
ढाकामा रिक्शाहरू। तस्वीर साभार:blackthorne57, क्रियटिभ कमन्स लाइसेन्सअन्तर्गत प्रयोग गरिएको। (CC BY-NC 2.0)
बङ्गलादेशको राजधानी ढाका मस्जिद तथा मुगल वास्तुकलाका लागि प्रसिद्ध छ। खचाखच ट्राफिक भरिएको संसारकै सबैभन्दा बढी जनसंख्या भएका शहरहरूमध्येमा पर्ने ढाकाको अर्को पहिचान छ: रिक्शाहरूको शहर।
यी मानवचालित रिक्शाहरू ढाकामा यत्रतत्र देखिन्छन्। यस शहरमा अनुमानित ६००,००० रिक्शाहरू छन्, यद्यपि १००,००० भन्दा कम लाइसेन्सप्राप्त छन्। यसलाई सन् १९४१ को अवस्थासँग दाँजौ जतिखेर यहाँका सडकमा ३७ रिक्शाहरू मात्र थिए।

ढाकाका सडकहरू हरेक रंगका रिक्शाहरूले ढाकिएका छन्, यहाँको ट्राफिक समस्यालाई झन बल्झाउँदै। तस्वीर साभार: काजी मिन्हाजुर रहमान, क्रियटिभ कमन्स लाइसेन्सअन्तर्गत प्रयोग गरिएको।(CC BY-NC 2.0)
ढाकामा मुख्यतः समतल सडकहरू तथा साँघुरा गल्ली छन्। यहाँ सर्वसुलभ सार्वजनिक यातायात छैनन्। तुलनात्मक रुपमा भाडा कम भएका कारण रिक्शाहरूले यहाँ एक किसिमले राज्य गरेका छन्। यस कारण देशभरि रिक्शाहरूको संख्या धेरै छ, तर चहकिलो रंग पोतिएका रिक्शाका झुण्डले यहाँको ट्राफिक समस्या बढाएका छन्। सिड्नी साइकलिस्ट नामक फोरममा एक प्रयोगकर्ताले यस दृश्यलाई यसरी उल्लेख गरेका छन्:
When I say that rickshaws are everywhere, I do mean everywhere; aside from the sound of car-horns, the constant sonic backdrop is a chorus of tinkling bicycle bells and the tin carcases of empty rickshaws rattling over the uneven roads.
मैले रिक्शाहरू सबैतिर छन् भनिरहदा सर्वत्र भन्न खोजेको हुँ; कारका हर्नबाहेक पृष्ठभूमिमा निरन्तर बजिरहने साइकलका घंटीका टिनटिन तथा खाल्डाखुल्डी भएका सडकमा टिनका जर्जर रिक्शाहरूको ख्याटख्याटखुटखुट।
यहाँ एब्स्ट्र्याक्ट फिल्मस्ले युट्यूबमा अपलोड गरेको छोटो डकुमेन्ट्री हेर्नसक्नुहुन्छ। यसमा तीन फरक रिक्शाचालकलाई ढाकाका गल्लीहरूमा पछ्याइएको छ जहाँ उनीहरू आफ्ना जीवन र यस पेशाका चुनौतिबारे कुरा गर्छन्।
बङ्गलादेशमा रिक्शाहरूको आगमन सन् १९३० तिरको शुरुमा भयो। सन् १९३० तिरको शुरुसम्म ढाकामा रिक्शाहरू सबैले प्रयोग गर्ने यातायातको साधन थियो। आज पनि, यो सस्तो, वातावरणमैत्री, प्रदूषणमुक्त यातायातको साधनका रुपमा हजारौं मानिसका जीवन पद्धति बनेको छ। हाल ४०% मानिस रिक्शाद्वारा यस शहरमा आवत जावत गर्छन्।

रिक्शा कलाकारिता। तस्वीर साभार: अन्दुज ट्राभलर, क्रियटिभ कमन्स लाइसेन्सअन्तर्गत प्रयोग गरिएको।(CC BY-NC 2.0).
रिक्शाका शुरुवाती दिनमा यिनीहरूलाई सजाइन्नथियो। सन् १९६० तिर रिक्शाका पछिल्तिर सज्जात्मक बुट्टाहरू देखिन थाले। यो सजावट अहिले शहरी कलाको अभिन्न अंग बनेको छ। फिल्मी कलाकार, भूदृश्य, जनावरहरू, समकालीन राजनीतिक मामिला, तस्वीरहरू र यहाँसम्म कि ओसामा बिन लादेनसमेतले यस शहरका परिवहनमा रंग थप्ने काम गरेका छन्। “रिक्शा पेन्ट/आर्ट अफ बङ्गलादेश” नामक यस फेसबूक पेजले ढाकामा पाइने विभिन्न रङ्गीचङ्गी रिक्शाका बुट्टाहरूमा प्रकाश पार्दछ।
रिक्शा पेन्टिङ्ग विरोधमा पनि प्रयोग गरिएका छन्। यो कला रिक्शामा मात्र सीमित छैन। यसको फेशनमा पनि लोकप्रिय विषयवस्तुका रुपमा प्रयोग बढेको छ। रिक्शाका बुट्टाहरू अब साडी,सलवार कमीज तथा कुर्तीहरूमा पनि देखिन्छन्।

बाँकीका दिनको परिश्रमका लागि तरोताजा रहन एक रिक्शाचालक छोटो विश्राम लिंदै। तस्वीर साभार: मिर्जा फिर्दौस आलम, क्रियटिभ कमन्स लाइसेन्सअन्तर्गत प्रयोग गरिएको। (CC BY-NC 2.0).
यतिसम्म कि ढाकामा रिक्शाको कब्रिस्तानसमेत छ। तपाईंलाई पत्यार लागेन? यहाँ त्यसको फोटो हेर्नुहोस्:
Rickshaw graveyard Bangladesh ….. pic.twitter.com/NpY6I5dBYj
— Spooky Places (@SpookyPIaces) May 14, 2016
रिक्शाको कब्रिस्तान, बङ्गलादेश