- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

प्रकृतिबाट प्रेरित हुन किर्गिजस्तानको इस्सीक-कुलतिर घुम्न जाऔं

श्रेणी : मध्य एशिया र काकेशस, किर्गिजस्तान, नागरिक मिडिया, यात्रा
Flickr image uploaded by Maximus Shoots.

म्याक्सिमस शूट्स [1]द्वारा फ्लीकरमा अपलोड गरिएको तस्वीर।

किर्गिजस्तानका तिएन-शान पहाडका गाढा नीलो आँखा (इस्सीक-कुलको उपनाम) र त्यस वरपरका भूदृश्यहरू पूर्व सोभियत संघका छुट्टी मनाउनेमाझ धेरै अघिदेखि लोकप्रिय रहेको छ। अब उनीहरूसँग उपयुक्त प्रचारात्मक भिडियो छ।

किर्गिजस्तानको पूर्वीय भेग इस्सीक-कुलमा टिटिकाका तालपछिको संसारकै सबैभन्दा ठूलो पहाडी ताल रहेको छ। यो ताल यसका तटहरू र जुलाईको शुरुदेखि सेप्टेम्बरको शुरुसम्मको छोटो पौडी खेल्नेबेलाको चिसो पानीका लागि औधि मन पराइन्छ।

तर कजाखस्तानअवस्थित क्रिएटिभ कलेक्टिभ फोटोसफारी डट केजेडले निर्माण गरेको भिडियोअनुसार यस क्षेत्रसँग माथि भनेकोभन्दा धेरै थोक छ, खास गरेर तपाईं दुईपांग्रे सवारीका साथ हुनुहुन्छ भने। यी दृश्यसँगै रमाउनुहोस्!