गैरकानुनी हुनुका वावजूद भारतमा तल्ला जातिहरू खुला हातले मानव मलपदार्थको सरसफाइ गर्दै

Manual scavenging is illegal in India. Yet, the practice continues to exist in pockets. Image courtesy UNICEF India

भारतमा खुला हातले फोहरमैला सरसफाइ गर्नु गैरकानुनी हुनुका वावजूद यसलाई निरन्तरता दिईएको पाइन्छ । उत्तर प्रदेशको मोरादाबाद जिल्लामा यी महिला मानव मलपदार्थ फ्याक्न लैजांदैछिन् । फोटो सौजन्य: युनिसेफ भारत।

करिब १ अरब जनता, अथवा विश्वव्यापी जनसंख्याको १५ प्रतिशत जनसंख्यामा खुल्ला ठाउँमा दिशा गर्ने चलन छ र यिनीहरूमध्ये धेरै भारतमा बस्छन्। भारतको भेदभावपूर्ण जातीय प्रणालीले सरसफाइको अभ्यासलाई अधिक मात्रामा प्रभावित गरेको छ, कमजोर पारेको छ। उचित ढलनिकास प्रणालीहरूको अभावमा खुला हातले मानव मलपदार्थ फ्याक्ने काम सबै भन्दा तल्लो वर्गका दलितहरुलाई तोकिएको थियो, जसले गर्दा उनीहरुलाई “अछूत” नाम दिइयो । फोहरमैला व्यवस्थापन प्रणालीको सुधार र दशकौको अभियानपछि भारतीय विधायकहरूले सन् २०१३ मा सुख्खा शौचालय, खुला ढल र नालीहरुबाट मानव मलपदार्थ सोहोर्ने, उठाउँने र खुला हातले फ्याक्ने व्यक्तिगत रोजगारीको अभ्यासलाई गैरकानुनी घोषित गर्दै “खुला हातले सरसफाइ गर्नेहरूको रोजगारमा निषेध र तिनीहरूको पुनर्उद्धार ऐन” पारित गरे।

सन् २०१५ मा एसियाली मानव अधिकार आयोगको एक प्रतिवेदन अनुसार भारतमा धेरै ग्रामीण घरपरिवारहरू खुला हातले गरिने सरसफाइलाई निरन्तरता दिईरहेका छन् र यस अभ्यासको निरन्तरता गरीबीभन्दा पनि जातीय भेदभाव सहनाले जारी रहेको पाइएको छ।

संजय कुमार चौधरी काउन्टरकरेन्ट्समा लेख्छन्:

Manual scavengers are among the most excluded and exploited communities among the Dalits. They are considered to be the lowest in Hindu caste hierarchy and, therefore, suffer multiple forms of discrimination and social exclusion at the hand of caste Hindus and the state's functionaries. They are found in almost all cities of India—where they sweep the streets and manually engage in carrying night-soil. Women from these communities are the worst victims as they constitute more than eighty per cent of workforce of manual scavengers. Apart from the social stigma that they suffer, their work is low-paid. Further, it causes various health problems, those who engage in this work being exposed to the most virulent forms of viral and bacterial infections that affect their skin, eyes, limbs, respiratory and gastrointestinal systems.

खुला हातले सरसफाइ गर्नेहरू दलितहरूबीचमा सबैभन्दा बहिष्कृत र शोषित समुदाय हुन्। तिनीहरू हिन्दू धर्मको जातीय वर्गिकरणमा सबै भन्दा तल्लो-स्तरका मानिन्छन्, र, त्यसैले, राज्यका पदाधिकारीहरू र हिन्दूहरूको जातीय पद्धतिमा विभिन्न अवस्थाका भेदभाव र सामाजिक बहिष्करणबाट प्रभावित छन्। तिनीहरू प्राय: भारतका सबै शहरहरुमा भेटिन्छन् – जहाँ उनीहरू सडक बढार्ने काम र मानव मलपदार्थ उठाउँने काममा संलग्न रहेका छन्। खुला हातले सरसफाइ गर्ने श्रमिकहरूको अस्सी प्रतिशतभन्दा बढी यस समुदायका महिला भएकै कारण नराम्रोसँग पीडित भएका छन्। सामाजिक भेदभावबाट पीडित हुनुका अतिरिक्त तिनीहरूको कामको ज्याला पनि कम हुने गर्दछ। यसको अलावा यसले विभिन्न किसिमका स्वास्थ्य समस्याहरू उत्पन्न गर्नुका साथै यस पेशामा कार्यरत व्यक्तिहरू उग्र अवस्थाको भाईरल र ब्याक्टेरीअल संक्रमणबाट प्रभावित हुने जोखिममा रहन्छन् जसले छाला, आँखा, हातखुट्टाहरू, श्वासप्रश्वास र पाचन प्रणालीमा असर गर्छ।

