चामल र मधुमेहको सम्बन्धले बढ्दो डर, सिंगापोरियनहरूलाई भात कम खान आग्रह गरिदैं

A bowl of white rice in a restaurant in Singapore. Photo by Charles Haynes. Source: Flickr, CC License

सिंगापुरको एक रेष्टुरेन्टमा पस्किएको एक कचौरा भात। फोटो: चाल्र्स हेयन्स। श्रोत: फ्लीकर, सिसि लाइसेन्स

मधुमेहको संभावित कारणको रूपमा गुलियो पेय पदार्थ भन्दा सेतो चामल धेरै खराब हुन सक्ने दावा गर्दै सिंगापुरको स्वास्थ्य प्रवर्धन बोर्ड (एचपिबि)ले आफ्नो देशका जनताहरूलाई स्वास्थ्यवर्धक प्रकारको चामल मात्रै खान आग्रह गरिरहेको छ।

यस देशमा भात प्रमुख खाना हुनुका साथै एशियाका धेरै भागहरूमा पनि प्रमुख खानाको रुपमा रहेको छ। सिंगापोरियनहरूले ग्रहण गर्ने क्यालोरीको औसत तीन भागको एक भाग चामल रहेको छ जबकि गुलियो क्यान्ड पेय पदार्थ केवल ३.५ प्रतिशत मात्रै रहेको छ।

एक कचौरा भातमा कार्बोहाइड्रेटको मात्रा सफ्ट पेय पदार्थ भन्दा दुई गुणा बढि हुन्छ भन्ने इन्फोग्राफिक्समार्फत देखाउँदै सो जानकारी मे महिनाको ६ तारिखमा स्ट्रेट टाइम्स अखबारले एचपिबि प्रतिवेदनबारे रिपोर्ट गर्यो।

यस समाचारले चिनी, अस्वस्थकर पेय पदार्थ र अन्य प्रशोधित खानाहरूसमेतमा ध्यान केन्द्रित नगरी यसको सट्टा भातविरुद्ध अभियान चलाएको भनी बोर्डको धेरै आलोचना हुनुको साथसाथै यसले गहन अनलाइन छलफल उत्पन्न गरायो। सिंगापोरियन र अधिकांश एशियनहरूले हजारौं वर्षदेखि भात खाइरहेको एचपिबिलाई स्मरण गराउँदै मधुमेहको कारण भातलाई मात्र दोष लगाउनु एक भ्रम भएको सो छलफलमा जनाए।

लेखक रिचार्ड सियाले उस्तै आशयमा लेखे:

Rice and other grains have been eaten by humans as their main food for over 10,000 years.

It was only after the Industrial Revolution less than 300 years ago that sugar became more affordable and entered the mainstream diet. And only in the last 50 years or so that sugar consumption rose sharply.

So throughout most of human history, average sugar consumption was near zero. In modern societies today, sugar consumption is as high as 70 kg per person per year. This sharp rise in sugar consumption – along with a rise in the consumption of food chemicals and artificial foods – corresponds with the rise in modern degenerative diseases.

To say that rice is worse than sugar is simply ludicrous.

विगत दश हजार वर्षदेखि मानिसहरूले चामल र अन्य अन्नहरू प्रमुख खानाको रुपमा खाएका छन्।

३०० वर्षभन्दा कम वर्षअगाडिको औद्योगिक क्रान्तिपछि मात्रै चिनी धेरै किफायती भयो र प्रमुख आहारको रुपमा प्रवेश गर्‍यो। र विगतको लगभग ५० वर्षमा चिनीको खपत अत्याधिक मात्रामा वृद्धि भयो।

त्यसैले पूर्णतया धेरै मानव इतिहासमा चिनीको औसत खपत करिब शून्य थियो। तर आजको आधुनिक समाजमा चिनीको खपत धेरै भन्दा धेरै ७० केजी प्रति व्यक्ति प्रति वर्ष हुनआउँछ। यस चिनी खपतमा अत्याधिक वृद्धि हुनुसँगसँगै कृत्रिम खाना र रसायनयुक्त खानाको खपतमा पनि वृद्धि हुनुले यसै अनुरुप आधुनिक अपकर्षक रोगहरूसमेत वृद्धि भइरहेका छन्।

चिनीभन्दा चामल खराब भन्नु केवल हाँस्यास्पद हुनेछ।

पूर्व पत्रकार इयान टानको विचारमा सनसनीपूर्ण शीर्षक र भ्रामक इन्फोग्राफिक्स प्रकाशित गर्नु गैरजिम्मेवार हुनु हो, उहाँले भन्नु भयो:

Now that there is news or talk that rice is bad for you, many people will just go to the extreme and stop eating rice. Then when their health goes awry, they blame everything but their hysteria, ignorance and inability to think or research for themselves.

Don’t even start considering such silly ideas like substituting soft drinks for rice, despite what a newspaper infographic may imply. You will just get fatter and dead faster than you’ve ever feared.

भात तपाईंको लागि खराब छ भन्ने जुन अहिले हल्ला अर्थात समाचार छ, धेरै मानिसहरू अत्यन्तै कठोर हुनेछन् र भात खान बन्द गर्नेछन्। त्यसपछि जब तिनीहरूको स्वास्थ्य बिग्रिनेछ, तिनीहरूले आफ्नो हिस्टेरिया, अज्ञानता र आफ्नालागि सोचविचार अथवा अन्वेषण गर्ने असमर्थताबाहेक सबैलाई दोष दिनेछन् ।

अखबारमा प्रकाशित गरिएको जुनसुकै इन्फोग्राफिक्सका वावजुद भातलाई सफ्ट पेय पदार्थले प्रतिस्थापन गर्ने जस्ता मुर्ख बिचार अर्थात धारणा कहिल्यै नपाल्नुहोला। तपाईंले चिताएको भन्दा धेरै चाडो मोटाउनु हुनेछ।

भात बनाम चिनीको बारेमा भएको अनलाइन बहसमा प्रतिकृया दिंदै एचपिबिले भात एक मात्रै मधुमेहको कारण होइन र मानिसहरूलाई भात खान छोड्नुहोस् भनेको होइन भन्ने कुरा स्पष्ट पार्यो। सेतो चामलको खाना कम खाँदा मधुमेहको जोखिम पनि कम हुने जानकारी आम जनतामा केवल सुझाव मात्रै दिइएको भन्दै एचपिबिले प्रष्ट गरेको छ। एचपिबिले वैकल्पिक स्वास्थ्यवर्धक खानाको रुपमा ब्राउन चामलको खाना खान पनि सुझाव दियो। तर केहीले सामाजिक सञ्जालमा ब्राउन चामल धेरै महँगो भएको र यस्तो चामल किन्न गरिब घरपरिवारहरू निरुत्साहित हुनसक्ने टिप्पणी गरे।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.