- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

बङ्गलादेशको यस ‘इकोकूलर'ले बिजुलीबिना नै गर्मी भगाउँछ

श्रेणी : दक्षिण एशिया, बंगलादेश, Good News, Ideas, अर्थशास्त्र र व्यापार, नागरिक मिडिया, प्रविधि, विकास
Making of an eco cooler. Screenshot from YouTube Video [1]

इकोकूलर बनाउँदै। युट्यूब भिडियोको स्क्रीनशट।

बङ्गलादेशको तातो, नमी र आद्र्रता भएको उष्णप्रदेशीय जलवायु गर्मी याममा ४५ डिग्री सेल्सियससम्म (११३ डिग्री फरेनहाइट) पुग्ने गर्दछ। ग्रामीण बङ्गलादेशका धेरैजसो जनता जस्तापाताका छाप्रोमा बस्छन् जुन टन्टलापुर घाममा अति भयानक तवरले तात्ने गर्छन्। धेरैजसो घरहरूमा पंखाजस्ता चिसो पार्ने उपकरण चलाउनका लागि बिजुली हुँदैन।

एक सामाजिक उद्यमले यस समस्याकालागि कम खर्च लाग्ने समाधान सुझाएको छ। ग्रे ढाका (न्यूयोर्कअवस्थित विज्ञापन एजेन्सी ग्रेको बङ्गलादेशी शाखा) र ग्रामीण इन्टेल सोसल बिजनेस [2] ( ग्रामीण ट्रष्ट तथा इन्टेलद्वारा सिर्जित सामाजिक व्यवसाय र सूचना प्रविधि कम्पनी) मिलेर इकोकूलर बनाए।

यो गजबको छ! बढ्दो गर्मीको समाधान बिजुलीबिना चल्ने बङ्गलादेशको #EcoCooler [3] हुनसक्छ।

यो इकोकूलर [1] कार्डबोर्ड र बङ्गलादेशमा जताततै पाइने प्रयोग गरिएका प्लास्टिकका बोतलबाट बनाइन्छ। कार्डबोर्डमा प्वाल पारेर ती प्वालहरूमा प्लास्टिकका बोतल फिट गरिन्छन्। (यसअगाडि बोतलको तलतिरको भाग काटेर फालिन्छ।) हावा जब चौडा भागबाट प्रवेश गर्छ र साँघुरो भाग भएर घरमा पुग्छ यो निकै नै चिसो भइसकेको हुन्छ। यस इकोकूलरले छोटो समयमै तापक्रमलाई ५ डिग्री सेल्सियससम्म (९ डिग्री फरेनहाइट) कम गर्नसक्छ [7] र यसले अवस्थालाई फरक पार्नसक्छ।

इकोकूलर: बङ्गलादेशी नौलो सिर्जना: तातो हावा बोतलमा प्रवेश गर्छ, घाँटीमा साँघुरिन्छ, कोठामा पुग्नुअघि हावा चिसो हुन्छ!

यो प्रविधि एकदम सरल छ। इन्टरनेट प्रयोगकर्ताहरूले निःशूल्क डिजाइन डाउनलोड [10] गर्नसक्छन् र घरका लागि इकोकूलर बनाउनसक्छन्। तलको भिडियो [11]ले इकोकूलर बनाउने प्रक्रिया वर्णन गर्दछ:

सम्बित चक्रवर्ती [12] फेसबूकमा लेख्छन्:

An amazingly simple idea..making lives better for millions in Bangladesh.

अचम्मको सरल उपाय… लाखौं बङ्गलादेशीको जीवन सुगम बनाउँदै।

ए. आर. मशरुर हसन मुकुट [13] भन्छन्:

Absolutely Brilliant idea!! so easy and simple to execute!! we all should spread this idea out among those who need this !!

नितान्त उत्कृष्ट उपाय!! कार्यान्वयन गर्न अति सरल र साधारण!! हामी सबैले यसलाई अभावग्रस्तमाझ पुर्याउनुपर्छ!!

Instructions to make the eco-cooler is available in its website [10]

इकोकूलर बनाउने जानकारी यसको वेबसाइटमा उपलब्ध छ

यसको पहिलो प्रोटोटाइप मार्च २०१५ मा स्थापित गरिएको थियो र यो फेब्रुअरी २०१६ सम्ममा लोकार्पणका लागि तयार थियो। कर्पोरेट सोसल रेस्पन्सिबिलिटि (सामाजिक दायित्व) परियोजनाअन्तर्गत बङ्गलादेशका निल्फामरी, दौलतदिया, पटुरिया, मोदोनहाटी र खालेया गाउँहरूका हजारौं घरहरूमा इकोकूलरहरू निःशूल्क जडान गरिएका छन्। यस उद्यमले मानिसहरूलाई यी उपकरणहरू कसरी बनाउने [7] तथा त्यसपश्चात् अरुलाई त्यही सिकाउन सिकाउँदैछ।

एक सेकेण्डका लागि #startups [14] तथा #monetization [15]काबारे बिर्सिदिनुस्, हामीलाई #ecoCooler [16] जस्ता चमत्कार गर्नसक्ने आइडियाको आवश्यकता छ

कच्चा पदार्थ जताततै सजिलैसँग उपलब्ध छन्, र इकोकूलरहरू संसारभरिका धेरै देशहरूमा किफायती तथा वातावरणमैत्री चिस्याउने समाधानका रुपमा प्रयोग गर्नसकिनेछ।

यो इकोकूलरले कति राम्ररी काम गर्छ भन्नेबारे अनलाइनमा स्वतन्त्र समीक्षा सजिलै उपलब्ध भएको जस्तो लाग्दैन, तर यदि तपाईंले यो बनाउनुभएको छ वा परिक्षण गर्नुभएको छ भने हामीलाई भन्नुहोस्।