गुजरातले आफूलाई खुला हातले गरिने सरसफाइमुक्त घोषणा गरे पनि अन्तरराष्ट्रिय संचार तथा मानव अधिकार संगठनद्वारा उत्पादित एक ग्राउन्ड रिपोर्टमा भिडियो स्वयंसेवकहरूले सो अभ्यास निरन्तररुपमा जस्ताको तस्तै रहेको देखाएका छन्।

भिडियो स्वयंसेवकहरूद्वारा अपलोड गरिएको माथिको भिडियोमा, खुला हातले सरसफाइ गर्ने तीन जना जवानहरू गुजरातमा धनगद्रा शहरको सुरेन्द्रनगर सडकमा पंजा, मास्क तथा मेशिनजस्ता अन्य कुनै पनि सुरक्षित उपकरणबिना ढलभित्र प्रवेश भएको देख्न सकिन्छ। उनीहरूको रोजगारदाता धनगद्रा नगरपालिका कानुनीरुपमा उनीहरुलाई सुरक्षित उपकरण उपलब्ध गराउनमा बाध्य छ भन्ने बारेमा तिनीहरू अन्जान छन्।

भिडियो स्वयंसेवकहरूको प्रतिवेदन अनुसार:

When visual evidence was presented to Charuben Mori, the Chief Executive Officer of the Dhangadra Municipality, she refused to take cognizance of it and said, “We don’t endorse or promote illegal practices such as manual scavenging.” On being asked why safai karmacharis weren’t provided safety gear, Mori refused to take responsibility and instead, shifted the blame onto the contractors saying,

“These are not our employees so we do not know about their working conditions. They are employed by the contractors”. The law is clear that a person cannot be directly or indirectly (under contract) employed for unprotected cleaning of sewers.

दृश्य सहितको प्रमाण धनगद्रा नगरपालिकाको कार्यकारी प्रमुख चारुबेन मोरीलाई प्रस्तुत गरिंदा उनले यसलाई अस्विकार गरिन् र भनिन्, “हामी खुला हातले गरिने सरसफाइ जस्ता गैरकानुनी कृयाकलापलाई समर्थन या बढावा दिदैंनौ।” सुरक्षा कर्मचारीहरुद्वारा सुरक्षित उपकरण किन प्रदान गरिएन भन्ने प्रश्न सोध्दा मोरीले यसको जिम्मेवारी लिन अस्विकार गरिन्, यसको सट्टामा, सारा दोष ठेकेदारहरूमाथि लगाइन्।

“यी हाम्रा कर्मचारीहरू होइनन् त्यसैले तिनीहरूको काम गर्ने अवस्थाबारे हामीलाई थाहा हुँदैन। उनीहरू ठेकेदारद्वारा नियुक्त हुन्छन्।” कुनै व्यक्तिलाई प्रत्यक्ष वा अप्रत्यक्ष तवरले (सम्झौता अन्तर्गत) ढलहरूको असुरक्षित सरसफाइ गर्नको लागि नियुक्ती गर्न पाइदैन भन्नेबारे कानुन स्पष्ट छ।

जिम्मेवार कर्मचारीहरूविरुद्ध दण्डात्मक कार्वाहीको लागि गुजरात सरकारलाई आग्रह गर्न कार्यकर्ताहरूले याचिका शुरु गरेका छन्।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.