यो लेख PRI.org मा मे १८, २०१६ मा प्रकाशित भएको थियो र यहाँ सामग्री साझेदारी सम्झौताअन्तर्गत पुनःप्रकाशित गरिएको छ।
यस हप्ता फिक्शनका लागि म्यान बूकर अन्तर्राष्ट्रिय पुरस्कार घोषणा गरियो, र यसपल्ट दक्षिण कोरियाली लेखक हान काङले आफ्नो उपन्यास “द भेजिटेरियन”का लागि सो पुरस्कार प्राप्त गरिन्।
यो उपन्यास आफू रूखमा परिवर्तित भइरहेको ठान्ने एक महिलाको कथामा आधारित छ। समीक्षकहरूले सो कथालाई “काव्यात्मक तथा करुणात्मक” भनेका छन्। साथै यो अत्यधिक कामोत्तेजक पनि छ।
तर धेरैले यस किताबका बारेमा मात्र कुरा गरिरहेका छैनन्। यसका अनुवादकको उतिकै चर्चा भइरेको छ।
यस उपन्यासको उत्कृष्ट अनुवाद गर्ने २८ वर्षे ब्रिटेनवासी डेबोराह स्मिथले छ वर्षअघि मात्र कोरियाली भाषा सिक्न शुरु गरेकि थिइन्। त्यसो भए उनले सो किताब कसरी त्यति राम्ररी अनुवाद गर्न सकिन् त?
“यदि तपाईं मलाई यसको रहस्य सोध्नुहुन्छ भने, म पति तपाईं जतिकै अनभिज्ञ छु,” उनी भन्छिन्। “अहिले फर्केर हेर्दा मैले लगभग प्रत्येक शब्द शब्दकोशमा हेरे होला। यो शायद अतिशयोक्ति होला तर कति बेला यस्तै लाग्ने गर्दथ्यो। यसो हेर्दा हिमाल चढे झै।”
उनी भन्छिन् कोरियालीमा उनको नयाँपन वास्तवमा वरदान थियो। “मलाई थाहा थियो मैले हरेक चीजलाई दोहोरो जाँच गर्नुपर्छ र अतिरिक्त सतर्क हुनुपर्छ,” उनी भन्छिन्। “मैले केही शब्दका शब्दकोशमा भएका अनुवाद ठिक हो कि होइन भनी हेर्नुपरेको थियो।”
साथै, साहित्यको सन्दर्भमा प्रत्यक्ष अनुवाद सधैं सही हुदैन। “शाब्दिक रुपमा समान भए पनि यदि तपाईंले साहित्यिक प्रभावको लक्ष्य लिनुभएको छ भने त्यो शब्द ठिक नहुनसक्छ,” उनी भन्छिन्।
स्मिथले एक कोरियाली साथीको मद्दत पनि पाइन्। उनीसँगैको विद्यावारिधी गरिरहेका उनका साथीलाई उनले धेरै झर्कोलाग्दो प्रश्न गरिन्, उनी भन्छिन्। (ती अनुवादका बदलामा स्मिथले उनका साथीका पाठ्यक्रममा प्रूफशोधन गरिदिन्थिन्।)
यस पुस्तकको गद्यले अंग्रेजीमा आफ्नो प्रभावकारिता कायम राखेको छ, तर साथै यसले अझै गाह्रो परिक्षा पास गरेको छ: स्मिथ भन्छिन् कोरियाली तथा अंग्रेजी दूवै भाषा फरर बोल्ने जो कोहिले पनि यो अनुवाद एक गैरआदिवासीले गरेको भनेर छुट्याउन सक्दैनन्। “कसैले पनि यो पढेर यसमा टिप्पणी गरेको छैन,” उनी भन्छिन्। “मेरोे कथा अरु च्यानलमार्फत थाहा पाएर मानिसहरूले यसबारेमा अवश्य पनि कुरा गर्छन्। तर अनुवादको सशक्तता तथा साहित्यिक अनुवादको सीप तपाईं लक्षित भाषा कति राम्रो जान्नुहुन्छ भन्नेमा भर पर्छ न कि तपाईं स्रोत भाषामा कति पोख्त हुनुहुन्छ।”
स्मिथका अनुसार अंग्रेजी राम्ररी जान्नु र त्यसलाई कोरियाली उपन्यासको शैली तथा अभिव्यक्तिलाई पुनर्सिर्जना गर्नमा लगाउनु नै मुख्यतया सफलताका आधार हुन्। यस सीपका लागि उनी अति निपुण छिन्। उनी वर्षमा २०० किताब जति पढ्छिन्। “र मैले सम्झेसम्म मैले धेरै अध्ययन गर्ने गरेकि छु,” उनी भन्छिन्। “त्यसैले म पूर्णतया आश्वस्त थिए।”
“द भेजिटेरियन” स्मिथले पढेका अन्य किताबभन्दा भिन्न थियो र उनले सन् २०१३ मा यसका प्रकाशकलाई अनुवादका लागि सम्पर्क गरेकि थिइन्। “मेरो विचारमा यो समकालीन कोरियाली साहित्यको चाखलाग्दो पक्ष हेर्नसकिने किताबहरूमध्ये एक हो। यो अन्य धेरै देशका [साहित्य]भन्दा पूर्णतया विशिष्ट छ,” उनी भन्छिन्।
र त्यसैले पनि उनले आफूले राम्ररी बोल्न नजान्ने भाषाको यस परियोजनामा हात हालिन्। “मेरो विचारमा अनुवादको मुख्य उद्देश्य कुनै पनि भाषा वा सँस्कृतिमा पहिला नभएका कुराहरूलाई उपलब्ध गराउनु हो।”
“द भेजिटेयिन”को एक अंश यहाँ हेर्नुहोस् :