजिक पनि हो।
जब यो संख्या बढ्छ नि:सन्देह हाम्रो क्षमताले हल गर्नुपर्दछ। थाहा भएकै कुरा हो यातायातको प्रवाह कसैको नियन्त्रणबिना हुन्छ वा ठुलो मुल्य तिरेपछि नियन्त्रित हुन्छ जहाँ निजी उद्योग र राज्य अधिकारीबीच सीधा सम्झौता हुन्छ। यस्तो भ्रष्ट षडयन्त्रले केहि मानिसलाई मात्र धनी बनाउँदछ।
‘कृपया मेडहोलिनवासी नबनाउँनुहोस्’
विरोधस्वरुप विभिन्न मुर्तिहरुमा फेस मास्क राखिए:
¡Me encanta esto! La ciudad le pide al Alcalde que tome decisiones reales y valientes. #RespiraVida #Medehollín pic.twitter.com/C7xvmGAvU0
— María (@MarieMontoya) April 8, 2016
मलाई यो मन पर्यो ! शहरले मेयरलाई वास्तविक र साहसी निर्णय लिन अनुरोध गरिरहेको छ।
त्यसैगरी केही बसहरुमा “कृपया हामीलाई मेडहोलिनवासी नबनाउँनुहोस” भन्ने सन्देश टाँसिएका थिए:
#Medehollin se mueve por la ciudad. pic.twitter.com/TmfhR8Cpkk
— Óscar Marín (@oskymarin) 9 de abril de 2016
#Medehollin शहर हुँदै प्रस्थान गरिरहेको छ।
साथै SiCLas समूह साइकलको प्रयोग गर्न अभियान चलाइरहेको छ:
Saca la bici, no nos obligues a vivir en #Medehollín. Vamos #PedaleandoPorElAire de nuestras ciudades contaminadas pic.twitter.com/4KxCJHgCSy
— Colectivo SiCLas (@SiCLas) April 8, 2016
बाइक बाहिर निकाल्नुहोस्, हामीलाई #Medehollín मा बस्नु छैन। हिँड जाऔँ हाम्रा प्रदूषित शहरहरुदेखि टाढा ।
अन्त्यमा, वातावरणीय विपदले प्रश्न उत्पन्न गरायो: हामीले शहरमा मौजूदा यातायातलाई कसरी सोचेका छौं ? यातायात सचिवको ट्विटर मार्फत जवाफ:
“Nuestra prioridad es: 1ero el peatón, después el ciclista, luego el transporte público y por último el vehículo particular” @FicoGutierrez
— Secretaría Movilidad (@sttmed) April 8, 2016
“हाम्रो प्राथमिकता हो: पहिलो पैदलयात्री, त्यसपछि साइकलयात्री, त्यसपछि सार्वजनिक यातायात र अन्तमा निजी वाहन।”
अप्रिलमा उच्च प्रदूषण तह १ र २ का बावजूद सरकारले उपाय निकालेको छ जस्तै नो कार डे, शहरको मेट्रो सिस्टममा सित्तैमा पस्न मिल्ने र खुल्ला ठाउँमा गरिने गतिविधि। यद्यपि यो पोस्ट प्रकाशित भ्एको समयभित्र वातावरणीय विपद अन्त्य भइसकेको थियो, यो निश्चित छ कि यस विषयलाई स्थाई रुपमा सार्वजनिक एजेण्डामा समावेश गरिनुपर्दछ, ट्विटर प्रयोगकर्ता केन्नी वलेन्जुएलाले औँलाए जस्तै:
@FicoGutierrez Ojo, seguimos viviendo en #MedeHollin las medidas no pueden ser pasajeras ante una crisis ya situada.https://t.co/2tXbXlIAC4
— Kenny Valenzuela (@kennydelavega) 9 de abril de 2016
हेर्नुहोस् @FicoGutierrez, हामी अझै #MedeHollin मा बसिरहेका छौं, यहाँ पहिलेदेखि नै रहेको संकटका लागि उपायहरु अस्थायी हुन सक्दैनन्।